किसानहरूलाई कृषि उपकरण हस्तान्तरण

नुवाकोट : नुवाकोटको वुधसिंहघाटका किसानहरूलाई कृषि उपकरण हस्तान्तरण गरिएको छ। विदुर नगरपालिकाले सहकारीमार्फत किसानहरूका लागि आधुनिक कृषि उपकरण हस्तान्तरण गरेको हो।चालु आर्थिक वर्षमा सञ्चालित धानबाली प्रवर्द्धन कार्यक्रम अन्तर्गत नगरपालिकाले विदुर-३ स्थित वुधसिंघाट कृषि सहकारी संस्थालाई अनुदानमा चार प्रकारका कृषि यन्त्र तथा उपकरण तथा प्रविधि प्रदान गरेको हो। मेयर राजन श्रेष्ठले सहकारीका अध्यक्ष सन्जय राई तथा … Read more

प्रहरीले ८९ ग्राम सुनसहित भारतीय नागरिकलाई समात्यो

काठमाडौं- प्रहरीले अवैध रूपमा लुकाएर ल्याएको करिब ८९ ग्रामको सुनसहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । ८९ ग्राम तौल भएको धातुको ब्रासलेट १ थान र सिक्री १ थानसहित भारतीय नागरिक ४३ वर्षीय नितिन महेश्‍वरीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।थाई लायन एयरको उडानबाट बैंकक हुँदै काठमाडौं आएका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल … Read more

धितोपत्र बोर्ड अध्यक्ष छनोट प्रक्रिया नै रद्द हुने सम्भावना

२ असार, काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि सर्टलिस्टमा परेका उम्मेदवारमध्ये आइतबारको अन्तर्वार्तामा दुईजना मात्रै उपस्थित भएका छन् । अध्यक्ष नियुक्तिका लागि गठित सिफारिस समितिले सर्टलिस्टमा परेका ५ जनालाई आइतबार कार्ययोजना प्रस्तुत गर्न तथा अन्तरवार्ताका लागि बोलाइएको थियो । दिउँसो १२ : ४५ भित्र उपस्थित हुनुपर्नेमा २ जना मात्रै उपस्थिति भए, बाँकी ३ … Read more

गण्डकीका एमाले सांसदलाई स्पष्टीकरण सोधियो

काठमाडौं । गण्डकीका एमाले सांसद गणेशमान गुरुङलाई पार्टीले स्प्रष्टीकरण सोधेको छ । प्रदेश सभामा पार्टीको ह्वीप उल्लंघन गरेको भन्दै गुरुङलाई प्रष्टीकरण सोधिएको हो । उनले ३ दिनभित्र जवाफ दिन भनिएको छ । एमाले गण्डकी संसदीय दलले शुक्रबार प्रदेश सरकारको नीति तथा कार्यक्रममा विपक्षमा उभिन ह्विप जारी गरेको थियो । तर, सांसद गुरुङ बैठकमा सहभागी भएका … Read more

एनजीओका कर्मचारी खाजासहित उपस्थित भएपछि राज्य व्यवस्था समितिको बैठक स्थगित

२ असार, काठमाडौं । गैरसरकारी संस्था (एनजीओ)का कर्मचारी खाजासहित उपस्थित भएपछि प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक स्थगित भएको छ । समितिका सदस्य हृदयराम थानीका अनुसार बिहान ८ बजे बोलाइएको बैठकमा उनी केही मिनेट ढिला पुगेका थिए । ‘म चार मिनेट जति ढिलो पुगेको थिएँ । जाँदा टेबुलमा काँटा चम्चा देखेँ । के … Read more

चितवन निकुञ्ज कार्यालय नजिकैको वनमा बिनाअनुमति धमाधम काटियो सयौं रूख

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा रहेको घैलाघारी सामुदायिक वनले बिनाअनुमति सयौं रूखहरू काटेर बिक्री गरेको छ। वनमा रहेका सिसौ र भेल्लरको रूख काटेर धमाधम काठ र दाउरा बिक्री गरिएको हो। यो वन चितवन निकुञ्जको मुख्य कार्यालय कसराबाट नजिकै छ। सामुदायिक वनले काठ दाउरा काट्न मध्यवर्ती उपभोक्ता समितिको सिफारिसको आधारमा राष्ट्रिय निकुञ्जबाट अनुमति लिनुपर्छ। निकुञ्ज कार्यालयले … Read more

धनुषामा बेपत्ता भएकी रुबीको श्रीमानले हत्या गरेको पुष्टि

२ असार, जनकपुरधाम । धनुषाको महेन्द्रनगरबाट जेठ २६ गतेदेखि बेपत्ता भएकी महिलाको शव फेला परेको छ ।धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-५ सखुवा महेन्द्रनगरकी २८ वर्षीया रुबी यादवको शव शनिबार राति मिथिला नगरपालिका-६ औरहीस्थित सामुदायिक वनको खोल्सामा फेला परेको हो ।रुबीको हत्या श्रीमान् राजु यादवले गरेको पुष्टि भएको छ । श्रीमतीलाई बेपत्ता पारेको शङ्कामा राजुलाई इलाका प्रहरी कार्यालय … Read more

पुल बनाउन खनेको खाल्डोमा खसेका बालक मृत भेटिए

पुल बनाउन खनेको खाल्डोमा खसेका बालक मृत भेटिएका छन् । कास्कीको पोखरा महानगरपालिका–३३ बरपौवास्थित सुरौदी खोलामा पुल बनाउन खनेको खाल्डोमा खसेका ९ वर्षिय गणेश विक मृत अवस्थामा भेटिएका हुन् । सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीबाट खटिएको गोताखोरसहितको टोलीले विकको शव निकालेको हो । उनी शनिबार साँझ ५ बजे पुल बनाउन खनेको … Read more

सहकारी छानबिन विशेष समितिको बैठक बस्दै

२ असार, काठमाडौं । सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समितिको बैठक बस्दैछ । बैठक नयाँ बानेश्वरस्थित संसद भवनमा दिउँसो एक बजे बस्न लागेको हो । समितिका सचिव बबिता मिश्रका अनुसार आजको बैठकमा समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलका सदस्यहरुसँग छलफल हुनेछ । संसदीय छानबिन विशेष समिति बन्नु अगाडि समितिको कार्यादेश टुंगो लगाउन कार्यदलमा … Read more

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

आज स्थानीय बजारमा सुनको मूल्य तोलामा १६ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले गत शुक्रबारको तुलनामा आज सुनको मूल्य बढेको जानकारी दिएको हो । महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ४२ हजार ८०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ४२ हजार १०० रुपैयाँ छ । गत साताको … Read more