सिमलताल घटना अध्ययन कार्यदल पुग्यो घटनास्थलमा

काठमाण्डु – गत असार २८ गते चितवनको सिमलतालमा पहिरोसँगै बगेर त्रिशूली नदीमा दुई बस खसेर यात्रु बेपत्ता भएका घटनाको अध्ययन गर्न गृहमन्त्रालयद्वारा गठित कार्यदलले काम थालेको छ । गृहमन्त्री रमेश लेखकले पद बहालीका क्रममा घटना अध्ययन गरी प्रतिवेदन दिन मन्त्रालयका सहसचिव छवि रिजालको संयोजकत्वमा कार्यदल गठन गरेका थिए ।दश दिनको कार्यादेश दिइएको कार्यदलले आज घटनास्थल … Read more

रामशाहपथमा विद्युतीय पोलमा आगलागी

काठमाडौंको रामशाहपथमा विद्युतीय पोलमा आगलागी भएको छ। बुधबार बिहान रामशाहपथस्थित राष्ट्रिय बीमा संस्थान अगाडि विद्युत शर्ट भई आगलागी भएको हो। आगलागीबाट बिजुलीका तारहरू जलेका छन्। आगलागी वारुणयन्त्रको सहयोगमा नियन्त्रणमा लिइएको हो।  

लगातार तेस्रो दिन पनि सुनको मूल्यमा ऐतिहासिक रेकर्ड, प्रतितोला कति पुग्यो?

नेपाली बजारमा आज (बुधबार) पनि सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ। लगातार नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो।यसअघि मंगलबार हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो। उक्त दिन सुन प्रतितोला एक लाख ४७ हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो। आज सुन प्रतितोला एक लाख ४९ … Read more

छोराबुहारीले वनमा छोडेका वृद्धको उद्धार

मोरङ, मोरङको बेलबारीस्थित वनमा लगेर आफ्नै छोराबुहारीले छाडिदिएका एक वृद्धलाई वन कर्माचारीले उद्धार गरेका छन् । बेलबारी–चिसाङ साझेदारी वन क्षेत्रबाट आज ७० वर्षीय उमेर बताउनुहुने जामुनलाल झाँगडलाई चार दिनपछि आज उद्धार गरिएको हो । वन हेरालु टोलीले उहाँलाई उद्धार गरी स्थानीय अस्पताल भर्ना गरिएको छ । बेलबारी–चिसाङ साझेदारी वन समितिका अध्यक्ष दिनेश गिरीले वृद्धको बेलबारी नगर … Read more

यार्सा पाटनमा मृत्यु र पीडितका परिवारलाई टेवाको सहयोग

यार्सा टिप्न मुगुका पाटनहरुमा पुगेको बेला बिरामी परेका र लेख लागेर मृत्यु भएकाहरुको परिवारलाई टेवाले राहत स्वरुप आवश्यक सामग्रीहरु सहयोग गरेको छ । गत बैशाखदेखि असार मसान्तसम्म यार्सा टिप्न गएका बेला बिरामी भएर मृत्यु भएका ४ जनाको परिवार र बिरामी परेका २७ जनाको घरपरिवारलाई दैनिक उपभोग्य, लत्ता कपडा लगायतका राहत सामग्री सहयोग गरेको टेवाको मुगुस्थित … Read more

राप्तीको भण्डारामा कन्टेनर ट्रकसँग कार ठोक्किदा कार चालक घाइते

चितवन, पूर्वी चितवनको राप्ती नगरपालिका–५ भण्डारा चोकमा आज बिहान करिब ५ बजेको समयमा कन्टेनर ट्रक र कार आपसमा ठोक्किएका छन् । पूर्व–पश्चिम राजमार्गमा भण्डाराबाट लोथरतर्फ जाँदै गरेको ना ७ ख ७० नम्बरको कन्टेनर ट्रकको दाहिने साइडमा विपरित दिशाबाट आइरहेको बा प्र ०१–०२८ च ९४४० नम्बरको कार ठोक्किएको हो । ठक्करबाट कार चालक भरतपुर महानगरपालिका–१० बस्ने अन्दाजी … Read more

‘नयाँ शव भेटिएको खबर सुन्दा पनि खुसी हुनुपर्ने अवस्था आयो’

जिल्ला प्रहरी कार्यालयको मुल गेटबाट सिधा अगाडि सानो चौतारो छ। दिउँसो साढे ११ बजेतिर त्यहाँ तीन जना महिला र एक जना पुरूष प्रहरीसँग कुरा गरिरहेका थिए। जब हामी त्यहाँ पुग्यौं पुरूषलाई छाडेर महिलाहरू हतारमा निस्किए। जिल्ला प्रहरी कार्यालयलाई गैंडाकोटमा एउटा शव भेटिएको खबर आइपुगेको रहेछ। प्रहरीले त्यो सूचना दिएपछि महिलाहरू शव हेर्नका लागि भरतपुर अस्पतालको … Read more

कुकुरहरुलाई बलात्कार गरी मारेको अभियोगमा जीववैज्ञानिकलाई २४९ बर्षको सजाय

अस्ट्रेलियामा जीववैज्ञानिक विशेषज्ञ एडम ब्रिटनलाई कुकुरहरुलाई बलात्कार गरी मारेको अभियोगमा २४९ वर्षको जेल सजाय सुनाइएको छ । ५२ वर्षीय एडम गोही विशेषज्ञ हुन् । गत वर्ष, उनले पशु क्रूरतासँग सम्बन्धित टण् आरोप स्वीकार गरेका थिए । अष्ट्रेलियाली मिडिया एबीसीको रिपोर्ट अनुसार एडम बेलायती नागरिक हुन् । उनी अस्ट्रेलियाको डार्विनमा रहेको आफ्नो घरमा कुकुरलाई यातना दिने … Read more

अफगानिस्तानमा वर्षा र बाढीका कारण ४० जनाको मृत्यु

काबुल(अफगानीस्तान),पूर्वी अफगानिस्तानको नङ्गरहार प्रान्तमा भारी वर्षा र बाढीका कारण मृत्यु हुनेको सङख््य ४० पुग्नुका साथै घाइतेको सङ्ख्या ३४७ पुगेको जनस्वास्थ्य मन्त्रालयले मङ्गलबार जनाएको छ । स्वास्थ्य कार्यकर्तालाई घाइतेको उपचारका लागि प्रभावित क्षेत्रमा पठाइएको मन्त्रालयका प्रवक्ता सराफत जमान अमरखिलले बताउनु भयो । दुर्घटनामा हताहतको सङ्ख्या बढ्ने अनुमान गरिएको छ । सोमबार दिउँसो अचानक आएको प्राकृतिक प्रकोपले … Read more

ओली प्रधानमन्त्री भएपछि प्रतिगमनको खतरा बढ्यो: केसी

काठमाडौं, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले केपी शर्मा ओली प्रधानमन्त्री भएपछि प्रतिगमनको खतरा बढेको बताएका छन् । वर्तमान सत्तासमीकरणबारे मंगलबार पार्टीको धारणा सार्वजनिक गर्दै अध्यक्ष केसीले ओली नेतृत्वमा सरकार बनिसकेपछि देशमा प्रतिगमनको समस्या झन् गम्भीर रूपमा देखापर्ने खतरा रहेको बताएका हुन् । केसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘साम्राज्यवादी शक्तिहरूले पनि मुलुकको राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डताविरुद्ध … Read more