दरबारमार्गको भ्वाङ परेको सडकमा फसेर इन्स्पेक्टर घाइते
टुकुचा छोपेर बनाइएको दरबारमार्ग-काठमाडौं प्लाजाबीचको सडकमा बिहीबार राति भ्वाङमा परेर एक प्रहरी इन्स्पेक्टर घाइते भएका छन् ।स्थानीयले बिहीबार राति सडक भासिएको खबर गरेपछि दरबारमार्गमा कार्यरत् इन्स्पेक्टर भूपेन्द्र बुढाथोकी सडकको निरीक्षणमा पुगेका थिए । सो क्रममा उनी भ्वाङमा फसेर घाइते भएका हुन् । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले बूढाथोकीको निधार र हातमा चोट लागेको … Read more