नेपालकै ठूलो सौर्य विद्युत् परियोजना झापा, सात करोडको सौर्य विद्युत् उत्पादन

झापा, कात्तिक २४- सौर्य ऊर्जा उत्पादन गर्दै आएको झापा इनर्जी लिमिटेडले नौ महिनामा रु सात करोड ११ लाख ३८ हजार सात सय १० मूल्य बराबरको विद्युत् उत्पादन गरेर नेपाल विद्युत् प्राधिकरणलाई बिक्री गरेको छ । कम्पनीका प्रबन्ध सञ्चालक सुभाष भट्टराईले गत वर्षको माघ १० गतेदेखि विद्युत् उत्पादन सुरु गरेको बताउनुभयो । गत माघ १० गतेदेखि … Read more

छठ सकिएसँगै रास्वपाले आइतबार पोखरामा प्रदर्शन गर्ने

काठमाडौँ, कात्तिक २४- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आइतबार (कार्तिक २५ गते) फेरी पोखरामा प्रदर्शन गर्ने भएको छ । पार्टी सभापति रवि लामिछाने पक्राउ परेको विरोधमा प्रदर्शन गरिरहेको रास्वपाले छठ पर्व चल्दै गर्दा केही दिन प्रदर्शन रोकेको थियो । छठ सकिए लगत्तै पुनः प्रदर्शनका कार्यक्रम जारी राख्ने उद्देश्यले रास्वपाले आइतबार पोखरामा प्रदर्शन गर्ने कार्यक्रम तय गरेको … Read more

यु–१९ महिला विश्वकप क्रिकेट छनोट: नेपालले आज युएईविरुद्व खेल्ने

काठमाडौँ, कात्तिक २४ गते ।  आइसीसी यु–१९ महिला टि–२० विश्वकप एसिया छनोटअन्तर्गत नेपालले आज आफ्नो तेस्रो खेल युनाइटेड अरब इमिरेट्स [युएई]विरुद्व खेल्ने भएको छ । नेपालले युएईविरुद्ध उसकै भूमिमा आजको खेल खेल्न लागेको हो । उक्त खेल आज बिहान ११ः१५ बजे सुरु हुने छ । बुधबारदेखि सुरु भएको प्रतियोगितामा नेपालले पहिलो खेल थाइल्याण्डसँग खेलेको थियो … Read more

रास्वपा केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज बस्दै छ । बैठक केन्द्रीय कार्यालयमा वनस्थलीमा बिहान साढे ११ बजे बस्ने कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।बैठकमा समसामयिक राजनीति, आगामी स्थानीय तहको उपनिर्वाचन, पार्टीको सांगठनिक गतिविधिलगायत विषयमा छलफल हुने बताइएको छ । पार्टी सभापति रवि लामिछाने भने सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा … Read more

एमाले सचिवालय बैठक बस्दै

काठमाडौं– नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बिहान ११ बजे बस्नेछ ।बैठकमा आगामी मंसर १६ गते हुने स्थानीय तहको उपनिर्वाचन, समसामयिक राजनीति, सरकार सञ्चालनका लागि गठित दुई दलीय समन्वय सयन्त्रलगायत विषयमा छलफल हुने एमालेले जनाएको छ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार पार्टी अध्यक्ष एवं प्रधानमन्त्री … Read more

गौतमबुद्ध विमानस्थलमा धमाधम अन्तर्राष्ट्रिय उडान

काठमाडौं। मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा धमाधम अन्तर्राष्ट्रिय उडान हुन थालेको छ। सोही क्रममा आज तीनवटा अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान सञ्चालन गर्दैछन्। निर्माण सम्पन्न भएको लामो समयपछि यो विमानस्थलमा नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स), जजिरा एयर र फ्लाई दुबईले अन्तर्राष्ट्रिय उडान भर्न लागेका हुन्। विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार विमानस्थलबाट पहिलोपटक आज अहिलेसम्मकै … Read more

आज गणेशमान सिंहको ११०औं जन्मजयन्ती मनाइँदै

काठमाडौं। प्रजातन्त्र पुनःस्थापनाका लागि २०४६ सालमा भएको जनआन्दोलनका सर्वोच्च कमान्डर गणेशमान सिंहको एक सय १०औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ। नेपाली राजनीतिमा त्याग र साहसको उच्च उदाहरणका रुपमा रहनुभएका सिंह सबैको निष्ठाको केन्द्र बन्न सफल भएका थिए। विसं २०४६ को जनआन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्र शाहले प्रधानमन्त्री बन्न गरेको आग्रहमा उनले आफ्ना … Read more

स्थानीय तह उपनिर्वाचनका लागि एमालेले बागमतीमा टुंग्यायो उम्मेदवार

काठमाडौं, कात्तिक २३- नेकपा (एमाले) बागमती प्रदेश कमिटीले स्थानीय तह उपनिर्वाचनका उम्मेदवार टुंगो लगाएको छ। शुक्रबार बसेको प्रदेश कमिटीको बैठकले कीर्तिपुर नगरपालिकाको मेयरमा सुरेन्द्र मानन्धरलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। मानन्धरलाई नगर र काठमाडौं जिल्ला कमिटीले सर्वसम्मत उम्मेदवार सिफारिस गरेर प्रदेश कमिटीमा पठाएका थिए। एमालेले काठमाडौं महानगरपालिका वडा नम्बर १६ को अध्यक्षमा लक्ष्मीरत्न तुलाधरलाई उम्मेदवार … Read more

पूर्व मुमाबडामहारानी रत्न राज्यलक्ष्मी शाह अस्पतालबाट डिस्चार्ज

काठमाडौं। पूर्व मुमाबडामहारानी रत्न राज्यलक्ष्मी शाह अस्पतालबाट डिस्चार्ज भएकी छन्। श्वास फेर्न गाह्रो भएपछि गत आइतबार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी उनलाई शुक्रबार अपरान्ह साढे ४ बजे अस्पतालबाट डिस्चार्ज गरिएको हो। ९६ वर्षीया रत्नको छातीमा संक्रमण देखिएपछि अस्पताल लगिएको थियो। शुक्रबार उनको डिस्चार्ज भएपछि पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वरानी कोमल शाह, पूर्वयुवराज पारस शाह लगायत … Read more

हवाई भाडा वृद्धि भएको विषयमा अन्तरमन्त्रालय छलफल

काठमाडौं। अन्तर्राष्ट्रिय विमान कम्पनीको हवाई भाडावृद्धि भएको विषयमा अन्तरमन्त्रालय छलफल भएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्रीप्रसाद पाण्डेले आज परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र श्रम तथा रोजगारमन्त्री सरदसिंह भण्डारीसँग छलफल गरेका हुन्। हवाई भाडावृद्धिका कारण वैदेशिक रोजगारीमा जाने श्रमिकहरु मर्कामा परेकोलगायतका विषयमा पर्यटनमन्त्री पाण्डेले परराष्ट्रमन्त्री, श्रम तथा रोजगारमन्त्रीसहित वैदेशिक रोजगार सम्बद्ध संस्थाका प्रतिनिधिसँग … Read more