पूर्वमन्त्री केशव बुढाथोकीकाे निधन

काठमाडौं, माघ २३ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री केशवकुमार बुढाथोकीको निधन भएको छ । उनको विराटनगरस्थित विराट मेडिकल कलेजमा उपचारका क्रममा ८० वर्षको उमेरमा सोमबार राति मृत्यु भएको हो । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले समाजिक सञ्जाल फेसबुकमा लेख्दै हक्की स्वभावका नेता बुढाथोकीको बिदाइले पूर्वी नेपाल खासगरी झापाको भूमिमा उहाँको ठुलो रिक्तता अनुभूति हुने … Read more

धर्मिक गन्तव्य बन्दै पौराणिक भूमि वाल्मीकि आश्रम

नवलपुर (नवलपरासी)। पौराणिक भूमि वाल्मीकि आश्रम नेपाली तथा भारतीय दर्शनार्थीका धार्मिक गन्तव्य बनेको छ। चितवन राष्ट्रिय निकुञ्जको जङ्गलभित्र अवस्थित सो आश्रममा रहेका पौराणिक महत्व बोकेका संरचना हेर्नका लागि विभिन्न जिल्लाबाट आन्तरिक पर्यटक आउने गरेका छन्। नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को त्रिवेणीधाम नजिकै रहेको यस पौराणिक भूमिमा दैनिकरूपमा दर्शनार्थी आउने गरेका वाल्मीकि आश्रमको हरिहर मन्दिरका पुजारी रामशरण गिरीले जानकारी … Read more

पाल्पामा श्रीमान श्रीमतीसहित तीनजना मृत फेला

पाल्पा । पाल्पामा एकैदिन तीन जना मृत अवस्थामा फेला परेका छन् । दुई जना पुरुष र एक जना महिला गरी तीनजना सोमबार मृत फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । मृत फेला पर्नेमा श्रीमान, श्रीमती र अर्का एक पुरुष रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार जिल्लाको रिब्दीकोट गाउँपालिका–८, काहुले … Read more

बालेनलाई मन्त्री गुरुङको चेतावनी: धरहराको भूमिगत पार्किङ तत्काल नरोके परिणाम राम्रो हुँदैन

काठमाडौं। शहरी विकासमन्त्री सीता गुरुङले काठमाडौं महानगरपालिकाले सुरु गरेको धरहरामा भूमिगत पार्किङ तत्काल नरोके परिणाम नराम्रो हुने चेतावनी दिएकी छन् । सोमबार बसेको संसद्को बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री गुरुङले महानगरपालिकाले निर्माणाधीन धरहराको भूमिगत पार्किङमा कसैसँग पनि समन्वय र छलफलविना जबरजस्ती पार्किङ गराउनु विधिविपरीत रहेको बताइन् । ‘निर्माण सम्पन्न नभइ धरहरामा पार्किङ गर्नु गैरजिम्मेवार काम … Read more

भारतीय नम्बरको जिप दुर्घटनाः नापी कार्यालयका प्रमुखसहित १० जना घाइते

सर्लाही । सर्लाहीमा भारतीय नम्बर प्लेट बिआर ०६ पिडी ९६४८ नम्बरको जिप दुर्घटना हुँदा १० जना घाइते भएका छन् । मलङ्गवा नवलपुर सडकखण्डअन्तर्गत मलङ्गवा नगरपालिका–१० गम्हरियामा सोमबार साँझ उक्त जिप दुर्घटना भएको हो । मलङ्गवाबाट नवलपुरतर्फ आउँदै गरेको उक्त जिप गम्हरियामा उखु बोकेको ट्याक्टरसँग ठोक्किएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक दिपेन्द्र पञ्जियार थारुले जानकारी … Read more

हिउँदे अधिवेशनमा बढि भन्दा बढी विधेयक पारित गर्छौँ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदको हिउँदे अधिवेशनमा बढि भन्दा बढि विधेयक पारित गर्न जोड दिने बताएका छन् । सोमबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग संक्षिप्त प्रतिक्रिया दिदै प्रधानमन्त्री प्रचण्डले अहिलेको अधिवेशन विधेयक अधिवेशन भएकाले बढी भन्दा बढि विधेयक ल्याएर पारित गर्न जोड दिने बताएका हुन् । राम्रो वातावरणमा संसद बैठक सुरु भएकोले विधेयकहरु … Read more

कस्तो रहला मंगलबार देशभरको मौसम?

काठमाडौं। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। आज तराईका थोरै स्थानहरूमा हुस्सुरकुहिरो लागेको महाशाखाले बताएको छ। महाशाखाका अनुसार आज दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम … Read more

२०८० साल माघ २३ गते मंगलवार, आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) रोकिएका कामहरू पुनः सुरु हुन सक्छन् । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ । जोशजाँगर र उमङ्ग बढ्नेछ । नयाँ काममा हात हाल्ने समय छ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । सौन्दर्यतामा धन खर्च … Read more

सदनलाई सत्ता टिकाउने माध्यममात्रै बनाए रास्वपाले खबरदारी गर्छ : सभापति लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानले सदनलाई सत्ता टिकाउने माध्यममात्रै बनाए रास्वपाले कडा खबरदारी गर्ने बताएका छन् । सोमबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै सभापति लामिछानेले अहिलेको अधिवेशनमा जनताको जनजिविकासम्बन्धी विधेयकहरुलाई सरकारले प्राथमिकता दिनुपर्ने भन्दै त्यसो हुन नसके रास्वपाले कडा खबरदारी गर्ने बताएका हुन् । त्यस्तै उनले संविधान कार्यान्वयनका लागि बनाउनुपर्ने … Read more

अर्थमन्त्री भन्छन्– आगामी बजेट उत्पादनशील क्षेत्रमा केन्द्रित हुन्छ

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट उत्पादनशील क्षेत्रमा केन्द्रित हुने बताएका छन्। सोमबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री महतले प्रिबजेट विषय यही संसद अधिवेशनमा हुने भएकाले सांसदहरूले दिएको सुझाव र मुलुकको सीमित स्रोत–साधनलाई हेरेर उत्पादनशील क्षेत्रलाई समेटेर बजेट तयार पारिने बताए। उनले सरकारले यो अधिवेशनमा धेरै विधेयक पेश गर्ने … Read more