मेयर बालेनको आरोप– चार सहिदको नाममा कार्यक्रम राखौँ भन्दा कांग्रेस–एमालेले नगरसभा रोके

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले नेकपा एमाले र नेपाली कांग्रेसका नगरसभा सदस्यहरूले नगरसभा बैठक रोकेको आरोप लगाएका छन्।एमाले–कांग्रेसका नगरसभा सदस्यहरूले बीपी कोइराला र मदन भण्डारीको नाममा करोडौँ कार्यक्रम राख्न भनेकोमा आफूले भने चार सहिदहरूको नाममा गर्न आग्रह गरेको उनले बताएका छन्। एमाले काङ्ग्रेसले बीपी कोइराला, मदन भण्डारीको नाममा करोडौँको कार्यक्रम गरौँ भन्नु भयो,’ … Read more

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

काठमाडौँ, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्। समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न आज (शुक्रबार) बिहान शितल निवासमा प्रधानमन्त्री र राष्ट्रपतिबीच भेटवार्ता भएको हो।

दिल्लीको अन्तर्राष्ट्रिय विमानस्थलमा टर्मिनल भवनको छत खस्यो, ६ जना घाइते

भारतको राजधानी नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवनको छत खसेको छ । शुक्रबार बिहानै परेको भीषण वर्षाका कारण भवनको छाना खसेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । समाचार एजेन्सी पीटीआई र एएनआईका अनुसार छत भत्किँदा ६ जना घाइते भएका छन् । भवनको छत सवारीसाधन र ट्याक्सीमाथि खसेको थियो । जसमा केही मानिस पुरिएका … Read more

सुनको मूल्य एकैदिन एक हजारले बढ्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य एकैदिन एक हजारले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४१ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाल सुन प्रतितोला एक लाख ४० हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।तेजाबी सुन आज प्रतितोला एक लाख ४१ हजार १०० रुपैयाँमा कारोबार … Read more

तीन करोड ५७ लाखमा पक्की पुल निर्माण

भोजपुर, राउते खोला पक्की पुल निर्माण भएको छ । भोजपुरको टेम्केमैयुङ–९ भएर बग्ने यो खोलामा पूर्वाधार विकास कार्यालयले तीन करोड ५७ लाख लागतमा पुल निर्माण गरेको हो । “राउते खोला पक्की पुल निर्माणअवधिभन्दा १५ महिनाअघि सम्पन्न गर्न सफल भएका छौँ, स्थानीयले भोगेको समस्यालाई ध्यानमा राखेर निर्माणको कामलाई तीव्रता दिइएको हो । पुल बनेसँगै स्थानीयलाई सहज … Read more

एसईईको नतिजा राम्रो नआएपछि दोलखाकी एक छात्राले गरिन् आत्महत्या

दोलखाकोे गौरीशंकर गाउँपालिका वडा नम्बर २ की एक छात्राले एसईईको नतिजा राम्रो नआएपछि आत्महत्या गरेकी छन् । गौरीशंकर गाउँपालिका–२ जुँगुका रामबहादुर बुढाथोकीकी १६ वर्षीया छोरी जेनिसा बुढाथोकीले आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेकी हुन् । स्थानीय निलकण्ठेश्वर मावीबाट एसईई परीक्षा दिएकी जेनिसाले नतिजा राम्रो नआएपछि हिजो आफ्नै घरको माथिल्लो तलामा झुण्डिएर आत्महत्या गरेको दोलखा प्रहरीले जनाएको … Read more

ट्रयाक्टर दुर्घटनामा बालकको मृत्यु, दुई जना घाइते

गुल्मी– तम्घास-सिमलटारी सडकखण्डअन्तर्गत छल्दीबाट तम्घासतर्फ आउँदै गरेको लु४त २४६५ नम्बरको ट्रयाक्टर रेसुङ्गा नगरपालिका-४ रायढुङ्गामा दुर्घटना हुँदा छ वर्षीय बालकको मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शङ्कर पोखरेलका अनुसार दुर्घटनामा मालिका गाउँपालिका- २ का छ वर्षीय शिव विकको मृत्यु भएको हो ।दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि गुल्मी अस्पताल ल्याउनेबित्तिकै अस्पतालले … Read more

कल्भर्टमा कार खस्दा चालकको मृत्यु

काठमाडौं– स्थानीय सीतापाइलास्थित सिभिल होमनजिक छमछमे खोलाको कल्भर्टमा कार खस्दा चालकको मृत्यु भएको छ ।काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीका अनुसार नागार्जुन नगरपालिका- ६ खरिटारका ४५ वर्षीय पूर्ण दर्नालको मृत्यु भएको हो । दर्नाल आफैँले चलाएको बाप्र०२७च ०४९१ नम्बरको कार कल्भर्टबाट खसेर उक्त दुर्घटना भएको थियो । राति खसेका उनको आज … Read more

वडाध्यक्षद्वारा किसानलाई निःशुल्क रासायनिक मल वितरण

रामेछाप (मन्थली), असार १३ गते । रामेछापको रामेछाप नगरपालिका-७ सुकाजोरका वडाध्यक्ष समीर कार्कीले आफूले पाउने सुविधाबाट किसानलाई निःशुल्क रासायनिक मल वितरण गर्नुभएको छ । वर्षायाम सुरु भएसँगै पाखोबारीको मकै तथा बेँसी क्षेत्रमा धानखेती गर्ने किसानलाई मल वितरण गरिएको हो । वडाध्यक्ष कार्कीले गत वर्ष पनि आफूले पाउने सेवा सुविधाबाट किसानलाई रासायनिक मल वितरण गर्नुभएको थियो । … Read more

छाउपडी प्रथालाई राज्यले बन्द गर्नुपर्नेमा जोड

काठमाडौँ, असार १३ गते । राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले छाउपडी प्रथालाई राज्यले बन्द गर्नुपर्नेमा जोड दिनुभएको छ । आज बसेको बैठकमा सांसदहरूले छाउपडी प्रथाका कारण किशोरीको सुरक्षा हुने नसकेको भन्दै यो प्रथा अन्त्यका लागि राज्यले आवश्यक नीति बनाएर कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभएको हो । सांसद सुरेशकुमार आलेमगरले केही दिन अगाडि अछाममा छाउपडीमा राखिएकी किशोरीमाथि भएको … Read more