गोसाइँकुण्ड मेला जाने तीर्थालुका लागि पाँच स्थानमा स्वास्थ्य शिविर सञ्चालन हुने

रसुवा,  जनैपूर्णिमा पर्वका अवसरमा गोसाइँकुण्ड तीर्थस्नान गर्न जाने श्रद्धालु भक्तजनको स्वास्थ्य उपचारका लागि बाटोमा पर्ने विभिन्न पाँच स्थानमा स्वास्थ्य शिविर सञ्चालन गरिने भएको छ । समुद्र सतहदेखि १४ हजार एक सय फिट उचाइमा अवस्थित पवित्र तीर्थस्थल गोसाइँकुण्ड मेला भर्न जाने भक्तजनको स्वास्थ्यलाई ख्याल गरी अघिल्ला वर्षहरूमा जस्तै यस वर्ष पनि पाँच स्थानमा स्वास्थ्य शिविर सञ्चालन … Read more

अब लाइसेन्स बोक्न नपर्ने, राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने तयारीमा सरकार

काठमाडौं, सरकारले सवारी चालक अनुमति पत्र (लाइसेन्स) को सट्टा अब राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने तयारी गरेको छ । त्यसका लागि सवारी चालकले राष्ट्रिय परिचयपत्र वा नम्बर भनेका आधारमा ट्राफिक प्रहरीले लाइसेन्स भएरनभएकोबारे पत्ता लगाउने छ । त्यसका लागि लाइसेन्स बोकेर हिँड्न नपर्ने यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले बताए । ‘लाइसेन्सलाई राष्ट्रिय परिचयपत्रसँग आबद्ध गर्न … Read more

युक्रेनी गतिविधिका कारण रूसको बेलगोरोड क्षेत्रमा संकटकाल घोषणा

मस्को– रूसले बेलगोरोड क्षेत्रमा बढ्दो युक्रेनी गतिविधिका कारण उत्पन्न भएको असहज अवस्थालाई मध्यनजर गर्दै  क्षेत्रीय संकटकाल  घोषणा गरेको छ । अधिकारीहरूले आपतकालीन स्थितिलाई संघीय स्तरमासमेत बढाउने विचार गरिरहेको  यस क्षेत्रका संकटकालको घोषणा गरिएको गभर्नर व्याचेस्लाभ ग्लेडकोभले बुधबार टेलिग्राममार्फत जानकारी दिएका हुन् ।   उनका अनुसार द्विपक्षीय द्वन्द्वका कारण बेलगोरोड क्षेत्रको अवस्था अत्यन्त तनावपूर्ण रहेको छ । युक्रेनी सशस्त्र बलले निरन्तर गोलाबारी गर्दा त्यस क्षेत्रका घरहरू ध्वस्त हुनुका साथै नागरिकको मृत्यु … Read more

गिरिजाप्रसादलाई सम्झिँदै प्रचण्डले भने- हजारौं सहिदहरूको सपना पूरा हुँदैछ

काठमाडौं, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले टीआरसी विधेयकमा सहमतिपछि हजारौं सहिदहरूको सपना पूरा हुने विश्वास व्यक्त गरेका छन् । टीआरसी विधेयक पारित गर्नुअघि प्रतिनिधिसभामा उनले भने, ‘हामी सबैको साझा प्रयासले नै हामी यो ठाउँमा आइपुगेका छौं । यो विधेयक पारित हुँदैगर्दा म कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालालाई पनि सम्झिन्छु । मैले ०६२ … Read more

देशमा पुनः द्वन्द्व नहोस् भन्ने तरिकाबाट शान्ति प्रक्रियाको काम भइरहेको छः प्रधानमन्त्री ओली

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति प्रक्रियापश्चात् पृथकताको सोच बोकेका अनेक समूहलाई शान्ति, लोकतन्त्रको पक्ष र राष्ट्रिय राजनीतिको मूलधारमा ल्याउन सफल भएको बताएका छन् । उनले १० वर्षे द्वन्द्वलाई पनि नेपालले मौलिक हिसाबले शान्ति प्रक्रियाको काम टुंगो लगाउँदै आएको पनि उल्लेख गरे । बुधबारको प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर समसामयिक विषयलाई सम्बोधन गर्दै उनले शान्ति … Read more

अब टिकटकमा ३२ जनासम्मले ग्रुप च्याट गर्न सकिने

अब टिकटकमा ३२ जनासम्मले ग्रुप च्याट गर्न सकिने छ । ३२ जनासम्मले ग्रुप च्याट मिल्ने फिचर टिकटकले रोलआउट गर्न सुरू गरेको हो । यो फिचर अहिले सबै ठाउँमा उपलब्ध भने भएको छैन् । ग्रुप च्याट २ तरिकाबाट सुरू गर्न सकिने छ । इनबक्सबाट ग्रुप च्याट सुरू गर्न सकिने छ । त्यसका लागि तपाईंले स्क्रिनको शीर्षमा रहेको … Read more

कुलेश्वरको काजु गोदाममा प्रहरीको छापा

काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त कालीमाटीले काठमाडौँको कुलेश्वरमा रहेको काजु गोदाममा छापा मारेको छ । भन्सार छलेर ल्याएको सामान राखेको सूचनाको आधारमा प्रहरीले छापा मारेको हो । काठमाडौँका एसएसपी वसन्त रजौरेका अनुसार शङ्कास्पद वस्तुहरू हुनसक्ने आशङ्कामा कुलेश्वरमा प्रहरीले छापा हानेको हो ।  

नदीको दायाँ बायाँ क्षेत्रमा भवन निर्माण नगर्न महानगरको आग्रह

काठमाडौं महानगरपालिकाले नगरक्षेत्रभित्रका नदीको दायाँ बायाँ क्षेत्रमा भवन निर्माण गर्न निषेध गरेको छ । महानगरले आज एक सार्वजनिक सूचना जारी गरी नदीको दायाँ बायाँ क्षेत्रमा भवन निर्माण गर्न निषेध गरेको हो । महानगरपालिका क्षेत्रभित्रका नदीको नापी नक्साबाट कायम रहेको छेउबाट दायाँ बायाँ छोड्नुपर्ने भनी तोकेको दुरीका अतिरिक्त थप २० मिटर जग्गामा भवन निर्माण गर्न अनुमति … Read more

दिदीभाईलाई सर्पले डस्दा भाईको अवस्था चिन्ताजनक

कपिलवस्तु दिदीभाईलाई विषालु सर्पले डसेको छ। हिजो (मंगलवार) राति कपिलवस्तु नगरपालिका वडा नम्बर १ जमुहरा टोलमा बस्ने राकेश गुप्ताका ११ वर्षिय छोरा अनमोल गुप्ता र १५ वर्षिया छोरी अस्मितालाई सर्पले डसेको हो।राति खाटमासँगै सुतेका २ दिदी बहिनी (प्रिया र अस्मिता), भाई (अनमोल) मध्य अस्मिता र अनमोललाई सर्पले डसेको थियो । सर्पले डस्दा भाईको अवस्था चिन्ताजनक … Read more

राम लल्लाको घरमा चोरी, लाखौँको सडक बत्ति रातारात गायब

भारत उत्तर प्रदेशको अयोध्यामा चोरले ५० लाखभन्दा बढीको सडकबत्ती चोरेका छन्।अयोध्यास्थित भक्तिपथ र रामपथमा लगाइएका ३ हजार ८ सय बम्बु लाइट र ३६ वटा गोबो प्रोजेक्टर लाइट चोरले चोरी गरेर लगेको छ। अयोध्याको सबैभन्दा महत्त्वपूर्ण र सुरक्षित मानिने उक्त स्थानमा चोरी हुँदा पनि प्रहरीसहित कसैले पनि जानकारी समेत पाउन सकेनन्।रामपथमा जडान ६ हजार ४ सय … Read more