बागमती सरकारबाट बाहिरियो एमाले

काठमाडौँ । नेकपा माओवादी केन्द्र नेतृत्वको बागमती प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएको हो ।मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई सोमबार एमाले बागमती प्रदेश संसदीय दलका नेतासमेत रहेका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियासहित पाँच जना मन्त्रीहरूले हेटौँडा– २, स्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेर समर्थन फिर्तासहित संयुक्त राजीनामा … Read more

आजको विदेशी मुद्राको विनियमदर

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर, युरो, पाउन्ड, अस्ट्रेलियन डलर, दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य थपघट भएको छैन। अर्थात् शनिबार जुन मूल्यमा यी मुद्राको कारोबार भएको थियो आज पनि सोही मूल्यमा कारोबार हुने राष्ट्र बैंकले जनाएको छ। राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ … Read more

आजबाट देशैभर मनसुनको सक्रियतामा कमी आउने

काठमाडौं, नेपालमा आजबाट मनसुनको सक्रियतामा कमी आउने भएको छ । नेपाल नजिक रहेको मनसुनको न्यून चापीय रेखा दक्षिणतिर सर्दै जाँदा देशभर मनसुनको सक्रियतामा कमी आउने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको हो। महाशाखाले आइतबार नै बुलेटिन जारी गरेर न्यून चापिय रेखा सोमबादेखि क्रमिकरूपमा दक्षिण तिर सर्दै जाने बताएको थियो। मौसमविद् राजु प्रधानाङ्गाका … Read more

सुनको मूल्य घट्दा चाँदी स्थिर

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ४ सय रूपैयाँले घटेर १ लाख ४५ हजार रूपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुनको मूल्य तोलाको १ लाख ४४ हजार ३ सय रूपैयाँ कायम भएको छ । यस्तै, सोमबार चाँदीको मूल्य भने स्थिर रहेर … Read more

दाङमा बाघको आक्रमणबाट तीन महिला घाइते

तुलसीपुर,दाङमा बाघको आक्रमणबाट तीन जना महिला घाइते भएका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले बाघको आक्रमणबाट तुलसीपुर–९ वेलुवाका ४५ वर्षीया कमला केसी, ५३ वर्षीया सीताकुमारी भण्डारी र १८ वर्षीया सरिता भण्डारी घाइते भएका जानकारी दिनुभयो । आज विहान तुलसीपुर उपमहानगरपालिका–९ स्थित नवदुर्गा सामुदायिक वनमा च्याउ टिप्न जाँदा उनीहरुलाई बाघले आक्रमण गरेको … Read more

काकडभिट्टाबाट बाग्लुङ जाँदै गरेको बस चितवनको खैरहनीमा दुर्घटना, आठ जना घाइते

चितवन, काकडभिट्टाबाट बाग्लुङ जाँदै गरेको प्र१–०१–००१ ख ४३८० नम्बरको यात्रु बस चितवनको खैरहनीमा दुर्घटनामा परेको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत खैरहनी नगरपालिका–८ स्थित सडक छेउको कल्भर्टमा गएराति ३ बजे बस ठोक्किँदा आठ जना यात्रु घाइते भए छन् । स्थानीय चौधरी मेडिकलमा उपचार पश्चात पाँच जना डिस्चार्ज भइसकेको प्रहरीले जानकारी दिएको छ ।पाँच जनाकाे बकुलहर अस्पताल टाँडीमा उपचार … Read more

भारतको मेघालयमा चार जना नेपालीको घाँटी रेटेर बीभत्स हत्या

काठमाडौँ– रोजगारीका लागि भारतको मेघालय पुगेका चार जना नेपालीको घाँटी रेटेर बीभत्स हत्या भएको छ ।मृतकमध्ये हालसम्म एक जनाको मात्र पहिचान खुलेको छ । उनी इलामका २३ वर्षीय रवि राई रहेको तथा अन्य चार जनाको परिचय खुल्न बाँकी रहेको स्थानीय प्रहरी प्रशासनले जनाएको छ । मेघालयको पूर्वी जयन्तिया हिल्स जिल्लाका प्रहरी उपरीक्षकका अनुसार बीभत्स हत्या गरिएको घटनाबारे … Read more

कोशीमा पानीको बहाव ३ लाख ९३ हजार क्यूसेक

मोरङ – सप्तकोशी नदीमा पानीको बहाव उच्च बन्दै गएको छ। कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार सप्तरी र सुनसरीको सीमानामा पर्ने आइतबार अपराह्न ४ बजे पानीको बहाव ३ लाख ९३ हजार ७ सय १५ क्यूसेक पुगेको छ। यसअघि दिउँसो १ बजे पानीको बहाव ३ लाख ८६ हजार ७ सय ३५ क्यूसेक मापन गरिएको थियो। आइतबार बिहान … Read more

विपदबाट प्रभावितको जिउधन रक्षामा सबै लागौं : प्रधानमन्त्री

काठमाडौँ, असार २३ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अविरल वर्षापछि गएको बाढी पहिरोबाट प्रभावित जनताको जिउधनको रक्षाका निम्ति राज्यको सम्पूर्ण तागत लगाउन सम्बन्धित सबै निकायलाई निर्देशन दिनुभएको छ । सिंहदरबारस्थित ‘कन्ट्रोल रुम’ बाट देशभर गएको बाढीपहिरोको क्षतिबारे जानकारी लिएपछि प्रधानमन्त्री प्रचण्डले प्राकृतिक विपदबाट प्रभावित नागरिकको उद्धार र राहतमा सक्रिय हुन सरकारका निकायलाई निर्देशन दिनुभएको हो … Read more

कांग्रेस र एमाले मिलेकोप्रति झलनाथको टिप्पणी : यो संसदीय व्यवस्थामा नौटंकी हो

काठमाडौं, २३ असार । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले कांग्रेस र एमालेबीचको सत्ता सहकार्यलाई नौटंकीको संज्ञा दिएका छन् । उनले आफ्नो दल नयाँ गठबन्धनमा सहभागी नहुने पनि स्पष्ट पारे । दुई ठूला दलले राष्ट्रिय सहमतिको सरकारका नाममा फजुलको कुरा गरेको पनि खनालको टिप्पणी छ । आज (आइतबार) बसेको केन्द्रीय … Read more