माग बढी हुँदा फेरि बढ्यो अन्डाको मूल्य

भोलि मंगलबारदेखि लागु हुने गरी अन्डाको भाउ बढाइएको छ । भोलि मंगलबारदेखि लागु हुने गरी अन्डाको भाउ बढाउने निर्णय गरेको नेपाल लेयर्स कुखुरापालक संघले जनाएको छ । १३ मंसिरमा अन्डाको भाउ बढाएको संघले फेरि प्रतिक्रेट २० रुपैयाँ बढाएर नयाँ मूल्य सार्वजनिक गरेको छ । मूल्य बढेसँगै सबैभन्दा ठूलो अन्डाको भाउ प्रतिक्रेट ५ सय ८० रुपैयाँ … Read more

सुनको मूल्य आज ७०० ले बढ्यो

स्थानिय बजारमा सुनको मूल्य आज ७०० ले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य आज तोलाको दुई लाख ५२ हजार ९ सय रुपैयाँ कायम भएको छ। गएको बिहीबार, शुक्रबार र आइतबार लगातार घटेको सुनको मूल्य आज बढेको हो । बिहीबार आठसय त्यसैगरि शुक्रबार नौसय रुपैयाँ र आइतबार सुनको मूल्य प्रतितोला दुईसय रुपैयाँले  घटेको … Read more

अण्डा उत्पादन गरेर मासिक दुई लाख ५० आम्दानी

एघार वर्षअघि रोजगारीको सिलसिलामा मलेसिया पुगेका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ बन्साहका धर्मेन्द्र राना अहिले गाउँमै मेहनत गरेर मासिक रु एक लाख ५० लाख आम्दानी गरिरहेका छन् । सन् २०१४ मलेसिया पुगेका २६ वर्षीय उहाँ एक वर्षमै स्वदेश फर्किए । “एजेण्टले भने अनुसार तलब नदिएपछि वर्ष दिनमै घर फर्किए ।” रानाले भन्नुभयो, “मलेसियाबाट आएर भारतका विभिन्न ठाउँमा … Read more

एनपिएलः आज खेल नहुने , भोलि पहिलो क्वालिफायर खेल हुने

यहाँ जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज विश्राम दिन कुनै खेल हुने छैनन् । लिग चरणका खेल सकिएपछि मैदान व्यवस्थापनका लागि आज विश्राम राखिएको हो । प्रतियोगिता अन्तर्गत भोलि पहिलो क्वालिफायर खेल हुनेछ । त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा अपरान्ह ४ बजे हुने खेलमा सुदूरपश्चिम रोयल्स र विराटनगर किङस प्रतिस्पर्धा गर्नेछन् । … Read more

प्रतिनिधि सभा निर्वाचन ८७ दिन बाँकीः यस्ता छन् चुनाव चिह्न

निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि चुनाव चिह्न प्रदान गरेको छ । आयोगमा १२० राजनीतिक दलले प्रतिनिधि सभा सदस्य निर्वाचनमा भाग लिन आवेदन दिएका थिए । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार १०२ राजनीतिक दललाई एकल रुपमा चुनाव चिह्न प्रदान गरिएको छ । १२ राजनीतिक दलले संयुक्त रुपमा … Read more

सरकारले सार्वजनिक संस्थानमा गरेको करिब ४७ अर्ब लगानीको हिसाब गडबड

सार्वजनिक संस्थानमा गरिएको करिब रू ४७ अर्ब सरकारी लगानीको हिसाब नमिलेको देखिएको छ । अर्थ मन्त्रालय र सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार ऋण तथा शेयर लगानीको विवरण संस्थानका बहीखाताले लामो समयदेखि पुष्टि गर्न सकिएको छैन । राज्यको लगानी कता गयो भन्ने सम्बन्धमा दुई पक्षका कागज मिल्दैनन्, रकम कसरी तलमाथि भयो भन्ने जवाफ भेटिँदैन । सार्वजनिक … Read more

मिराज ढुंगानाले मागे प्रधानमन्त्री कार्कीको राजीनामा

जेनजी अभियन्ता मिराज ढुङ्गानाले प्रधानमन्त्री सुशीला कार्कीलाई जेनजी आन्दोलनको अपमान नगर्न आग्रह गरेका छन् । जेनजी अभियन्ता प्रकाश शर्मालाई रिहाइ गर्न माग गर्दै जिल्ला प्रहरी परिसर काठमाडौं पुगेका उनले यस्तो आग्रह गरेका हुन् । उनले निर्वाचनपछिको सरकारले देशको विकासका लागि ठोस काम गर्ने अपेक्षा आफूहरुले नगरेको पनि बताए । पुराना दलका नेताहरूको सरकारमा पुनः आगमन … Read more

काभ्रेपलाञ्चोकमा सुन्तला उत्पादन १० प्रतिशतले बढ्ने प्रक्षेपण

यसवर्ष काभ्रेपलाञ्चोकमा सुन्तला उत्पादनमा १० देखि १५ प्रतिशतसम्म बढ्नसक्ने प्रक्षेपण गरिएको छ । गत वर्ष भने बाढीपहिरोका कारण जिल्लाको सुन्तला उत्पादनमा करिब सात प्रतिशतले गिरावट भएको थियो । जिल्ला कृषि विकास कार्यालयले गत वर्षका गिरावटलाई उकास्दै केही प्रतिशत बढ्ने जनाएको हो । कार्यालयले सुन्तला पकेट क्षेत्रमा उत्पादनको लगत लिइरहेको कार्यालय प्रमुख कुलप्रसाद दवाडीले बताउनुभयो । … Read more

निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्नु सरकारको प्रमुख ध्येयः सञ्चारमन्त्री खरेल

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सुशासन मार्फत् भ्रष्टाचारको अन्त्य र निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न वर्तमान सरकारले उच्च प्राथमिकता दिएको बताउनुभएको छ । श्रीकृष्ण प्रणामी जिल्ला सेवा समिति ललितपुरद्वारा ललितपुरको इमाडोलस्थित कृष्णमन्दिरमा आजदेखि सुरु भएको ‘श्रीमत्तारतम’ सागर पाठपारायण सप्ताह ज्ञान महायज्ञ २०८२ को शुभारम्भका अवसरमा उहाँले आगामी निर्वाचनमा सही प्रतिनिधि छनौट गर्न आग्रह गर्नुभयो … Read more

एमाले महाधिवेशनको खुल्लासत्रमा सहभागी हुन अध्यक्ष ओलीको पत्र

नेपाल कम्युनिष्ट पार्टी (एमाले)को यही मङ्सिर २७ गतेदेखि सुरु हुने ११औँ राष्ट्रिय महाधिवेशनको उद्घाटनसत्रमा सहभागी हुन अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट पार्टीका सदस्यको घरघरमा पत्र पठाउन थालिएको छ । पार्टीको बागमती प्रदेशका इञ्चार्ज एवं महाधिवेशनका लागि गठित जनपरिचालन कमिटीका सचिव राजन भट्टराईले लोकतन्त्रका पक्षधर शक्ति एकजुट भएर जानुपर्ने आवश्यकता महसुस गराउने गरी अध्यक्ष ओलीका तर्फबाट … Read more