तनहुँमा दाउरा निकाल्न गएका व्यक्ति सेतीको बाढीमा बेपत्ता

सेती नदीको बाढीले बगाएर ल्याएको दाउरा झिक्ने क्रममा तनहुँमा आज बिहान एक जना बेपत्ता भएका छन्।जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार व्यास नगरपालिका–१ भादगाउँ का ५५ वर्षका तालबहादुर थापा छाब्दीखोला दोभानमा बाढीले बगाएर ल्याएको दाउरा तान्दै गर्दा नदीमा बेपत्ता भएका हुन्। कार्यालयका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले थापाको खोजी जारी रहेको जानकारी दिए। बाढीले बगाएर ल्याएको … Read more

रोल्पामा मिनी ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

रोल्पा । रोल्पाको रुन्टीगढी गाउँपालिका ६ स्यालामा मिनी ट्रक दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको हो ।तरकारी लिनका लागि गएको रा१ख २१३१ नम्बर मिनीट्रक मंगलबार राति साढे ११ बजे गाडी फर्किने क्रममा दुर्घटना भएको हो । मृत्यु हुनेमा रुन्टीगढी गाउँपालिका-६ निगालपानी निवासी अन्दाजी ३२/३३ वर्षीय महेश थापा रहेको इप्रका होलेरीका इञ्चार्ज देवीप्रसाद गैरेले जानकारी दिए … Read more

‘एक लाखमा लाइसेन्स, त्यो पनि नक्कली’

काठमाडौं, सेवाग्राहीले एक लाख रूपैयाँसम्म तिरेर लिएका सवारीचालक अनुमति–पत्र (लाइसेन्स) सबै नक्कली परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले गरेको दोस्रो चरणको अनुसन्धानबाट सेवाग्राहीले ३५ हजारदेखि एक लाख रूपैयाँसम्म तिरेर लिएका लाइसेन्स सबै नक्कली भएको खुलेको हो। यो समाचार नागरिक दैनिकमा छ, सिआइबीले दोस्रो चरणको अनुसन्धान सिध्याएर सरकारी वकिल कार्यालय काठमाडौंमार्फत जिल्ला अदालत काठमाडौंमा दर्ता … Read more

अछाममा बेवारिसे शव फेला

अछामको बुढीगंगा नदीमा बेवारिसे शव फेला परेको छ। साँफेबगर नगरपालिका-७ मेलसैनस्थित बुढीगंगा नदीमा मंगलबार बिहान बेवारिसे शव फेला परेको प्रहरीले जनाएको हाे। नदी किनारमा फेला परेको शवको नाम थर र लिङ्गको समेत पहिचान हुन सकेको छैन।जिल्ला प्रहरी कार्यालय अछामका अनुसार शरीरका विभिन्न अङ्ग सडेका कारण उक्त शव पुरूष वा महिला कसको हो भन्ने समेत पहिचान … Read more

काठमाडौँ विश्वविद्यालयले क्यान्सर रोगको पहिचानका लागि प्रयोगशाला र अनुसन्धान सुरु गर्ने

काठमाडौँ,  काभ्रेपलाञ्चोकको धुलिखेलमा रहेको काठमाडौँ विश्वविद्यालय (केयु) ले क्यान्सर रोगको समयमा नै पहिचानका लागि प्रयोगशाला तथा क्यान्सर रोगको अनुसन्धान सुरु गर्ने भएको छ । विश्वविद्यालय परिसरमा रहेको नेपाल टेक्नोलोजी इनोभेसन सेन्टर (एनटिआइसी) को भवनमा क्यान्सर रोगको समयमै पहिचान, उपचार तथा अनुसन्धान केन्द्र स्थापना गर्ने योजना अघि बढाएको हो । विश्वविद्यालयले कोरिया अन्तर्राष्ट्रिय सहयोग एजेन्सी (कोइका) … Read more

खुल्यो पहिरोले अवरूद्ध बनेको अरनिको राजमार्ग

पहिरोले अवरूद्ध बनेको अरनिको राजमार्ग खुलेको छ। गएराति साढे ९ बजे काभ्रे पाँचखाल नगरपालिका-८ ५० किलो स्थित सडकमा पहिरो खसेको थियो। पहिरो खसेर अन्दाजी १२० मिटर देखि १५० मिटर सडक अवरूद्ध बनेको थियो। मंगलबार दिउँसो सवा २ बजे पहिरो पन्छ्याएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ। अहिले सडक दुबै तर्फ सञ्चालनमा आएको छ।  

दयाहाङ र मिरुनाले छैटौंपटक जोडी बाँधेको ‘घरज्वाइँ’को कथा के हो ?

मगर समुदायका यी दुई शब्द यतिबेला फिल्म ‘घरज्वाइँ’मा समावेश छन् । यी दुई शब्दबाट निर्देशक अनिल बुढा मगरले प्रमुख पात्रको नामाकरण गरेका छन् । दयाहाङ सोरोको चरित्रमा छन् ।मिरुना बिन्जुरीको रोलमा । पूर्वी रुकुमको तकसेरामा छायांकन गरिएको यो फिल्मले मगर समुदायमा घरज्वाइँ राख्ने परम्परालाई दर्शाउँछ । ‘आग्रे’ नामक डकुमेन्ट्री बनाएर चर्चामा आएका बुढाको यो पहिलो … Read more

काभा यू–२० महिला भलिबलको खेल तालिका सार्वजनिक, नेपालको पहिलो प्रतिद्धन्दी श्रीलंका

काठमाडौं। काभा यू–२० महिला भलिबल प्रतियोगिता २०२४ को खेल तालिका सार्वजनिक भएको छ।काभाले मंगलबार सार्वजनिक गरेको खेल तालिकाअनुसार प्रतियोगिता माल्दिभ्सको मालेमा १८ जुलाईं देखि २० जुलाईंसम्म हुनेछ। नेपालले आफ्नो पहिलो खेलमा १८ जुलाईंमा श्रीलंकाविरुद्ध खेल्ने छ। १९ जुलाईंमा नेपालले आफ्नो दोस्रो खेल कीर्गिस्तानसँग खेल्ने छ। अन्तिम खेलमा भने नेपाल र माल्दिभ्स जुलाई २० मा आमने … Read more

प्रहरीलाई थप्पड हान्ने वकिललाई कारबाही गर्न काठमाडौं अदालतका कर्मचारीको माग

काठमाडौं, काठमाडौं जिल्ला अदालतको गेटमा सुरक्षार्थ खटिएका प्रहरीमाथि हातपात गर्ने वकिललाई कडा कारबाही गर्न कर्मचारीले माग गरेका छन् । काठमाडौं जिल्ला अदालतका कर्मचारी र त्यहाँ सुरक्षार्थ खटिएका कर्मचारीले कारबाहीको लागि संयुक्त ध्यानाकर्षण गराएका हुन् । केही दिनअघि अधिवक्ता नानी थापा भन्ने लक्ष्मी थापाले प्रहरी जवानलाई थप्पड हानेको आरोप छ । कर्मचारीले सीसीटीभी फुटेज हेरेर दोषीमाथि कारबाही … Read more

भीड बढेपछि भरतपुर अस्पतालमा थपियो ओपिडी काउन्टर

भरतपुर,  भरतपुर अस्पतालमा पछिल्लो समय बिरामीको चाप बढ्दै जादा ओपिडी काउन्टर थप गरिएको छ । अस्पतालले ५ वटाबाट बढाएर ८ वटा ओपिडी काउन्टर बनाएको हो। अस्पतालका मेसु प्रा.डा कृष्णप्रसाद पौडेलले बिरामीको भिड भयो भन्ने गुनासोलाई मध्यनजर गर्दै ३ वटा काउन्टर थप गरिएको जानकारी दिनुभयो । ‘ बिहान ५ बजेनै टिकटलाई बिरामीहरू आएको देखिन्छ जुन आवश्यक … Read more