कैलालीमा एक हजार बढी डेङ्गीका बिरामी

टीकापुर : गत वर्षका तुलनामा यस वर्ष कैलालीमा डेङ्गीका बिरामी वृद्धि भएका छन्। यस वर्ष एक हजार एक जना डेङ्गी सङ्क्रमित भएका छन् । गत वर्ष ४५५ जना डेङ्गीबाट सङ्क्रमित भएका थिए । टीकापुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बलबहादुर रावलले दिएको जानकारीअनुसार गत वर्ष धनगढीमा एक सय ७३, लम्कीचुहामा एक सय १३, बर्दगोरियामा ७२, टीकापुरमा … Read more

दाउन्नेका ५ ठाउँमा एकतर्फी यातायात

 दाउन्ने :पूर्व-पश्चिम राजमार्गअन्तर्गत नवलपरासी पूर्वको दाउन्नेमा हिलो र लेदोको कारण सवारी एकतर्फी सञ्चालन भएको छ । लगातारको वर्षाका कारण दाउन्ने डाँडाबाट खसेको हिलो र लेदोले सवारी चलाउन असहज भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका डीएसपी बेदबहादुर पौडेलले बताए । बुटवल-नारायणगढ सडक विस्तारका क्रममा कल्भर्ट निर्माणका लागि खनिएको डाइभर्सनका कारण पनि दाउन्नेमा लामो जाम भएको छ । … Read more

शैक्षिक गुणस्तर सुधार्न एभरेस्ट बैंकको २ लाख १० हजार सहयोग

अत्तरिया : निजी क्षेत्रको एभरेस्ट बैंकले धनगढी नगर प्रमुख शैक्षिक सुधार कोषमा आर्थिक सहयोग गरेको छ । विपन्न परिवारका बालबालिकाहरुको लागि विद्यालय पोसाक तथा पाठ्य सामग्री खरिदका लागि भनेर सो बैंकको धनगढी शाखाले मंगलबार २ लाख १० हजार रुपैयाँ नगर प्रमुख शैक्षिक सुधार कोषमा आर्थिक सहयोग गरेको हो । बैंकले धनगढी नगर प्रमुख शैक्षिक सुधार … Read more

कैलालीमा बसको ठक्करबाट एक जनाको मृत्यु

धनगढी । कैलालीमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तरगत गोदावरी नगरपालिका–६ मा बा ५ ख १४१० नम्बरको बसले सुपप्र ०१–००१ प ४६५४ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकलमा सवार नन्दराम चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेर गोदावरी–८ बस्ने मोटरसाइकल चालक लेखकराज जोशी घाइते भएका छन् । उनको सेती … Read more

प्रधानमन्त्रीलाई विश्वासको मत नदिन एमालेको ह्विप

काठमाडौँ, नेकपा एमालेले आफ्ना सांसदहरूलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मतका लागि राखेको प्रस्तावको विपक्षमा मतदान गर्न ह्विप जारी गरेको छ । नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले प्रधानमन्त्रीको प्रस्तावको विपक्षमा मतदान गर्न ह्विप जारी गरिएको जानकारी दिए । प्रधानमन्त्री प्रचण्डले असार २८ गते शुक्रबार प्रतिनिधि सभा बैठकमा विश्वासको मत लिने कार्यक्रम छ । … Read more

प्रतिस्पर्धात्मक खेलमा नेपालको हार

काठमाडौं। एसीसी वुमन्स एसिया कप खेल्न श्रीलंका पुगेको नेपाल दोस्रो टी-२० अभ्यास खेलमा पराजित भएको छ । बुधबार दिउँसो सम्पन्न खेलमा नेपाल श्रीलंका डेभलप्मेन्टसँग ४ विकेटले पराजित भएको छ । योसँगै तीन खेलको अभ्यास सिरिज नेपालले एक खेल अगावै गुमाएको छ । १०७ रनको लक्ष्य पछ्याएको श्रीलंका डेभलप्मेन्टले १९.५ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो … Read more

अविरल वर्षा हुँदा भोजपुरमा सडक भासियो

भोजपुर, असार २६- अविरल वर्षाका कारण मध्यपहाडी लोकमार्गअन्तर्गत टेम्केमैयुङ गाउँपालिका– ३ मेस्पाङामा सडक भासिएको छ । भोजपुर –चखेवा सडक खण्डको मेस्पाङ भन्ने स्थानमा करिब ६० मिटर सडक भासिएको हो । कालोपत्र गरिएको सडक भासिएपछि यातायातका साधन रोकिएका टेम्केमैयुङ गाउँपालिकाकी उपाध्यक्ष रमादेवी राईले  बताउनुभयो । उक्त स्थानमा आज बिहान सडक भासिएको हो । “वर्षाका कारण मध्यपहाडी … Read more

नौबिसे–मलेखु सडकखण्ड आजदेखि १५ दिनसम्म ५ घण्टा बन्द

काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत नौबिसे(मलेखु सडकखण्ड आजदेखि १५ दिनसम्म रातिको समयमा बन्द हुने भएको छ ।नागढुंगा–मुग्लिङ सडक आयोजना (पूर्वी खण्ड) ले सूचना प्रकाशित गर्दै २६ असारदेखि ९ साउनसम्म राति १० बजेदेखि बिहान ३ बजेसम्म बन्द हुने जनाएको छ । उक्त सडक खण्डमा पर्ने गणेश खोला, डाङडुङ खोला, खेस्टे खोला र पोखरे खोलाका पुलको संरचनामा … Read more

अवरुद्ध डुम्रे-बेँसीसहर सडक सञ्चालन

लमजुङ– पहिरोले अवरुद्ध डुम्रे-बेँसीसहर सडक खुलेको छ । मंगलबार साँझदेखिको वर्षाले गएराति यस सडकअन्तर्गत बेँसीशहर नगरपालिका– १ अँधेरिखोलामा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मेघनाथ चापागाईंले पहिरो पन्छाएर आज बिहान ११ बजेपछि सडक सञ्चालन भएको बताए । सडक अवरुद्ध हुँदा बेँसीसहरबाट काठमाडौँं, पोखरा र चितवन र ती स्थानबाट बेँसीसहरका … Read more

निसर्ग अस्पतालमा युवती मृत्यु प्रकरणः डाक्टरलाई बर्खास्त, कारवाहीका लागि काउन्सिलमा सिफारिस गर्ने सहमति

धनगढी, धनगढीको निसर्ग अस्पतालमा युवतीको मृत्यु प्रकरणमा डाक्टर ओमप्रकाश भट्टलाई कारबाही गर्ने सहमति भएको छ। डाक्टर भट्टलाई निर्सग अस्पतालबाट बर्खास्त गर्ने, मेडिकल काउन्सिलमा कारबाही सिफारिसको लागि पत्र पठाउने र डाक्टरविरुद्ध जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिने सहमति भएको हो। भट्टले गलत औषधी प्रयोग गर्दा धनगढी उपमहानगरपालिका १ की २२ वर्षीया लक्ष्मी जोशीको सोमबार राति मृत्यु भएको … Read more