चितवनमा ११ हजारभन्दा बढी बालबालिकालाई पूर्ण खोप

चितवन – चितवन जिल्लाका ११ हजार पाँच सय ५४ बालबालिकाले पूर्ण खोप लगाएका छन्। जिल्ला स्वास्थ्य कार्यालयका अनुसार उनीहरुले जन्म भएपछि १५ महिनासम्मको उमेरमा लगाउनुपर्ने सबै खोप लगाएका हुन्। कार्यालयले गत चैतमा छुटपुट बालबालिकाको तथ्याङ्क सङ्कलन गरी वैशाख र जेठमा उनीहरुलाई खोप लगाएको जिल्ला स्वास्थ्य कार्यालयका अधिकृत जयराम दुवाडीले जानकारी दिए।उनका अनुसार पूर्ण खोप नलगाएका २७ … Read more

आँप टिपेको निहुँमा रौतहटमा एक युवकको हत्या, दुईजना पक्राउ

काठमाडौं । आँप टिपेको निहुँमा रौतहटमा एक युवकको हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा बौधीमाई नगरपालिका–१ बौधा पतौरा घर भइ हाल इशनाथ नगरपालिका–३ बस्ने १८ वर्षीय दशही साह र सोही ठाउँका १९ वर्षीय रोशन साह रहेका छन् । उनीहरुले २५ असारको राति ८ बजेतिर रौतहटको इशनाथ नगरपालिका–९ बस्ने १७ वर्षीय … Read more

बढीपहिराले देशका विभिन्न भागमा क्षति, राजमार्ग अवरुद्ध

काठमाडौँ, निरन्तरको वर्षाका कारण देशका विभिन्न भागमा बढीपहिराले भौतिक संरचनामा क्षति भएको छ भने सडक अवरुद्ध हुँदा यातायातका साधन बाटोमा नै रोकिएका छन् । रासस समाचारदाताहरूका अनुसार लमजुङ, दाङ, चितवन, वाग्लुङ, पर्वत, उदयपुरका विभिन्न सडक अवरुद्ध भएका छन् । पहिरो खसेर नारायणगढ–मुग्लिन सडक अवरुद्ध पहिरो खसेर नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ । भरतपुर महानगरपालिका–२९ स्थित झोलुङ्गु … Read more

मोरङमा कुखुरा फर्मभित्र सञ्चालकको हत्या

विराटनगर । मोरङको सुन्दरहरैँचामा कुखुरा फर्मभित्र विभत्स अवस्थामा पुरुषको शव भेटिएको छ । बिहीबार बिहान सुन्दरहरैँचा नगरपालिका–९ का ४९ वर्षीय सहदेव बजगाईंको शव भेटिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए । डीएसपी बस्न‍ेतका अनुसार बजगाईं कुखुरा फर्म सञ्चालक हुन् । घर नजिकै कुखुरा फर्म सञ्चालन गर्दै आएका बजगाईंको त्यही फार्मभित्र आज विहान करिब … Read more

यी कठोर पिता, जसले आफ्ना तीन सन्तानलाई जलाएर हत्या गरे

सिड्नी । एक अस्ट्रेलियाली व्यक्तिले आफ्ना तीन छोराछोरीको हत्या गरी घरमा आगो लगाएर परिवारका सबै सदस्यलाई मार्ने प्रयास गरेको आरोप लागेको छ । आइतबार बिहान सिड्नी क्षेत्रमा भएको यो घटनामा आगलागीमा परी पाँच महिनाकी बालिका, साढे दुई वर्ष र ६ वर्षका बालकको मृत्यु भएको हो । साढे दुई वर्षको बालक गम्भीर अवस्थामा घरबाट बाहिर निकालिएको … Read more

नारायणी नदिको जलसतहले सतर्कता तह पार गर्ने

नवलपुर- देशका सानाठूला केही नदीमा आज पानीको बहाव उल्लेख्य बढ्ने अनुमान छ । नारायणी नदी देवघाटमा जलसतहले सतर्कता तह पार गर्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुन सक्रिय हुँदा निरन्तर वर्षासँगै नारायणीमा भोलि समेत बाढीको मध्यम जोखिम रहने पूर्वानुमान छ । मर्स्याङ्दी नदीमा पनि जलसतह सतर्कता तहनजिक पुग्ने महाशाखाको अनुमान छ । नदीतटीय क्षेत्रमा … Read more

आजदेखि भरतपुर अस्पतालमै एमआरआई सेवा

चितवन,  यहाँको सरकारी भरतपुर अस्पतालमा आजबाट एमआरआई सेवा सञ्चालनमा आएको छ । संघीय सरकार र अस्पताल विकास समितिको गरी ३० करोड रुपैयाँमा मेसिन खरिद गरी सञ्चालनमा ल्याईएको हो । अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट प्रा.डा.कृष्णप्रसाद पौडेलले प्राविधिक परीक्षण गरेर सफलता मिलेपछि एमआरआई सञ्चालनमा ल्याईएको बताउनुभयो । उहाँका अनुसार ३० करोड रुपैयाँ लागतमा मेसिन खरिद गरिएको हो … Read more

पाकिस्तान नियन्त्रित काश्मिरमा सडक दुर्घटना, १३ को मृत्यु

पाकिस्तान :पाकिस्तानको उत्तरपूर्वी भागमा रहेको पाकिस्तान नियन्त्रित कश्मीरमा बुधवार भएको सडक दुर्घटनामा १३ जनाको मृत्यु भएको छ ।दुर्घटना नीलम जिल्लामा भएको थियो । जहाँ यात्रु भ्यान खोलामा खसेको हो । पहाडी क्षेत्रमा तिब्र गतिका कारण दुर्घटना भएको बताइएको छ । यात्रुहरुको शव निकालेर नजिकैको अस्पतालमा लगिएको छ ।

देउखुरीमा भालुको आक्रमणबाट एक महिला गम्भीर घाइते

देउखुरी । दाङको देउखुरीमा भालुको आक्रमणबाट एक महिला गम्भीर घाइते भएकी छन् । लमही नगरपालिका वडा नम्बर ६ स्थित कर्री सामुदायिक वन क्षेत्रमा च्याउ टिप्ने क्रममा भालुको आक्रमणबाट छोट्की महरवा निवासी ४७ वर्षीय शोवारी घर्ती मगर गम्भीर घाइते भएकी हुन् । उनको अनुहारमा गम्भीर चोट लागेको छ भने दुवै हात भाँचिएको छ । घर्तीको लमही … Read more

अझै तीन दिन देशभर वर्षा हुने, सडकको अवस्था बुझेर मात्रै यात्रा गर्न प्रहरीको अनुरोध

काठमाडौं : नेपाल प्रहरीले मनसुनी वर्षा जारी रहेको र देशका विभिन्न क्षेत्रमा राजमार्गमा अवरोध भइरहेकाले बुझेरमात्रै लामो यात्रामा निस्किन अनुरोध गरेको छ। केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले यात्रुहरू बीच बाटोमै अलपत्र हुने अवस्था देखिएकाले सडकको अवस्था बुझेर मात्रै यात्रा गर्न सर्वसाधारणमा अनुरोध गरिएको बताए। प्रहरीका अनुसार मनसुनका कारण अविरल वर्षापछि विभिन्न … Read more