एसिसी वुमन्स प्रिमियर कप : हङकङविरुद्धको खेलमा नेपाल विजयी

काठमाडौं। एसिसी वुमन्स प्रिमियर कपअन्तर्गत नेपालले पहिलो खेलमा हङकङलाई आठ विकेटले पराजित गरेको छ। जितका लागि पाएको ९४ रनको लक्ष्य नेपालले १४ दशमलव एक ओभरमा दुई विकेट गुमाएर पुरा गरेको हो। नेपालका लागि कप्तान इन्दू बर्माले सर्वाधिक ४० रनको योगदान दिइन् । उनले ३३ बल खेल्ने क्रममा एक छक्का र तीन चौका हानिन्। यस्तै सीता … Read more

एसिसी वुमन्स प्रिमियर कप : नेपालले पायो ९४ रनको लक्ष्य

काठमाडौं। एसिसी वुमन्स प्रिमियर कपअन्तर्गत नेपालले पहिलो खेलमा जितका लागि ९४ रनको लक्ष्य पाएको छ। नेपाललाई हङकङले उक्त लक्ष्य दिएको हो। मलेसियाको सेलाङ्गुर टर्फ क्लबमा नेपाली टोलीकी कप्तान इन्दु बर्माले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिइन्। हङकङले निर्धारित २० ओभरको खेलमा आठ विकेट गुमाएर ९३ रन बनायो । हङकङका लागि कप्तान चान का यिङ … Read more

चितवनमा बस दुर्घटना : २० जना घाइते, दुईको अवस्था गम्भीर

चितवन । चितवनमा बस दुर्घटनामा परेर २० जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिका–२ गड्यौलीमा रौतहटबाट काठमाडौँतर्फ जाँदै गरेको बा प्र ०१–००६ ख २००४ नं बस गए राति सडक छेउमा रोकिराखेको प्र २०३–००१ ख ७३१२ नं को ट्रकसित ठोक्किएको हो । घाइते सबै बसका यात्रु रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख सुरेश … Read more

कस्तो रहला शनिबार देशभरको मौसम?

काठमाडौं। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। देशका तराईका थोरै स्थानहरूमा हुस्सु लागेको छ। दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, … Read more

आज सोनाम ल्होसार हर्षाेल्लासका साथ मनाइँदै

काठमाडौं। आज माघ शुक्ल प्रतिपदा-तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरी हर्षोल्लासपूर्वक सोनाम ल्होसार मनाउँदै छन्। आजदेखि मुसा वर्ष पूरा गरी गाई वर्ष प्रवेश हुँदैछ। प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार मनाइन्छ। मुसा, गाई, बाघ, खरायो, ड्रागन , सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई … Read more

२०८० साल माघ २७ गते शनिवार, आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज रमाइलो यात्राको सम्भावना छ । रोकिएको धन हात पर्ला । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । स्वादिष्ट भोजनको आनन्द समेत पाइएला । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) समाजसेवामा मन लाग्नेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । महत्वपूर्ण कामको … Read more

किन बन्द गरिँदैछ गोपीकृष्ण हल ?

फिल्म प्रदर्शनको गर्विलो इतिहास बोकेको काठमाडौंको चाबहिलस्थित गोपीकृष्ण हल आगामी फागुन १ गतेदेखि बन्द हुने भएको छ । कोरोनाको समयदेखि बेहोर्नुपरेको आर्थिक घाटाका कारण हल बन्द गर्ने निर्णयमा पुगेको गोपीकृष्ण मुभिजका प्रबन्ध निर्देशक नीरक पौडेलले विज्ञप्तिमार्फत् जनाएका छन् । हल सधैंका लागि बन्द गरिएको हो वा सीमित समयका लागि, त्यो भने खुलाइएको छैन । शुक्रबार … Read more

अन्तर मावि जिल्लास्तरीय फुटबलको उपाधि अक्सफोर्ड कलेजलाई

नवलपुर : नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा आयोजित तिलकप्रसाद सापकोटा स्मृति अन्तर मावि जिल्लास्तरीय नकआउट फुटबल प्रतियोगिताको उपाधि गैँडकोटको अक्सफोर्ड कलेजले जितेको छ । स्वर्गीय तिलकप्रसाद सापकोटाको स्मृतिमा गैँडाकोटस्थित कालिका संस्कृत विद्यापीठको स्वतन्त्र विद्यार्थी युनियनले आयोजना गरेको प्रतियोगितामा २–१ गोल अन्तरले विजयी हुँदै अक्सफोर्डले उपाधि जितेको हो । माघ १८ देखि गँैडाकोटमा आयोजित १६ विद्यालय सहभागी प्रतियोगिता … Read more

आगामी बजेट उत्पादन वृद्धि र रोजगारी सिर्जनामा केन्द्रित हुनेछ : प्रधानमन्त्री दाहाल

नुवाकोट। प्रधानमन्त्री पुष्पकमल दाहाल `प्रचण्ड´ले  आगामी बजेट उत्पादन वृद्धि र रोजगारी सिर्जनामा केन्द्रित हुने बताएका छन्। आठौं नुवाकोट महोत्सवलाई आज यहाँ सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले कृषि उत्पादन वृद्धि हुनेगरी बजेट निर्माण गरिने स्पष्ट पारे। राष्ट्रिय बजेट प्रणालीमा आमूल परिवर्तन गर्ने प्रक्रिया अघि बढेको जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले  परम्परागत बजेट प्रणालीलाई रुपान्तरण गरिने बताउनुभयो । उहाँले … Read more

नारायणी नदी किनारमा आजदेखि राष्ट्रिय चिया प्रदर्शनी

चितवन । राष्ट्रिय चिया तथा कफी बोर्डको आयोजनामा नारायणी नदी किनारमा आजदेखि राष्ट्रिय चिया प्रदर्शनी तथा ‘टि टेस्टिङ’ गरिएको छ । शनिबारसम्म चल्ने प्रदर्शनीले नेपालमा उत्पादित चिया देशभित्रै खपत बढाउन सहयोग पुग्ने लक्ष्य लिइएको छ । कृषि तथा पशु विकासमन्त्री डा वदुराम भुषालले उक्त प्रदर्शनी शुभारम्भ गर्दै विगतमा देशको सम्बृद्धिका लागि कृषिमा जुन प्रकारको विकास … Read more