नक्कली नोटसहित एक जना पक्राउ

सर्लाहीको विष्णु गाउँपालिका–६ बाट नेपाली एक हजार दरका ९५ थान नक्कली नोटसहित एक जना पक्राउ परेका छन् । ‘अनटेष्ट’ लेखिएको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा जिल्लाकै कौडेना गाउँपालिका–५ छपकैयाका ३० वर्षीय फिरोज खानलाई उक्त नोटसहित पक्राउ गरिएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । इलाका प्रहरी कार्यालय सिमरा फेन्हाराबाट खटिएको प्रहरी टोलीले बुधबार राति … Read more

पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जेनजी प्रदर्शनका क्रममा आगजनी र तोडफोडबाट क्षतिग्रस्त भएको सङ्घीय संसद् भवनको अवलोकन गर्नुभएको छ । आज नयाँ बानेश्वरस्थित संसद् भवन परिसर पुगेर उहाँले तोडफोड र आगलागीबाट भएको क्षतिबारे जानकारी लिनुभएको हो । पूर्वराष्ट्रपति भण्डारीलाई सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले संसद् भवनमा भएको क्षतिबारे जानकारी गराउनुभएको थियो । अवलोकनपश्चात सञ्चारकर्मीलाई … Read more

समानुपातिकतर्फ आवेदन दिएका दलले आज नाम फिर्ता लिनसक्ने

निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन दल दर्ताको निवेदन दिएकालाई नाम फिर्ता लिन चाहेमा आजको समय निर्धारण गरेको छ । आयोगले एक सूचना प्रकाशन गरी आज बिहान १०ः०० बजेदेखि अपरान्ह ४ः०० बजेसम्ममा दलले नाम फिर्ता लिन चाहेमा लिन सक्ने जनाएको छ । आयोगमा १०० राजनीतिक दलले यस प्रणालीका लागि आवेदन दिएका छन् । प्राप्त … Read more

चितवन सहितका राष्ट्रिय निकुञ्जमा पुस १ गतेदेखि बाघ गणना गरिँदै

अगामी पुस १ गतेदेखि बाघ गणनाको काम थालिने भएको छ । चितवन र पर्सा राष्ट्रिय निकुञ्जलाई एउटा ‘व्लक’ बनाएर गणना गर्न लागिएको हो । यससँंगै बाघ भएका बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पनि बाघ गणना गरिँदै छ । तीन महिना लगाएर बाघ गणना गर्न लागिएको हो । हरेक चार–चार वर्षमा बाघ गणना गरिँदै आएको … Read more

गुल्मीमा यसवर्ष धान उत्पादनमा आठ प्रतिशतले कमी

यसवर्ष यहाँ धान उत्पादनमा कमी आएको छ । गत वर्षको तुलनामा जिल्लामा आठ प्रतिशतले उत्पादनमा कमी आएको कृषि ज्ञान केन्द्रले जनाएको छ । कृषि ज्ञान केन्द्रका सूचना अधिकारी टीकाराम न्यौपानका अनुसार यसवर्ष जिल्लामा २२ हजार ३२३ मेट्रिकटन मात्र धान उत्पादन भएको छ । गतवर्ष जिल्लामा २४ हजार चार सय २६ मेट्रिकटन धान उत्पादन भएको थियो … Read more

लहान नगरपालिकालाई कम्प्युटर, प्रिन्टर र स्मार्ट बोर्ड हस्तान्तरण

अन्तरराष्ट्रिय गैरसरकारी संस्था हेल्भेटासले लहान नगरपालिकालाई पाँच थान कम्प्युटर, पाँच थान प्रिन्टर तथा एक थान स्मार्ट बोर्ड प्रदान गरेको छ । सिलिड्स परियोजनामार्फत हेल्भेटासले बुधबार यहाँ आयोजित एक कार्यक्रममा ती सामग्री हस्तान्तरण गरेको हो । हेल्भेटासका स्थानीय प्रतिनिधि श्रद्धा श्रेष्ठले नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जयकान्त झालाई ती सामग्री हस्तान्तरण गर्नुभयो । यसअघि स्वास्थ्य क्षेत्रमा कार्यरत … Read more

नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल

थाइल्याण्ड र भियतनामका लागि नेपाली राजदूत धनबहादुर ओलीले भियतनामी लगानीकर्तालाई नेपालमा लगानीको सम्भावना रहेको उल्लेख गर्दै नेपालमा लगानी बढाउनका लागि आग्रह गर्नुभएको छ । आज भियतनामको राजधानी हनोइमा नेपाल उद्योग वाणिज्य महासंघ र भियतनामी चेम्बर अफ कमर्श इन्डष्ट्रीसँगको छलफलका क्रममा उहाँले नेपाल र भियतनामबीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वर्र्ष पुगेको उल्लेख गर्दै दुवै देशले … Read more

सुनचाँदीको मूल्य निरन्तर बढ्दो

बुधबारको तुलनामा आज सुनचाँदीको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख ५३ हजार १०० कायम भएको छ भने एक तोला चाँदीको मोल रु तीन हजार ८०५ निर्धारण भएको छ । बुधबार सुनको मूल्य प्रतितोला रु दुई लाख ५२ हजार १०० निर्धारण भएको थियो भने … Read more

किसानलाई दूधमा दश रुपैयाँ अनुदान

भिमाद नगरपालिकाले दूध उत्पादक किसानलाई प्रोत्साहनस्वरुप रु १० अनुदान दिने निर्णय गरेको छ । दूध उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रम सञ्चालन कार्यविधि, २०८२ अनुसार किसानलाई प्रतिलिटर रु १० अनुदान दिने निर्णय भएको नगरप्रमुख दधिराज सुवेदीले राससलाई जानकारी दिनुभयो । नगरपालिका र भिमाद कृषि उद्यम सहकारी संस्थाबीच त्यससम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुसार दूध उत्पादन गर्ने किसानलाई … Read more

दाङमा बस दुर्घटना, २२ यात्री घाइते

डडेल्धुराबाट काठमाडौँतर्फ गइरहेको ना८ख ७४५५ नम्बरको यात्रीबस पूर्वपश्चिम राजमार्गअन्तर्गत लमही नगरपालिका–१ कौडियापुलमा दुर्घटना हुँदा २२ जना यात्री घाइते भएका छन् । लमहीस्थित वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक रोशनराज पाण्डेयका अनुसार आज बिहान पुलबाट खोलामा बस खसेको हो । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना तथा स्थानीयको सहयोगमा घाइतेहरूलाई उद्धार गरी लमही अस्पताल पु¥याइएको छ … Read more