आज राष्ट्रिय सभाको बैठक बस्दै

संघीय संसदअन्तर्गत राष्ट्रिय सभाको बैठक आज बस्दैछ। सोमबार दिउँसो सवा १ बजे बैठक बस्ने संसद् सचिवालले जनाएको छ। बैठकमा सोनाम गेल्जेन शेर्पा प्रस्तावक र जगप्रसाद शर्मा, कृष्णबहादुर रोकाय, भगवती न्यौपाने, मदनकुमारी शाह, मोहम्मद खालिद, तुलप्रसाद विश्वकर्मा, र शेखरकुमार सिंह समर्थक भई सूचना दिएको सवारी दुर्घटना न्यूनीकरण गर्ने सम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल हुने कार्यसूची … Read more

विश्वकपका लागि सन्दीप वेस्ट इन्डिज पुगेपछि क्यानले निकाल्यो विज्ञप्ति

अमेरिकालले भिसा नदिएपछि अमेरिका र वेस्ट इन्डिजमा जारी विश्वकपमा सुरुवाती खेल गुमाएका नेपाली टिमका लेग स्पिनर सन्दीप लामिछाने वेस्ट इन्डिज पुगेका छन्। नेपालले समूह चरणअन्तर्गत अमेरिकामा दुईवटा र वेस्टइन्डिजमा दुईवटा खेल खेल्दै छ नेपालले वेस्ट इन्डिजमा बंगलादेश र दक्षिण अफ्रिकासँग खेल्ने छ। उक्त दुई खेलका लागि सन्दीप वेस्ट इन्डिज पुगिसकेका छन्। उनी तीन घन्टाअघि वेस्ट … Read more

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं। आज अमेरिकी डलर, युरो, पाउन्ड, दिनारसहित धेरैजसो विदेशी मुद्राहरुको मूल्य हिजोकै यथावत छ। अर्थात् शनिबार कारोबार भएको मूल्यमा आज पनि धेरै विदेशी मुद्राको कारोबार हुँदैछ। राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ १० पैसा र बिक्रीदर १३३ रुपैयाँ ७० पैसा निर्धारण भएको छ। हिजो पनि अमेरिकी डलर यही मूल्यमा … Read more

मौसमः कोसीमा बिहानैदेखि वर्षा, केही प्रदेशका पहाडी भू-भागमा दिउँसो पानी पर्ने

काठमाडौं,जेठ २८- देशका केही भू–भागमा आज वर्षा हुनेछ । केही स्थानमा बिहानैदेखि वर्षा सुरु भएको छ । कोसी प्रदेशका एकदुई स्थानमा बिहान हल्का वर्षा भइरहेको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा छ । कोसी प्रदेशलगायत पहाडी भू–भागमा आंशिक बदली छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशको पहाडी … Read more

२०८१ साल जेठ २८ गते सोमवार, आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) योजना कार्यान्वयनमा ढिलाइ गर्नाले आफैं पछि परिनेछ । राजनैतिक कार्यमा बाधा आउनेछ । सम्पत्ति हराउने र साँझमा खर्च बढ्न सक्छ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज विभिन्न अवसरले पछ्याउनेछन् । नजिकको मित्रसँग भेटघाट हुनेछ । पठनपाठनमा प्रगति हुनेछ, तर दिनको … Read more

क्यान अध्यक्ष चन्द टिम डाक्टर बनेर अमेरिका उडे, सचिव पारसले गुमराहमा पारेर पठाइएको आरोप !

नवौं संस्करणको टी-२० विश्वकप संयुक्त राज्य अमेरिका र वेस्ट इन्डिजमा जारी छ। यता, नेपाल क्रिकेट संघ (क्यान)को कार्यशैलीलाई लिएर विभिन्न विवादहरु भइरहेका छन्। उसो त क्यान र विवाद पर्यायजस्तै भइसकेका छन्। नेपाली राष्ट्रिय क्रिकेट टोली, टिम डाक्टर, टिम सेक्युरिटी म्यानेजरबिनै अमेरिका उडेको खुलासा भएको छ। टी-२० विश्वकपका लागि २५ सदस्यीय टोली हुनुपर्ने प्रावधान छ। टोलीमा … Read more

प्रधानमन्त्री दाहाल नयाँदिल्लीमा

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतका कार्यवाहक प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री पदको शपथग्रहण गर्ने समारोहमा सहभागी हुने सिलसिलामा आज अपराह्न भारतको राजधानी नयाँदिल्ली पुगेका छन् । प्रधानमन्त्री दाहाललाई नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय सरकारका विशेष प्रतिनिधिले स्वागत गरेको त्यहाँस्थित विदेश मन्त्रालयले जनाएको छ । तेस्रो कार्यकालका लागि भारतीय जनता पार्टीका नेता मोदीले आज साँझ भारतको … Read more

मोदीको शपथमा भाग लिन प्रचण्ड भारत प्रस्थान

मोदीको शपथमा भाग लिन प्रचण्ड भारत प्रस्थान (तस्विरमा) प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा आज (आइतवार) भारतको औपचारिक भ्रमणमा निस्किएका छन् । नयाँ दिल्लीमा हुन गइरहेको भारतका नननियुक्त प्रधानमन्त्री मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड आज दिउँसो त्यसतर्फ गएका हुन् । तस्विरः रासस

वीर अस्पतालमा ब्रेन ट्युमरका बिरामीको निःशुल्क शल्यक्रिया शुरु

काठमाण्डाै – वीर अस्पतालले आजदेखि ब्रेन ट्युमरका बिरामीको निःशुल्क शल्यक्रिया शुरु गरेको छ । अन्तर्राष्ट्रिय ब्रेन ट्युमर दिवसका अवसर पारेर ब्रेन ट्युमरको निःशुल्क शल्यक्रिया शुरु गरेको अस्पतालको राष्ट्रिय ब्रेन ट्युमर केन्द्रका अध्यक्ष प्रा. डा. राजीव झाले जानकारी दिनुभयो । उहाँका अनुसार आजदेखि असार १६ गतेसम्म अस्पतालमा आउने ब्रेन ट्युमरका बिरामीको निःशुल्क शल्यक्रिया गरिनेछ । बाहिरी … Read more

जातिय विभेद अझैं उस्तै छ – राष्ट्रिय सभा सदस्य सुनार

जातिय विभेद अझैं पनि व्यवहारमा उस्तै रहेको राष्ट्रिय सभा सदस्य भुवन बहादुर सुनारले बताएका छन् । जातीयताका आधारमा गरिने विभेदलाई नेपालको संविधानले नै दण्डनीय मानेको छ । राष्ट्रिय दलित पत्रकार संघ, नेपाल जिल्ला कार्यसमिति चितवनको आयोजनामा संघको केन्द्रीय पाँचौ स्थापना दिवसको अवसरमा स्थानीय सरकारमा दलित महिलाको उपस्थिति र यसको प्रभावकारिता विषयक अन्तरसंवाद कार्यक्रममा राष्ट्रिय सभा … Read more