विराटनगरमा एक युवकको हत्या, २ जना घाइते

विराटनगर । विराटनगरमा एकजना युवकको हत्या भएको छ । दुई जना गम्भीर घाइते भएका छन् । मृतक र घाइतेको शरीरमा धारिलो हतियार प्रहार भएको छ ।जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक (एसपी) नवराज कार्कीका अनुसार सोमबार राति करिब १० बजे विराटनगर महानगरपालिका-२ स्थित नेपाल टेलिकमनजिक तीन जना युवक गम्भीर अवस्थामा भेटिएका थिए । घाइतेमध्ये कटहरी … Read more

मुकुल ढकाललाई आज पार्टीबाट निकाल्दै रास्वपा !

काठमाडौं, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ। बैठक केहीबेरमा पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा शुरु हुने पार्टीका कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए। उनका अनुसार बैठकमा निलम्बित महामन्त्री डा मुकुल ढकालका विषयमा अनुशासन समितिले बुझाएको प्रतिवेदनमाथि छलफल हुनेछ। अनुशासन समितिले डा ढकालमाथि अनुशासनात्मक कारबाहीको प्रतिवेदन पार्टी सभापति रवि लामिछानेलाई बुझाइसकेको छ। बैठकमा सभापति लामिछानेले … Read more

भरतपुर मोटरसाइकल दुर्घटना अपडेट : चालक तामाङको उपचारका क्रममा मृत्यु

चितवन, भरतपुर महानगरपालिका–४ त्रिचोकस्थित भित्रि सडकखण्डमा हिजो भएको मोटरसाइकल दुर्घटनामा परी गम्भिर घाइते भएका चालकको उपचारको क्रममा मृत्यु भएको छ ।मोटरसाइकल चालक भरतपुर–७ नारायणपुर चोक बस्ने ३५ वर्षीय मनोज तामाङको चितवन मेडिकल कलेजमा उपचारको क्रममा हिजो दिउँसो ४ः२२ बजे मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । हिजो दिउँसो ३ः१५ बजेको समयमा पिपलचोकबाट त्रिचोकतर्फ आउँदै गरेको ना … Read more

कक्षाकोठामा पानीको भल पसेपछि पढाइमा समस्या

सिमकोट – सिमकोट गाउँपालिका– ५ को बालमन्दिर माध्यमिक विद्यालयको कक्षाकोठामा पानीको भल पसेपछि पढाइमा समस्या भएको छ। पाँच दिनदेखि लगातार परेको अविरल वर्षाका कारण उक्त विद्यालयका चार वटा कक्षाकोठामा भल पसेपछि पढाइमा समस्या भएको हो। उक्त विद्यालयका प्रधानाध्यापक कैलाश रोकायाले माटो र ढुंगाको गाह्रो भएका कक्षाकोठा भएको कारण भवनको पछाडिपट्टीको भागबाट पानीको भल चार वटा … Read more

छोराको बिहेमा अम्बानीले दिए विनोद चौधरीलाई निम्तो

काठमाडौं । भारतीय अर्बपति मुकेश अम्बानीको कान्छा छोरा अनन्तको विवाह १२ जुलाईमा मुम्बईमा हुँदैछ ।तीन दिन लामो यो विवाहको दोस्रो दिन यही जुलाई १३ गते शुभ आशीर्वाद कार्यक्रमको आयोजना गरिएको छ, जसमा सबै पाहुनाले नवविवाहित जोडीलाई आशीर्वाद दिनेछन् । यसपछि जुलाई १४ मा रिसेप्शन हुनेछ, जसमा विश्वभरका भीभीआईपी अतिथिहरू सहभागी हुनेछन् । तीन दिनको यी … Read more

सेयर बजारमा सामान्य अंकको गिरावट,नेप्से र कारोबार घट्यो

काठमाडौं : आइतबार दोहोरो अंकले बढेको सेयर बजार आज एकल अंकले घटेर बन्द भएको छ। आइतबारको तुलनामा आज नेप्से र कारोबार रकम दुवै घटेको छ। नेप्से ४.६२ अंकले घटेको छ भने कारोबार रकम ४ अर्बमा झरेको छ। अघिल्लो दिन नेप्से परिसूचक २१.२७ अंकले बढेर २१४०.९७ विन्दुमा पुगेको थियो। सो दिन ६ अर्ब २९ लाख ३१ हजार मूल्य … Read more

रूसद्वारा युक्रेनी बाल अस्पतालमा आक्रमण, २० जनाको मृत्यु

किएभ (युक्रेन),  रूसी क्षेप्यास्त्र युक्रेनको राजधानीस्थित एक बाल अस्पतालमा ठोक्किएको छ । उक्त आक्रमणबाट कम्तीमा २० जनाको मृत्यु भएको छ ।त्यसैगरी मध्य युक्रेनी शहर क्राइभी रिहमा भएको आक्रमणमा १० जनाको मृत्यु भएको र ३१ जना घाइते भएको नगर प्रशासनका प्रमुख ओलेक्ज्यान्डर विल्कुलले बताउनुभयो । केही महिनायता किएभमा भएको यो सबैभन्दा ठुलो बमबारी थियो । युक्रेनी … Read more

राजमार्गमा खाल्डैखाल्डा, यात्रा जोखिमपूर्ण

गण्डकी, निरन्तर वर्षाले पर्यटकीय राजधानी पोखरा जोड्ने मुख्य राजमार्गको यात्रा जोखिमपूर्ण बनेको छ । ठाउँपिच्छे खाल्डाखुल्डी र हिलाम्मे सडकका कारण यात्रु र सवारीचालकले सास्ती खेप्नुपरिरहेको छ । स्तरोन्नतिको चरणमा रहेका पोखरा–मुग्लिन र हरिचोक–याम्दी सडक समयमै नबन्दा वर्षात्मा हिलो र हिउँदमा धुलो छिचोल्दै यात्रा गर्नुपर्ने बाध्यता छ । पृथ्वी राजमार्गअन्तर्गत पोखरा महानगरपालिका–२९ भण्डारढिक, तालचोक, विजयपुर हुँदै … Read more

एक अर्बको लगानीमा चितवनको लङ्कालाइनमा ‘रिसोर्ट’ सञ्चालन

चितवन । कालिका नगरपालिका–१ स्थित लङ्कालाइनमा रु एक अर्बभन्दा माथिको लगानीमा ‘रिसोर्ट’ सञ्चालनमा ल्याइएको छ । हिमाल, पहाड र तराइको रहनसहनअनुसारका परिकार पस्किने र संस्कृतिलाई जीवन्त झल्काउने गरी पर्यटन व्यवसायी लाक्पा ढुण्डुप लामाका अगुवाइमा हालै रिसोर्ट सञ्चालनमा आएको हो । व्यवसायी लामाले गोरखाको विकट चुमनुब्री गाउँपालिकाको नामरुङमा पनि रिसोर्ट सञ्चालन गर्दै आउनुभएको छ । जहाँ … Read more

कालीगण्डकी करिडोर तीन दिनदेखि बन्द

गलकोट (बागलुङ), लगातार वर्षाका कारण पहिरो खस्दा कालीगण्डकी करिडोरको बागलुङ खण्ड तीन दिनदेखि बन्द भएको छ ।करिडोरको चार ठाउँमा पहिरो खसेकाले अहिलेसम्म यातायातका साधन सञ्चालन हुन सकेका छैनन् । शनिबार बिहानैदेखि उक्त सडकखण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विजय यादवले जानकारी दिनुभयो । करिडोरअन्तर्गत बागलुङ नगरपालिका–१० स्थित दब्ल्याङमा ट्र्याक नै बगेकाले सडक खुल्न … Read more