जनैपूर्णिमामा भद्राको दोष नलाग्ने

काठमाडौं। जनैपूर्णिमामा भद्रा भएकाले रक्षाबन्धन गर्न दोष लाग्छ कि लाग्दैन भन्ने बहस चलिरहेका बेला भद्राको दोष नलाग्ने ज्योतिष शास्त्रका विद्वानहरुले तर्क पेस गरेका छन्। नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गतको वाल्मीकि विद्यापीठमा आइतबार बसेको ज्योतिषाचार्य एवं संहिता शास्त्रको बैठकले भद्राको दोष जनैपूर्णिमा, रक्षाबन्धनका निमित्त सर्वसाधारणलाई नलाग्ने निष्कर्ष निकालेको हो । यो दोष राजाहरुलाई मात्रै लाग्ने संहिताशास्त्री अर्जुनप्रसाद बाँस्तोलाले … Read more

आज जनैपूर्णिमा, रक्षाबन्धन धारण गरेर मनाइँदै

काठमाडौं। प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नवयज्ञोपवीत जनै एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ। आजका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र (डोरो) बाँध्छन्। रक्षाबन्धन गर्दा गुरु पुरोहितले ‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल तेन त्वां प्रतिबध्नामि रक्षेमा चलमाचल’ … Read more

२०८१ साल भदौ ३ गते सोमवार, आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज सांस्कृतिक कार्यक्रममा सहभागिता भइनेछ । बुद्धि र विवेकको प्रयोग गर्न सके आजको दिनलाई बढी सकारात्मक बनाउ सकिनेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज पुरानो समस्या सुल्झाउन सकिनेछ । शुभचिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । मनमा उत्साहका साथै बोली बिक्ने … Read more

नेताहरुको फोटो दुरुपयोग गरेर एआई भिडियो बनाएको आरोपमा बाजुराका युवक पक्राउ

काठमाडौं , भदौ २ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रयोग गरेर विशिष्ट व्यक्तिहरुको फेक भिडिओ बनाउँदै आएका युवक पक्राउ परेका छन् । प्रहरीको साइबर ब्युरोले बाजुराका २२ वर्षीय रमेशबहादुर रावतलाई पक्राउ गरेको हो । उनलाई सिन्धुपाल्चोकबाट पक्राउ गरिएको ब्युरोले जनाएको छ । हालैमात्र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह र उपमेयर सुनीता डंगोललाई जोडेर बनाइएको एआइ भिडियो भाइरल … Read more

भ्रष्टहरुले नै भ्रष्टाचारविरोधी नाटक गरे, अनि हामीलाई तथानाम गाली गर्दैछन् -प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई विभिन्न नाममा भड्काएर राष्ट्रिय एकता भाँड्ने प्रयासलाई चिर्न खेलाडीहरुलाई आग्रह गरेका छन् ।नेपाल खेलकुद महासङ्घको केन्द्रीय कमिटीको तेस्रो बैठकको उद्घाटन सत्रलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अनेक प्रकारका शक्तिले धर्म, जात र विभिन्न नाममा राष्ट्रिय एकता भाँड्न र जनतालाई भड्काउन सक्ने भएकाले राष्ट्रिय एकतालाई कायम राख्न जोड दिएका … Read more

नक्कली शरणार्थी प्रकरणः बेचन झालाई थुनामा पठाउन आदेश

काठमाडौं,बेचन झा पुर्पक्षका लागि कारागार चलान भएका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा झन्डै एक वर्षपछि समातिएर अनुसन्धान गरिएका झालाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षमा थुनामा पठाउन आदेश गरेको हो । न्यायाधीश तीर्थराज केसीको इजलासले झालाई थुनामा पठाउने आदेश गरेका हुन् ।

समाचार हिमताल फुटेर थामेमा आएको बाढीबारे अनुसन्धान गर्न सांसदहरूको माग

काठमाडौं– हिमताल फुटेर सोलुखुम्बुको थामेमा आएको बाढीबारे अनुसन्धान गर्न सांसदहरुले माग गरेका छन्। आइतबार राष्ट्रिय सभामा आकस्मिक, शून्य समय र विशेष समयमा बोल्दै सांसदहरूले यस्तो माग गरेका हुन्।नेकपा एकीकृत समाजवादीकी सांसद जयन्तीदेवी राईले जलवायु परिवर्तनका कारण हिमताल फुटेको र थामेमा बाढी आएको मौसमविद्हरूले बताएको उल्लेख गर्दै यसप्रति सरकारलाई सतर्क हुन आग्रह गरिन्। ‘जलवायु परिवर्तनको कारण थामे … Read more

मूल्यवृद्धि पाँच दशमलव ४४ प्रतिशत पुग्यो

काठमाण्डु – गत आर्थिक वर्ष २०८०/८१ को वार्षिक औसत मुद्रास्फीति पाँच दशमलव ४४ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । बैँकले आज सार्वजनिक गरेको गत आर्थिक वर्षको देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार मूल्यवृद्धि वाञ्छित सीमाभित्र देखिएको हो । राष्ट्र बैंकका आनुसार गत आवमा आयात एक दशमलव दुई प्रतिशतले र निर्यात तीन प्रतिशतले घटेको छ … Read more

सिरहामा सुनचाँदीका गहनासहित एक जना पक्राउ

सिरहामा सुनचाँदीका गहनासहित एकजना पक्राउ परेका छन् । पाँचथरको आरूबोटे नगरपालिका ५ बाजघरा घर भई झापाको दमकमा डेरा गरी बसेका २८ वर्षीय रोशन बराइलीलाई प्रहीले प्रकाउ गरेको हो।उनललाई प्रहरीले सिरहा नगरपालिका ७ महिसोथाबाट प्र १–०१–०१४प ४६२५ नम्बरको मोटरसाइकलमा गइरहेको बेला अवैध गहनासहित पक्राउ गरेको थियो । बराइलीले बोकेको झोलाबाट हरियो पोतेमा जडित सुनका १८ थान … Read more

खुकुरी प्रहार गरेको आरोपमा एमाले नेता पक्राउ

न्युज एजेन्सी , भदौ २ बाँके । बाँकेमा २ युवालाई खुकुरी प्रहार गरेको आरोपमा वडाध्यक्षसहित ४ जना पक्राउ परेका छन् । जिल्लाको विनौनामा सन्दीप विष्ट र सुलभ मल्लमाथि खुकुरी प्रहार गरेको आरोपमा बाँकेकै राप्ती सोनारी गाउँपालिका–२ का एमालेबाट निर्वाचित वडाध्यक्ष ज्ञानेन्द्रराज वलीसहित ४  जनालाई प्रहरीले प्रक्राउ गरेको हो । गयराती भएको खुकुरी प्रहारबाट घाइते भएका … Read more