काठमाडौं उपत्यकामा रातिसम्म वर्षाको सम्भावना

काठमाडौं उपत्यकाको तापक्रम शुक्रबारको तुलनामा आज केही घटेको छ । आज साँझदेखि केही शीतल हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका मौसमविद् सरोज पुडासैनीले आज साँझदेखि काठमाडौं उपत्यकामा मनसुनको सामान्य प्रभाव महसुस हुने जानकारी दिए । आज अपरान्ह र राति यहाँ मेघगर्जनसहित हल्का वर्षा हुने सम्भावना रहेको उनको भनाइ छ । मनसुन पूर्वबाट क्रमशः पश्चिमतर्फ … Read more

उद्यमशील मायादेवीको लोभलाग्दो जैविक तरकारी खेती

भोजपुुरको टेम्केमैयुुङ गाउँपालिका–४ नागी घोरालुङ चारघरेकी उद्यमशील एकल महिला मायादेवी राई व्यावसायिक तरकारी खेतीमा लागेर उदाहरणीय बन्नुभएको छ ।  विगत दुई वर्षअघिबाट व्यावसायिक तरकारी खेतीमा लाग्नुभएकी उहाँले दुई रोपनी क्षेत्रफलमा व्यावसायिक रुपमा तरकारी खेती गरिरहनुभएको छ । उहाँ पशुपन्छी तथा मत्स्यपालन फार्म नै दर्ता गरेर व्यावसायिक तरकारी खेतीमा जुट्नुभएको हो । उहाँले भन्नुभयो, “गाउँमा नै … Read more

बागलुङमा बने दुई वर्षमा ४१ झोलुङ्‌गे पुल

ढोरपाटन (बागलुङ)– बागलुङमा पछिल्लो दुई वर्षमा ४१ वटा झोलुङ्गे पुल निर्माण भएका छन् । आर्थिक वर्ष २०७९/८० मा २५ र चालु आर्थिक वर्षमा १६ वटा झोलुङ्गे निर्माण भएका हुन् । झोलुङ्गे पुल निर्माणपछि जोखिम मोलेर यात्रा गर्ने हजारौँ स्थानीय लाभान्वित भएका छन् । जिल्लाका १० पालिकामा प्रदेश र स्थानीय तहको लगानीमा झोलुङ्गे पुल निर्माण भएका … Read more

बसको ठक्करबाट कुमालको मृत्यु

सुलीकोट, असार १ गते । बसले ठक्कर दिएका गोरखा नगरपालिका – १० स्थित छेपेटारका स्थायि घर भएका ४५ वर्षीय रामकृष्ण कुमालको उपचारको क्रममा शुक्रवार साँढे २ बजे अस्पतालमा मृत्यु भएको छ । गत जेठ २६ गते बिहान ९ बजे पृथ्बीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका – ६ को अकला मन्दिर नजिकै पोखराबाट काठमाडौँ तर्फ जाँदै गरेको जी … Read more

कैलालीको सेती प्रादेशिक अस्पतालको काउन्टरमा एक जना मृत फेला

कैलालीको सेती प्रादेशिक अस्पतालको काउन्टरमा एक जना मृत अवस्थामा फेला परेका छन् । अस्पतालको टिकट काउन्टरको अगाडि बेन्चमा सुतेको अवस्थामा नाम/थर नखुलेको अन्दाजी ४४ वर्षीय पुरुष शक्रवार मृत अवस्थामा फेला परेका हुन् । यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।  

जावलाखेलमा बेहोस अवस्थामा भेटिएका श्रीमान्-श्रीमतीको मृत्यु

जावलाखेलमा अर्धबेहोस अवस्थामा भेटिएका एक दम्पतीको मृत्यु भएको छ । सिन्धुपाल्चोक घर भई ललितपुरको जावलाखेल बस्ने २५ वर्षीय उमेर सेन्चुरी र उनकी श्रीमति २५ वर्षकै रेणु सेन्चुरीको मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरू दुवै जना शुक्रबार राति साढे ८ बजे आफ्नै कोठामा अर्धबेहोस अवस्थामा फेला परेपछि प्रहरीले उपचारको लागि पाटन अस्पताल पुर्‍याएको थियो । … Read more

ताप्लेजुङमा तीन दिनमै बाढीले पाँच जनाको ज्यान गयो, २३ वटा वडा पहिरोको उच्च जोखिममा

ताप्लेजुङ। ताप्लेजुङ जिल्लामा मनसुन सुरु भएसँगै बाढीपहिरोको वितण्डा सुरु भएको छ। जेठ ३० गतेदेखि ३२ गतेसम्ममा जिल्लामा बाढी पहिरोमा परि पाँच जनाले ज्यान गुमाइ सकेका छन्। पहिरोले पुरिएर जेठ ३० गते जिल्लाको सिरिजंघा गाउँपालिका-७ खेबाङमा निर्माणाधीन काबेली तेस्रो जलविद्युत परियोजनामा कार्यरत एक युवकको मृत्यु भएको थियो। पाँचथरको फिदिम नगरपालिका-१४ लुङपा घर भएका २५ वर्षीय सविन … Read more

मौसमजन्य विपद् जोखिमसम्बन्धी पूर्वसूचना प्रवाह गर्ने सम्झौता

काठमाडौँ । नेपाल टेलिकम र जल तथा मौसम विज्ञान विभाग बिच जल तथा मौसमजन्य विपद् जोखिम सम्बन्धी पूर्व सूचना प्रवाह गर्ने सम्बन्धमा सम्झौता सम्पन्न भएको छ । नेपाल टेलिकमको केन्द्रीय कार्यालयमा यस सम्बन्धी भएको सम्झौता पत्रमा नेपाल टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) र जल तथा मौसम विज्ञान विभागको तर्फबाट महानिर्देशक डा. जगदिश्वर कर्माचार्यले … Read more

पानी ट्याङ्कीमा डुबेर ७० वर्षीया वृद्धाको मृत्यु

दाङको तुलसीपुरमा एक वृद्धा पानी ट्याङ्कीमा मृत  फेला परेकी छन्। तुलसीपुर उपमहानगरपालिका – ६ गोलौरा गाउँमा ७० वर्षीया शान्ता देवकोटा घर नजिकै पानी ट्याङ्कीमा मृत अवस्थामा फेला परेकी हुन्। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक प्रकाश थापाले शुक्रबार राति १० बजे देवकोटालाई घर नजिकको सिँचाइका लागि पानी जम्मा गरिएको ट्याङ्कीमा डुबेर मृत्यु भएको … Read more

पाल्पा अस्पतालमा छैन रेबिज विरुद्धको खोप

पाल्पा,  सरकारले निःशुल्क उपलब्ध गराउँदै आएको रेबिज विरुद्धको खोप पाल्पा अस्पतालमै छैन । खोप नहुँदा कुकुरले टोकेर जाने आर्थिक स्तर कम भएका बिरामीहरूले सास्ती खेप्नु परेको छ । जिल्ला अस्पतालमा रेबिज विरुद्धको खोप नभएपछि अन्यत्र लैजानुपर्ने बाध्यता बिरामीलाई छ । जसको कारण निःशुल्क पाइने सुई लाई हजारौँ रकम तिर्न बाध्य छन् । तानसेन नगरपालिका ११ … Read more