यू-१९ प्रिमियर कपको उपाधिका लागि नेपाल र यूएई भिड्दै
काठमाडौं, कात्तिक ७- नेपालले एसीसी अन्डर नाइन्टिन प्रिमियर कपको उपाधिका लागि आज यूएईसँग प्रतिस्पर्धा गर्दैछ। मलेसियाको क्वालाम्पुरस्थित बायोमास ओभलमा हुने खेल नेपाली समयअनुसार बिहान सवा ७ बजे सुरु हुनेछ। नेपालले सेमिफाइनलमा जापान र यूएईले सिंगापुरलाई पराजित गर्दै फाइनल प्रवेश गरेका हुन्। जारी प्रतियोगितामा अपराजित दुबै टोली प्रिमियर कपको विजेताको रुपमा अन्डर-९ एसिया कप खेल्न चाहन्छन्। … Read more