चितवनमा ११ हजारभन्दा बढी बालबालिकालाई पूर्ण खोप

चितवन – चितवन जिल्लाका ११ हजार पाँच सय ५४ बालबालिकाले पूर्ण खोप लगाएका छन्। जिल्ला स्वास्थ्य कार्यालयका अनुसार उनीहरुले जन्म भएपछि १५ महिनासम्मको उमेरमा लगाउनुपर्ने सबै खोप लगाएका हुन्।

कार्यालयले गत चैतमा छुटपुट बालबालिकाको तथ्याङ्क सङ्कलन गरी वैशाख र जेठमा उनीहरुलाई खोप लगाएको जिल्ला स्वास्थ्य कार्यालयका अधिकृत जयराम दुवाडीले जानकारी दिए।उनका अनुसार पूर्ण खोप नलगाएका २७ बालबालिकालाई अभियानका क्रममा खोप लगाइएको थियो। योसँगै १५ महिनाभित्र लगाउनुपर्ने खोप लगाएका बालबालिका बाँकी नरहेकाले जिल्लाका सातै पालिकालाई पूर्ण खोप घोषणा गर्ने जिल्ला खोप समन्वय समितिले निर्णय गरेको छ।

सेयर गर्नुहोस्