नदीमा बगेर एक मजदुर बेपत्ता

कञ्चनपुरमा महाकाली नदीमा बगेर आज दिउँसो एक मजदुर बेपत्ता भएका छन् । महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुल निर्माण कम्पनीमा कार्यरत मजदुर माछा मार्न महाकाली गएका बेला बगेर बेपत्ता भएका हुन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक उमेश जोशीका अनुसार महाकालीमा बगेर सुर्खेतको बराहताल गाउँपालिका–४ साजघाटका धनबहादुर गुरुङ बेपत्ता भएका … Read more

निकुञ्जका कर्मचारी मृत भेटिए

किमाथाङ्का– मकालु वरुण राष्ट्रिय निकुञ्जका एक कर्मचारी मृत भेटिएका छन् ।सङ्खुवासभाको मकालु गाउँपालिका–३ हेदाङ्नागढीमा मकालु वरुण राष्ट्रिय निकुञ्जका प्रथ प्रदर्शक ५० वर्षीय केशरबहादुर कार्की आज मृत भेटिएका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिए । उनलाई निकुञ्ज कार्यालयदेखि झण्डै तीन सय मिटरको दूरीमा स्थानीयले मृत फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए ।कार्की … Read more

प्रचण्ड र ओलीले रविलाई सोधे- तपाईंहरूको पार्टीभित्र के भएको हो ?

काठमाडौं, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र पछिल्ला दिनमा देखा परेका घटनाक्रमबारे चासो देखाएका छन्।सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आइतबार दिउँसो प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच छलफल भएको थियो। यो छलफलको अन्तिमतिर उपप्रधान तथा गृहमन्त्री रहेका रास्वपा सभापति रवि लामिछाने पनि सहभागी भएका थिए। ‘तपाईंहरूको … Read more

भरतपुर क्यान्सर अस्पतालका तत्कालीन असिस्टेन्ट तामाङविरुद्ध भ्रष्टाचार मुद्दा

चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा तत्कालीन असिस्टेन्ट पदमा कार्यरत सुकबहादुर तामाङविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार विशेष अदालतमा तामाङविरुद्ध शैक्षिक योग्यताको नक्कली प्रमाणपत्रसम्बन्धी आरोप-पत्र दायर गरेको हो । आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार तामाङले श्री पद्मोदय माध्यमिक विद्यालय रामशाह पथ काठमाडौंबाट एसएलसी उत्तीर्ण गरेको भनी जुनियर असिस्टेन्ट पदबाट … Read more

घरनजिक पुरुष मृत फेला

रुकुमपश्चिम, रुकुमपश्चिमको मुसीकोट नगरपालिका –१ छिङमा एक पुरुष मृत भेटिएका छन् । छिङको माथिगाउँ निवासी ३० वर्षीय टोपजंग रोकाय मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) नवराज पोखरेलका अनुसार शनिबार बेलुका घरनजिकको खोल्सामा रोकायको शव फेला परेको हो । प्रहरीका अनुसार रोकायले मादक पदार्थ सेवन गरी लडेको हुनसक्ने प्रारम्भिक … Read more

समयमा स्वच्छ खानेपानीको लक्ष्य पूरा हुन्छ : मन्त्री राई

कुटा- खानेपानीमन्त्री राजेन्द्रकुमार राईले सन् २०३० सम्म नेपाली नागरिकलाई स्वच्छ पानी खुवाउने सरकारको लक्ष्य समयमा पूरा हुने बताएका छन् ।प्रेस चौतारी नेपालले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले नेपालको खानेपानी समस्या समाधानका लागि ‘एक घर, एक धारा’ कार्यक्रम र स्वच्छ खानेपानी कार्यक्रमलाई देशभरि तीव्रता दिइएको जानकारी दिए । तराई क्षेत्रको खानेपानी व्यवस्थापनका लागि चुरे क्षेत्रको … Read more

१४ महिनापछि पक्राउ परे समुदरानी हत्या आरोपी

समुदरानी थारूको हत्या आरोपी पक्राउ परेका छन्।बर्दिया राजापुर नगरपालिका-८ का २६ वर्षीय शैलेन्द्र चौधरी पक्राउ हुन्।उनलाई बाँके जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी निरीक्षक सुजन शाहको टोलीले बाँके जानकी गाउपालिका- १ पचपोखरास्थित नेपाल भारत सिमा क्षेत्रबाट शुक्रबार पक्राउ गरेको हो। २०८० वैशाख २९ गते बाँके नेपालगंज उपमहानगरपालिका-९ स्थित कोठमा बाँके कोहलपुर नगरपालिका-६ की २२ वर्षीया सुमदरानी मृत अवस्थामा फेला परेकी थिइन्। उनलाई घाँटी … Read more

हेर्दाहेर्दै तामाकोशीमा हेलिइन् काठमाडौंबाट घर हिँडेकी ओमा

दोलखा– शनिबार दिउँसो सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भयो । दोलखाको तामाकोशी बजारनजिकैको पक्की पुल छेउमा एकजना महिला हिँड्दै नदीतिर गइरहेको उक्त भिडियोमा देख्न सकिन्छ । हिँड्दै तामाकोशीतिर अघि बढिरहँदा माथिबाट भिडियो खिचिरहेका र अन्यले उनलाई त्यतातिर नजान भनिरहेका छन्। तर उनी एकसुरमा नदीतिर अघि बढिरहिन् । भिरालो ठाउँबाट नदी किनारमा पुगेकी उनलाई माथिबाट कराउँदै … Read more

बैतडीमा घरको छतमा खस्यो ट्याक्टर, २ बालिका घाइते

बैतडीमा घरको छतमा ट्याक्टर खस्दा २ बालिका घाइते भएका छन् ।​मेलौली नगरपालिका–३  तल्खेतमा सु प प्र ०१ ००२ त ४३७० नम्बरको ट्रयाक्टर दुर्घटना भएर छतमा खसेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए । घाइते हुनेमा स्थानीय सात वर्षीया निकिता चन्द र सात वर्षीया पूर्णिमा चन्द रहेका छन् । घाइते दुवैको … Read more

पहिरोमा परी घाइते भएका लिम्बूको हेलिकप्टरमार्फत उद्धार

ताप्लेजुङमा पहिरोमा परेर घाइते भएका सिरिजङ्घा गाउँपालिका–६ मामाखेका ६३ वर्षीय पदमबहादुर लिम्बूलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । वडा कार्यालयले वितरण गरेको राहत सामग्री बुझेर घर फर्किने क्रममा माथिबाट झरेको पहिरोमा परेर लिम्बू गम्भीर घाइते भएका थिए।घाइते लिम्बूलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरी नोवेल अस्पताल विराटनगर लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी प्रमुख प्रहरी नायब … Read more