बागमती र कोइली नदीको बाढी ‘डेन्जर’ तहमा, भोलीसम्म सतर्क रहन विभागको आग्रह

काठमाडौँ  गएरातिदेखि देशका विभिन्न भागमा भइरहेको अत्यधिक मनसुनी वर्षाका कारण ठुला तथा सहायक नदी, खोला र खहरेहरूमा बाढीको मात्रा बढेको छ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान शाखाका अनुसार रुपन्देहीको कोइली नदी र काठमाडौँको बागमतीले नदी किनार नाघ्ने गरी भीषण बाढी बढेको छ । विभागले यी दुई नदीले खतराको तहभन्दा पनि बढी तह … Read more

गुल्मीमा पहिरामा पुरिएकी महिलाको जीवितै उद्धार

गुल्मी,  जिल्लाको रुरुक्षेत्र गाउँपालिका ३ स्थित थोर्गाको ठाँटीमा पहिरोमा पुरिएकी  महिलालाई जीबितै उद्धार गरिएको छ । घर माथिबाट अचानक पहिरो जाँदा पुरिएकी रुरुक्षेत्र-३ की उजेली विकलाई तत्कालै जीवितै उद्धार गरिएको रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले जानकारी दिनुभयो । उहाँले घाइते विकलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र रिडी लागिएको बताउनुभयो । रासस 

कुवेत लैजाने भन्दै भारत पुर्‍याइएका ६ महिलाको उद्धार

भैरहवा,  रुपन्देही प्रशासनले भारतबाट उद्धार गरिएका ६ जना महिलालाई आफन्तको जिम्मा लगाएको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा आफन्तलाई बोलाएर उद्धार गरिएका महिलाहरुलाई जिम्मा लगाइएको हो ।प्रमुख जिल्ला अधिकारी गाणेश अर्याल, सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्याल, रुपन्देही प्रहरी प्रमुख एसपी रञ्जितसिंह राठौर, सशस्त्र प्रहरी बल नम्बर २७ गण, रुपन्देही प्रमुख एसपी आनन्द थापालगायतको उपस्थितिमा … Read more

दोलखामा बाढीले तीन घर बगायो, एकजना बेपत्ता

दोलखा । दोलखाको गौरीशङ्कर गाउँपालिका–९ स्थित डोडाङमा अविरल वर्षापछि आएको बाढीमा परेर सोही स्थानका एकजना बेपत्ता भएका छन् भने तीन वटा घर बगेका छन् । शुक्रबार राति रोल्वालिङ खोलाको बाढीले रोल्वालिङ पदमार्ग डोडाङमा होटल सञ्चालन गर्दै आएकी ६४ वर्षीया जाङ्मु शेर्पा सम्पर्कविहीन भएकी गौरीशङ्कर–९ का वडाध्यक्ष निमा गेली शेर्पाले बताए ।वडाध्यक्ष शेर्पाका अनुसार बाढीबाट भएको … Read more

ओली निवासमा खटिएका सशस्त्र प्रहरी थापाको मृत्यु

काठमाडौं – नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको निवासमा सुरक्षा प्रमुखका रूपमा खटिएका सशस्त्र प्रहरी निरीक्षकको मृत्यु भएको छ। जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता राजन कार्कीका अनुसार बालकोटस्थित ओली निवासमा खटिएका सशस्त्र प्रहरीका इन्स्पेक्टर ४३ वर्षीय उमेश थापाको गएराति मृत्यु भएको हो। ‘शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पठाएका छौँ,’ कार्कीले भने, ‘मृत्युको यकिन … Read more

याे साता प्रतितोला २६ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौँ । यो साता सुनको मूल्य ह्वात्तै बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघले गत साताको तुलनामा यो साताको शुक्रबार सुनको मूल्य तोलामा २ हजार ६०० रुपैयाँ बढेर कारोबार सुरु भएको जानकारी दिएको हो । गत साता शुक्रबार सुनको मूल्य तोलामा १ लाख ४१ हजार ८०० रुपैयाँ कायम भएको थियो । यस्तै तेजाबी … Read more

स्राेत नखुलेको भारतीय रुपैयाँ र चरेशसहित तीन जना पक्राउ

काठमाडौं सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म मटिअर्वाले २ लाख ५ हजार ६ सय भारतीय रुपैयाँसहित भारत घर बताउने अन्दाजी ३६ वर्षीय सत्येन्द्र कुमारलाई नियन्त्रणमा लिएको छ । बिआर २८ एडी ९२५८ नम्बरको मोटरसाईकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका उनको साथमा भारतीय नोट फेला परेको हो । त्यस्तै असार १८ गते सोही गुल्मले करीव १० … Read more

उपत्यकाका नदीमा बहाव बढेपछि करिडोरमा प्रहरी गस्ती

काठमाडौँ, अविरल वर्षाका कारण उपत्यकाका खोला नदीमा जलसतह बढेपछि सुरक्षा निकाय सतर्कतामा छन् । काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले उपत्यकाका करिडोर क्षेत्रमा सम्भावित जोखिम रोक्न प्रहरीको गस्ती थालिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बाढीले नदीका तटीय क्षेत्रका बासिन्दालाई पर्नसक्ने असर र जोखिमलाई मध्यनजर गरेर सबै करिडोरमा गस्ती थालिएको छ ।” … Read more

पहिरोले अवरुद्ध हेटौँडा–काठमाडौँ– दक्षिणकाली सडक खुल्यो

हेटौंडा । अविरल वर्षाका कारण पहिरो खस्दा अवरुद्ध बनेको हेटौँडा–काठमाडौँ जोड्ने मकवानपुरको इन्द्रसरोबर गाउँपालिका–२ छेपारेस्थित दक्षिणकाली सडक खण्डमा यातायात खुलेको छ । वर्षासँगै खसेको पहिरो हटाएपछि पछि सडकमा यातायात पुनःसञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रबक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । पहिरो खस्दा गएरातीदेखि सो सडक अवरुद्ध भएको थियो । शुक्रबारदेखिको अविरल … Read more

नारायणी नदीमा आएको बाढीले देवघाटमा नाघ्यो चेतावनी तह

चितवन । नारायणी नदीमा आएको बाढीले देवघाटमा चेतावनी तह नाघेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार देवघाट जलसतह मापन केन्द्रमा नारायणीले चेतावनीको तह नाघेको हो । यहाँ जलसतह ७.३४ मिटर पुगेको छ । ७.३ मिटरदेखि ९ मिटरसम्मको जलसतहलाई चेतावनीको तह मानिन्छ । ९ मिटर भन्दा माथि पुगे खतराको तह मानिन्छ ।  नारायणी नदीको … Read more