अध्यक्ष ओलीलाई सन्चो नभएपछि एमाले सचिवालय बैठक स्थगित

काठमाडौं, असार २५–नेकपा (एमाले)को सचिवालय बैठक स्थगित गरिएको छ । आज दिउँसो १ बजेका निम्ति बोलाइएको बैठक स्थगित गरिएको हो । उक्त बैठक बुधबार (भोलि) बिहान ११ बजे बस्ने एमाले केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीले जानकारी दिए । “आजका लागि तय भएको बैठक भोलि बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ,” उनले भने, “किन स्थगित … Read more

बाँकेबाट नाबालक छोरासहित हराएकी महिला भुटानमा बन्दी

बाँके। बाँकेको बैद्यनाथ गाउँपालिका–७ का गणेश ठकुरीकी श्रीमती तीन महिनाअघि माइत जान्छु भनेर चार वर्षीय छोरासहित घरबाट हिँडिन्। श्रीमती केही समयमै सम्पर्कविहीन भए पनि माइतमै होलिन् भनेर ठकुरी ढुक्कजस्तै थिए तर जति गर्दा पनि सम्पर्क नभएपछि रोजगारीका लागि भारतमा रहेका ठकुरी चार दिनमै नेपाल फर्केर सोधिखोजीमा लागे। यतिञ्जेलसम्म उनकी श्रीमती भुटानमा बेचिइसकेकी थिइन्। यसबारे जानकारी … Read more

देशभर बाढी, पहिरो, डुवान : हालसम्म ७८ जनाको मृत्यु, ९० जना घाइते, ४१ वटा पुल बगे

काठमाडौं ,अविरल वर्षाका कारण देशका विभिन्न भागमा बाढीपहिरोलगायत विपद्का घटनामा परेर हालसम्म ७८ जनाले ज्यान गुमाएका छन्। प्रहरी प्रधान कार्यालयका अनुसार गत जेठ २८ गतेदेखि हालसम्म देशका विभिन्न स्थानमा आएको बाढीपहिरामा परेर ७८ जनाको मृत्यु भएको हो । जेठ २८ देखि आज बिहानसम्म बाढीपहिरा परेर ९० जना घाइते र पाँचजना वेपत्ता भएका छन् । बाढीपहिरोका … Read more

नारायणी नदी किनारमा ३ वटा शव फेला

नवलपरासी पूर्व — गैंडाकोटस्थित  नारायणी नदीमा सडे गलेको अवस्थामा ३  वटा  शव फेला  परेको  छ ।  डीएसपी बेदबहादुर  पौडेलका  अनुसार  गैंडाकोट नगरपालिका-१ स्थित मजुवा सामुदायिक वन नजिक २  पुरुष र एक महिलाको  शव  मंगलबार  बिहान  फेला  परेको  हो । शव बाढीले बगाएर ल्याएको हो । शवको सरजमिन मुचुल्का गरिरहेको पौडेलले जानकारी दिए ।

पूर्वी क्षेत्रमा मनसुन सक्रिय, जनजीवन प्रभावित

काठमाण्डौ – कोशी प्रदेश लगायत देशका पूर्वी भागमा गएरातिदेखि ठूलो पानी परिरहेको छ । पूर्वी नेपालका भूभागमा मनसुनको न्यून चापीय रेखा सरदर र सरदर स्थानभन्दा माथि रहेकाले कोशी, मधेश, गण्डकी र बाग्मती प्रदेशका केही ठाउँमा मध्यमदेखि भारी वर्षा भएको छ । पश्चिम नेपालमा भने मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर सरेकाले हिजो दिउँसोदेखि नै … Read more

सुतिरहेका बेला एकै परिवारका ४ जनालाई पहिरोले बगायो

रुकुम,रुकुम पूर्वमा पहिरोमा परी एकजनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। सिस्ने गाउँपालिका–२ दल्लुगैरामा गएराति पहिरो जाँदा गोठमा सुतिरहेका वडा नं १ का कर्णबहादुर बुढाको परिवारका चारजनालाई बगाएकामा ११ वर्षीय सरगम बुढाको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक हरिप्रसाद भट्टराईले बालकका बुबा ४० वर्षीय बुढा, … Read more

कोशीमा माओवादीका मन्त्री हटाउँदै मुख्यमन्त्री कार्की

मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले केन्द्रमा सत्ता समीकरण परिवर्तन भएसँगै प्रदेशमा पनि मन्त्रिमण्डल फेरबदल हुने बताएका छन् । प्रदेश आन्तरिक मन्त्रालयमा आयोजित एक कार्यक्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दैे उनले मन्त्रिमण्डलमा फेरबदल भए पनि मन्त्रालयको सङ्ख्या भने नबढाउने स्पष्ट पारे । उनले नयाँ सत्ता समीकरणभन्दा बाहिरका पार्टीहरुले सरकार छोड्न नचाहेको समेत उल्लेख गरे । उनले … Read more

पाल्पामा एक महिला मृत फेला

काठमाडौं । पाल्पाको माथागढी गाउँपालिका–५ स्थित झुम्सा खोलामा एक महिला मृत फेला परेकी छन् । सोही वडाको गणबास भन्ने स्थानमा बस्ने २८ वर्षीया खुमिसरा बाह्रघरे मृत फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी डिएसपी सुगन्ध श्रेष्ठले जानकारी दिए । उनी सोमबार बेलुकी साढे ७ बजे मृत फेला परेको र शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा … Read more

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । सोमबार तोलामा १ लाख ४५ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार घटेर तोलामा १ लाख ४४ हजार १०० रुपैयाँमा कारोबार भएको हो । यस्तै मंगलबार तेजाबी सुन तोलामा १ लाख ४३ हजार ४०० रुपैयाँमा कारोबार भएको छ । यसैबीच मंगलबार चाँदीको … Read more

स्वास्थ्यकर्मीले नै बोकेर पुर्‍याइदिए सुत्केरीलाई घर

प्युठान,प्युठानको ऐरावती गाउँपालिका-६, काल्नेकी जीवा विकलाई शनिबार साँझ पर्न लागेसँगै सुत्केरी व्यथाले च्याप्न थाल्यो । ३० वर्षकी जीवा माइती घरबाट छोरो र आमासहित शनिबार रातको ८ बजे करिब साढे दुई किलोमिटर टाढा मल्लरानी गाउँपालिका– ३, धरमपानीमा रहेको स्वास्थ्य चौकीमा पुगिन् । सोही दिन राति १० बजे जीवाले सामान्य अवस्थामा छोरीलाई जन्म दिइन् । सुत्केरी भएको … Read more