प्रादेशिक अस्पतालको स्टोर शाखा डुबानमा, पानीमा बग्दै औषधि
ढल्केवर(धनुषा), मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहत रहेको प्रादेशिक अस्पताल जनकपुर डुबानमा परेको छ। सोमबार बेलुकादेखि मंगलबार बिहानसम्म परेको अविरल वर्षाले प्रादेशिक अस्पताल जनकपुरको स्टोर शाखा डुबानमा परेको हो। स्टोर शाखा डुबानमा परेपछि औषधिहरू अस्पताल कम्पाउण्डमा बगिरहेको देखिन्छ। अस्पतालका अन्य शाखाहरु नयाँ संरचनामा सारे पनि स्टोर शाखा पुरानै भवनमा रहेकोले डुबानमा परेको अस्पतालका एक कर्मचारीले बताए। … Read more