लुम्बिनी प्रदेश सरकारको सय दिनमा एकसय एक उपलब्धि

अर्घाखाँची, कात्तिक १४ गते । लुम्बिनी प्रदेश सरकारले एकसय दिनको अवधिमा सम्पादन गरेका १०१ उपलब्धि सार्वजनिक गरेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले सरकार गठनको एकसय दिनको अवधिमा सम्पादन भएका एकसय एक उपलब्धि पत्रकार सम्मेलनको आयोजना गर्दै सार्वजनिक गर्नु भएको हो । नागरिकमा बढ्दै गएको निराशालाई आशामा रूपान्तरण गर्न, प्रदेश सरकारको भूमिकालाई स्थापित गर्न, सेवा प्रवाहलाई … Read more

प्रहरीद्वारा चाडपर्व लक्षित विशेष निगरानी

काठमाडौँ, कात्तिक १४- गृह मन्त्रालयले चाडपर्वलाई शान्तिपूर्ण बनाउन आवश्यक सुरक्षा योजना लागू गरी उच्च सुरक्षा प्रदान गर्न निर्देशन गरेको छ । सुरक्षा समितिले आवश्यक निर्णय गरी शान्ति सुव्यवस्थाको काम अघि बढाएका छन् । नेपाल प्रहरीले तिहार तथा छठ पर्व लक्षित विशेष निगरानी पनि बढाइसकेको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले … Read more

प्रचण्डलाई वलीको सुझाव– नढाँटीकन माओवादी आन्दोलनबारे किताब लेख्नोस्

काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टीका प्रवक्ता हेमन्तप्रकाश वलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई माओवादी आन्दोलनको कमजोरीलाई केलाएर किताब लेख्न सुझाव दिएका छन् । नेकपाका संस्थापक सदस्य नरबहादुर कर्माचार्यको जन्मशताब्दी कार्यक्रमको अवसरमा बुधबार कमलादीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रचण्डलाई किताब लेख्न सुझाव दिएका हुन् । प्रचण्डले ऐतिहासिक जनयुद्धको नेतृत्व गरेकोमा धन्यवाद दिँदै उनले … Read more

धानमा ‘पोके’ रोग र ‘फड्के’ किराको प्रकोप

इनरुवा, कात्तिक १४ गते ।  सुनसरीमा पाक्न लागेको धानबाली ‘पोके’ रोग र ‘फड्के’ किराको प्रकोप देखापरेपछि किसान चिन्तित बनेका छन् । दसैँ अगाडिको वर्षा र बाढी तिहारको मुखमा भित्र्याउने तयारीमा जुट्नुपर्ने किसानले धानमा ‘पोके’ रोग र ‘फड्के’ किराको प्रकोपको सामना गर्न बाध्य हुनुपरेको छ । इनरुवा नगरपालिका–९ बबियाको विघौविघा खेतमा पाक्नै लागेको धानमा बाला काट्ने, … Read more

तिहारको बिदामा पनि सर्वोच्च अदालत खुला रहने

काठमाडौँ, कात्तिक १४- तिहारको बिदामा पनि बन्दी प्रत्यक्षीकरणको रिट निवेदनको सुनुवाइ गर्न सर्वोच्च अदालत खुला हुने भएको छ । तिहार पर्वको बिदामा शनिबार र भाइटीकाबाहेक अरू दिन बिहान ११ देखि अपराह्न ३ बजेसम्म अदालत खुला रहने सर्वोच्च अदालत प्रशासनले जनाएको छ । सर्वोच्च अदालत प्रशासनले निकालेको सूचनामा भनिएको छ, “दीपावली, २०८१ को उपलक्ष्यमा कात्तिक १५ … Read more

मानवअधिकारवादी नेता तुलाधरको योगदानको चर्चा

काठमाडौँ, कात्तिक १४- नेपाली राजनीतिमा लोकतन्त्र र शान्ति पुनःबहालीका लागि अनवरत योगदान पुर्‍याउनुभएका स्वतन्त्र वामपन्थी नेता पद्मरत्न तुलाधरको योगदानको स्मरण गरिएको छ । नेपाल भाषाका साहित्यकारकारुपमा निरङ्कुश शासनकाविरुद्ध तथा स्थापनाका लागि साहित्य सिर्जना गरी जनता माझ जागरण ल्याउन उहाँले पुर्‍याएको योगदानको चर्चा गरिएको हो । ‘पद्मरत्न तुलाधर स्मृति राष्ट्रिय प्रतिष्ठान’द्वारा मङ्गलबार काठमाडौँको शङ्खधर उद्यानमा आयोजित … Read more

नेपाली समाजलाई फेक न्युजबाट बचाऔँः उपप्रधानमन्त्री सिंह

काठमाडौँ, कात्तिक १४- उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपाली समाजलाई फेक न्युजबाट जोगाउन आग्रह गरेका छन् । नेपाल टेलिभिजन कर्मचारी सङ्घको आयोजनामा दीपावली, नेपाल संवत् र छठको अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै उनले फेक न्युजलाई रोक्न जिम्मेवार सञ्चारमाध्यमहरूले भूमिका खेल्नुपर्ने बताएका हुन् । ‘आफ्नो पेसाबाट तपाईंहरुले नेपालका समाजलाई फेक न्युजबाट होइन … Read more

सिमामा तस्करी रोक्न सरकार असक्षम देखियो : बामदेव गौतम

काठमाडाैं। राष्ट्रियसभा सदस्य बामदेव गौतमले नेपाल-भारत सीमामा तस्करी रोक्न सरकार असक्षम देखिएको बताएका छन्। सिंहदरबारमा बुधबार बसेको राष्ट्रियसभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिमा गौतमले सीमामा खुलारुपमा तस्करी हुदा समेत सरकार यसलाई रोक्न असक्षम देखिएको बताएका हुन्। नेपालमा उत्पादित सुपारी निर्यातवारे समितिको छलफलमा गौतमले सरकारका रहेका व्यक्तिहरु नै तस्करहरुसँग मिलेको र कहिले पनि समाधान … Read more

किसानलाई व्यावसायिक तरकारीखेती गर्ने तरिका सिकाउन कार्यालय परिसरमै बारी

बरहथवा (सर्लाही)- सर्लाहीमा स्यालको आक्रमणबाट यहाँका तीन स्थानीय तहका १३ जना घाइते भएका छन् । मङ्गलबार राति जङ्गलबाट गाउँ पसेको स्यालको समूहले खेतबाट काम गरेर घर फर्कँदै गरेका तथा घरमै बसिरहेका स्थानीयलाई आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए । स्यालको आक्रमणबाट बसवरिया गाउँपालिकाका नौ, गोडैता नगरपालिकाका तीन तथा बलरा … Read more

किसानलाई व्यावसायिक तरकारीखेती गर्ने तरिका सिकाउन कार्यालय परिसरमै बारी

कञ्चनपुर, कात्तिक १४- कृष्णपुर नगरपालिकाको कार्यालय परिसरमै तरकारी बारी बनाइएको छ । तरकारी बारीमा काउली, बन्दागोभी, गोलभेँडा, खुर्सानी लगायतका तरकारी रोपिएको छ । केही तरकारी क्यारी बनाएर रोपिएका छन् । केही तरकारी परिसर छेउमै बनाइएको पोलिहाउसभित्र रोपिएका छन् । उन्नत बढी मह उत्पादन गर्ने एपिस मेलिफेरा जातको मौरीका घार कार्यालय परिसरमै लस्करै राखिएका छन् । … Read more