लगातार तेस्रो दिन सुनको मूल्य स्थिर, चाँदीको कति ?

काठमाडौँ । नेपाली बजारमा लगातार तेस्रो दिनपनि सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले असार ३ देखि सुनको मूल्य स्थिर रहेको जानकारी दिएको हो । जसअनुसार बुधबार छापावाल सुन तोलामा १ लाख ४२ हजार २०० रुपैयाँमा कारोबार भएको छ । सोही मूल्यमा सोमबार र मंगलबार पनि कायम भएकोमा आइतबार भने सुनको मूल्य … Read more

ट्रक चालक हत्या प्रकरण : फरार अटो चालक पनि पक्राउ, समातिनेको संख्या ५ पुग्यो

बैतडीको पाटन नगरपालिका–६ का ट्रक चालक ४६ वर्षीय वीरभानसिंह विष्टको हत्यामा संलग्न आरोपमा थप एक जना पक्राउ परेका छन्। घटनापछि फरार अटो चालक पाटन नगरपालिका-१ का आशिष पहरीलाई प्रहरीले बुधबार बिहान पक्राउ गरेको हो जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक भुपाल थापाका अनुसार पाटन नगरपालिका–७ स्थित जंगलबाट प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। यसअघि डडेल्धुराबाट पक्राउ … Read more

अभिनेता सुनील शेट्टी जसले पहिलो फिल्म रिलिज अघि नै ४० वटा फिल्ममा साइन गरे

काठमाडौं । बलिउड अभिनेता सुनील शेट्टी बलिउडको उत्कृष्ट एक्सन हिरोमा पर्छन्। उनले सन् ९० को दशकको सुरुवातमा फिल्म ‘बलवान’बाट आफ्नो करियर सुरु गरेका थिए। हालैमात्र एक अन्तरवार्तामा सुनीलले पहिलो फिल्म रिलिज हुनुअघि आफूले ४० फिल्म साइन गरेको खुलासा गरेका छन्। भारतीय सिंह र हर्ष लिंबाचियाको पोडकास्टमा सुनीलले यो कुराको खुलासा गरेका हुन्। ‘११ या १२ … Read more

अछाममा छाउगोठमा किशोरी बलात्कृत, एक जना पक्राउ

अछाममा छाउगोठमा एकजना किशोरी बलाकृत भएको घटना बाहिर आएको छ। जिल्लाको पञ्चदेवल विनायक नगरपालिकाकी एक किशोरी छाउगोठमा बलाकृत भएकी हुन्। पञ्चदेवल विनायक नगरपालिकामा मामाघरमा बस्दै आएकी १६ वर्षीया किशोरी छाउगोठमा मंगलबार बिहान अचेत अवस्थामा भेटिएकी हुन्। घटनाबारे जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोली र पञ्चदेवल विनायक नगरपालिकाका नगरप्रमुख अम्बिका चलाउने लगायतले पिडित किशोरीलाई … Read more

संसद भवनमा आफैलाई गोली हानेका सुरक्षाकर्मीको मृत्यु

बानेश्वरस्थित संघीय संसद् सचिवालयमा आफैलाई गोली हानेका प्रहरी जवान अजित गोलेको मृत्यु भएको छ। उनले बुधबार बिहान ८ बजे संसद् भवनको शौचालयमा आफैलाई गोली हानेका थिए। निज सुरक्षाकर्मीको मृत्यु भएको संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए। घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ।

आज देशका यी स्थानमा मेघ गर्जन र चट्याङ्गसहित वर्षा

काठमाडौं : आज कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही तथा मधेश प्रदेश लगायत बाँकी भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। आज राति … Read more

भाइको इन्गेजमेन्टमा कंगनाले दिइन् करोडौंको घर

एजेन्सी । कंगना रनौत फिल्मले भन्दा अन्य विषयले नै चर्चामा आइरहन्छिन् । अहिले फेरि उनी एउटा उपहार दिएर चर्चामा आएकी छन् । उनले आफ्ना काकाका छोरालाई आलिशान घर उपहार स्वरुप दिएकी छन् । उनले यसरी उपहार दिएको विषय बलिउडमा चर्चामा छ । कंगनाका काकाका छोरा वरुण रनौतको हालै इन्गेजमेन्ट भएको छ । जहाँ अभिनेत्री कंगना … Read more

नेपालका कप्तान र बङ्ग्लादेशका बलरबीच के भएकाे थियाे ?

काठमाण्डाै – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले बङ्ग्लादेशका बलर तन्जिम हसन सकिबसँग भएको नोकझोकबारे प्रष्टीकरण दिएका छन् । खेलपछिको पत्रकार सम्मेलनमा कप्तान रोहितले तन्जिमसँग खासै त्यस्तो केही नभएको बताएका छन् । ‘तन्जिम आएर आफ्नो बलमा रन जोड्न भने र मैले जाऊ बलिङ गर भने । अरू त्यस्तो केही भएको होइन’, रोहितले भने । … Read more

बालबालिका खोजतलास कार्य अझै तीव्र बनाउन मन्त्री चौधरीको निर्देशन

जनकपुर / महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले बालबालिकाको खोजतलास कार्यलाई अझ तीव्र बनाउन निर्देशन दिएकी छिन् । राष्ट्रिय बालअधिकार परिषद्ले बालबालिका खोजतलास (१०४) का सम्बन्धमा मधेश प्रदेशका सुरक्षा निकायका प्रतिनिधिहरूका निम्ति आयोजना गरेको गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री चौधरीले त्यस्तो निर्देशन दिएकी हुन् । ‘मुख्य विषय हराएका बालबालिकाको खोजी गर्नु नै हो । थुप्रै … Read more

चीनलाई नेटो प्रमुखको चेतावनी : रसियालाई सघाइरहे त्यसको परिणाम भोग्नुपर्नेछ

वासिंटन । उत्तर एटलान्टिक सन्धि संगठन (नेटो)का प्रमुख जेन्स स्टोल्नेनवर्गले युक्रेनमाथिको आक्रमणमा रसियालाई सहयोग गरिरहे चीनले त्यसको परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन् । चीनले रसियाको युद्धको प्रयासलाई सघाउने र युरोपेलीसँग पनि सम्बन्ध विस्तार गर्ने दुवै खालका काम एक साथ गरिरहेको समेत उनले आरोप लगाएका छन् । ‘यो लामो समयसम्म चल्न सक्दैन’ स्टोटेनवर्गले बीबीसीसँग वासिंटन भ्रमणका … Read more