रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

नेपाल सरकारले कतार सरकारलाई उपहार स्वरुप पठाउन लागेका दुईवटा हात्ती भैरहवा पुगेका छन् । बुधबार गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल हुँदै ती हात्ती कतार लैजाने तयारी गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोरमा जन्मिएका सात वर्षको रुद्रकली र छ वर्षको खगेन्द्रप्रसाद आज बिहान ४ः०० बजे भैरहवा पुगेका हुन् । निकुञ्जका सूचना अधिकारी … Read more

राखुका किसानलाई सुन्तला ढुवानीको समस्या

म्याग्दीको बेनी नगरपालिका–३ भकिम्ली राखुका किसानलाई सुन्तला ढुवानी गर्न समस्या भएको छ । नयाँपुलबाट राखु हुँदै भकिम्ली जोड्ने सडकमा सुन्तला ढुवानी गर्ने गाडी उक्लन नसक्ने भएकाले किसानलाई सुन्तला बजार पठाउन झञ्जट एवं समस्या हुनुका साथै कम मूल्यमा बिक्री गर्नुपर्ने अवस्था आएको हो । बगैँचामा टिपेको सुन्तला ट्याक्टरमा राखेर नयाँपुलमा झार्ने र नयाँपुलबाट गाडीमा राखेर बेनी, … Read more

तीन मन्त्रालयको जिम्मा सम्हाल्नुभएका घिसिङलाई ज्ञापनपत्र

भौतिक पूर्वाधार तथा यातायात, सहरी विकास र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मा सम्हाल्नुभएका कुलमान घिसिङलाई आइतबार तनहुँका विभिन्न ठाउँमा आयोजित कार्यक्रममा स्थानीयको गुनासो सुन्न भ्याइनभ्याइ भयो । जिल्लास्थित शुक्लागण्डकी नगरपालिका, भिमाद नगरपालिका, व्यास नगरपालिका, बन्दीपुर गाउँपालिका, देवघाट गाउँपालिका, भानु नगरपालिकाका जनप्रतिनिधि एवं स्थानीयवासीले मन्त्री घिसिङलाई विभिन्न विषयमा ध्यानाकर्षण गराउँदै अलपत्र विकासे आयोजनामा बजेट विनियोजन … Read more

एनपिएलको सफल आयोजनापछि क्यानलाई आइसिसीको बधाई

अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)का अध्यक्ष जय शाहले नेपाल क्रिकेट सङ्घ (क्यान)लाई नेपाल प्रिमियर लिग (एनपिएल) सफलतापूर्वक सम्पन्न गरेकामा बधाई दिएका छन् । एनपिएलको दोस्रो संस्करण सफलतापूर्वक आयोजना गरी सम्पन्न गरेकामा आइसीसी अध्यक्ष शाहले क्यानका अध्यक्ष चन्दलाई पत्राचार गर्दै बधाई दिएका हुन् । अध्यक्ष चन्दको नेतृत्वमा नेपाली क्रिकेट अर्को नयाँ उचाइमा पुग्ने उनले विश्वास व्यक्त गरेका … Read more

सुनिता डंगोल ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवार

काठमाडौं महानगरकी उपप्रमुख सुनिता डंगोल नेकपा एमाले केन्द्रीय सदस्यको उम्मेदवार बनेकी छिन् । अध्यक्ष केपी शर्मा ओलीको प्यानलबाट सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम छ । राजधानी विशेष प्रदेशबाट महिलातर्फको केन्द्रीय सदस्यको उम्मेदवारमा उनको नाम राखिएको छ । राजधानी विशेष प्रदेशबाट केन्द्रीय सदस्यमा विद्यासुन्दर शाक्य, सुजिता शाक्यसहितको नाम समावेश छ । ११ औं महाधिवेशनबाट नयाँ नेतृत्व … Read more

नेपाली शान्ति सैनिकको अदलीबदली

संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापना कार्यका लागि सेन्ट्रल अफ्रिकन रिपब्लिकमा तैनाथ युद्धभैरव गण (शान्ति सैनिक) तेस्रो डफ्फालाई बदली गर्न गोरखनाथ गणका शान्ति सैनिकको टोली मिसन इलाका प्रस्थान गरेका छन् । चौथो डफ्फाका एक सय ७५ जना शान्ति सैनिकको पहिलो टोली आइतबार राति त्यसतर्फ प्रस्थान गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । उक्त मिसनमा … Read more

सर्वसम्मतका लागि अन्तिमसम्म लाग्यौं, प्रयास विफल भयो- महेश बस्नेत

नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले अन्तिमसम्म सर्वसम्मतको प्रयास गर्दा नभएपछि एमाले महाधिवेशन निर्वाचनतर्फ उन्मुख भएको बताएका छन् । उनले अध्यक्ष ओलीले केही समयमै प्रतिस्पर्धाका लागि मनोनय गर्ने बताए । ‘ईश्वर पोखरेल वरिष्ठ उपाध्यक्ष रिपिट भएको भए बेस हुन्थ्यो, यसले पार्टीमा आन्तरिक संघर्ष उत्पन्न हुने देखिन्छ’ बस्नेतले भने । उनले विदेशी शक्ति हाबी भएको अवस्थामा … Read more

जेनजी आन्दोलनका सहिद : ‘छोरासँगै सहारा खोसियो’

“मेरो सहारा ढल्यो, संसार ढलेजस्तै महसुस भइरहेको छ”, जेनजी आन्दोलनका क्रममा शहिद हुनुभएका अभिषेक चौलागाईका बाबु दिनेश चौलागाईले भारी मनले आफ्नो भावना पोख्नुभयो । जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते ठमेलको एक होटलमा ‘सेफ’ काम गरेर दिउँसो २ बजेतिर मोटरसाइकलमा घर फर्किदै गर्दा बानेश्वरको सिभिल अस्पताल अगाडि गोली लागेको थियो । “छोराले फोन गरेर … Read more

क्याची टुर्स एण्ड ट्राभल्सको ९ औँ वार्षिकोत्सवको अवसरमा ल्यायो आकर्षक छुटका भ्रमण प्याकेजहरू

क्याची टुर्स एण्ड ट्राभल्सको ९ औँ वार्षिकोत्सव, विशेष छुटका प्याकेज सार्वजनिक चितवन : क्याची टुर्स एण्ड ट्राभल्स प्रालिले आफ्नो ९ औँ वार्षिकोत्सव भव्य कार्यक्रमसहित मनाएको छ। उक्त अवसरमा आयोजित समारोहमा गलेश्वर आश्रमका १००८ अनन्तश्री विभूषित महामण्डलेश्वर स्वामी आत्मानन्द गिरी जी महाराजले आशीर्वाद प्रदान गर्दै कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो। वार्षिकोत्सवको अवसरमा क्याची टुर्स एण्ड ट्राभल्सले विभिन्न … Read more

कांग्रेसले नेता उपाध्यायको निधनमा पार्टीको झण्डा तीन दिन आधा झुकाउने

नेपाली कांग्रेसले लोकतान्त्रिक आन्दोलनका योद्धा, पार्टीका पूर्वकेन्द्रीय सदस्य तथा पूर्वमन्त्री आमोदप्रसाद उपाध्यायको निधनप्रति शोक प्रस्ताव पारित गर्र्दै उहाँको शोकमा तीन दिनसम्म पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ । पार्टीका उपसभापति धनराज गुरुङको सभापतित्वमा आज बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले उहाँको निधनप्रति दुःख व्यक्त गर्दै पारित शोक प्रस्ताव पारित गरेको हो । बैठकले यही मङ्सिर … Read more