भारतमा आजदेखि आईपीएल शुरू हुँदै

काठमाडौं:  इण्डियन प्रिमियर लिग (आईपीएल)को १७औं संकरण आजदेखि शुरु हुदै छ। उद्घाटन खेलमा आज डिफेन्डिङ च्याम्पियन चेन्नई सुपरकिङ्स र रोयल च्यालेन्जर्स बैंगलोर भिड्दैछन्। चेन्नईमा हुने यो खेल नेपाली समय अनुसार राति सवा ८ बजेदेखि शुरू हुनेछ।​ चेन्नई आईपीएलकै सबैभन्दा सफल टिम मध्ये एक टिम हो। अहिलेसम्म चेन्नईले ५ आईपीएल उपाधि जितेको छ । रोयल च्यालेन्जर्स … Read more

२०८० साल चैत ९ गते शुक्रवार, आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज भाग्यले साथ दिनेछ । आज परोपकार तथा सहयोग आदिमा पनि भूमिका निर्वाह गर्न पाइनेछ । आफन्तजनहरू खुसी हुने समाचार दिन सकिन्छ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज शरीरमा कमजोरी अनुभूति हुनेछ । आकस्मिक खर्च बढ्नाले अर्थ अभाव देखापर्न … Read more

डढेलोमा परी घाइते नन्दरामको उपचारको क्रममा मृत्यु

जुम्ला:  कालिकोटको खाडाचक्र–५ ढाडगाउँस्थित नवदुर्गा सामुदायिक वनमा लागेको डढेलोमा परी घाइते भएका नन्दराम चौलागाईंको पनि मृत्यु भएको छ। गत चैत २ गते बाख्रा चराउन गएको बेला वनमा लागेको डढेलोमा परी घाइते भएका ५० वर्षीय चौलागाईंको सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। उनको ४ दिनदेखि आईसीयूमा राखेर उपचार हुँदै थियो। उपचारका लागि सबै … Read more

भरतपुरमा आजदेखि इण्डो–नेपाल टी-२० च्याम्पियनसीप क्रिकेट प्रतियोगिता

चितवनकाे भरतपुरमा आजदेखि इण्डो–नेपाल टी–२० च्याम्पियनसीप क्रिकेट प्रतियोगिता सुरु हुँदैछ । प्रतियोगिताको विजेताले पाउने ट्रफी हिजो पटिहानीस्थित सोल्टी वेस्टेन्ड रिसोर्टमा एक कार्यक्रमकाबीच अनावरण गरिएको थियो । प्रतियोगिता आयोजक चितवन जिल्ला क्रिकेट संघका अध्यक्ष सुदिप पिया र प्रतियोगिताको मुख्य माउण्टेन ड्युको नेपालका लागि वरुण वेभरेजका कन्ट्री हेड विशाल सिंह ठाकुरले ट्रफी अनावरण गरे । भरतपुरमा कूटनीतिक … Read more

२०८० साल चैत ८ गते बिहिवार, आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज जे काम गर्नुहुन्छ होसियारी पूर्वक गर्नुहोला । अनावश्यक काममा धन लगानी गर्नु पर्नेछ, सकेसम्म जोगिनु नै उचित हुनेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज धार्मिक र सांस्कृतिक सभा समारोहमा सरिक हुने सम्भावना छ । तर्क, विवाद र प्रतिस्पर्धामा … Read more

इच्छाकामना गाउँपालिकावासीलाई सिएमसीमा २० प्रतिशत छुट

चितवन । चितवन मेडिकल कलेज शिक्षण अस्पताल र चितवनकै इच्छाकामना गाउँपालिकाबीच अस्पतालका सेवामा छुट दिने सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार गाउँपालिकावासीलाई उपचारमा २० प्रतिशत छुट हुने भएको हो । गाउँपालिकाका चेपाङ समुदायलाई भने २५ प्रतिशत छुट दिने सहमति भएको छ । सम्झौतामा चितवन मेडिकल कलेजका प्रमुख प्रशासक प्रताप देवकोटा र गाउँपालिकाका अध्यक्ष दानबहादुर … Read more

इण्डो–नेपाल टी–२० च्याम्पियनसीप क्रिकेट भरतपुरमा भोलिदेखि हुँदै, सोल्टी होटेलमा गरियो ट्रफी अनावरण

चितवन । चितवनमा भोलि (बिहीबार)देखि इण्डो–नेपाल टी–२० च्याम्पियनसीप क्रिकेट प्रतियोगिता सुरु हुँदैछ । प्रतियोगिता सुरु हुनुअघि आज (बुधबार) प्रतियोगिताको विजेताले पाउने ट्रफी अनावरण गरिएको छ । पटिहानीस्थित सोल्टी वेस्टेन्ड रिसोर्टमा एक कार्यक्रमकाबीच आयोजक चितवन जिल्ला क्रिकेट संघका अध्यक्ष सुदिप पिया र प्रतियोगिताको मुख्य माउण्टेन ड्युको नेपालका लागि वरुण वेभरेजका कन्ट्री हेड विशाल सिंह ठाकुरले ट्रफी … Read more

सेवा प्रवाहमा तत्काल सुधार गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौं। उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले नागरिकमा व्यावहारिक अनुभूति गराउने गरी कानुनले प्रत्यायोजन गरेको अधिकारअनुसार काम गर्न गृहका कर्मचारीलाई निर्देशन दिएका छन्। सरुवा भई विभिन्न जिल्ला तथा निकायमा जान लागेका गृहका अधिकारीलाई आज सिंहदरबारमा आयोजित कार्यक्रममा निर्देशन दिँदै गृहमन्त्री लामिछानेले सरकारले जनतामा तत्काल आशा जगाउन सक्नुपर्ने भएकाले आफ्नो जिम्मेवारीको क्षेत्रमा गलत तत्वको सञ्जाल तोड्न पनि … Read more

चितवनमा भारतीय केरा, स्थानीय उत्पादनले बजार नपाउँदा किसान चिन्तित

चितवन – चितवनमा भारतीय केरा आयात हुँदा स्थानीय उत्पादनको बिक्रीमा समस्या भएको किसानले गुनासो गरेका छन् । बजारमा ल्याउने तयारी अवस्थाका स्थानीय केराले बजार नपाउँदा केरा उत्पादक किसानले चिन्ता व्यक्त गरेका हुन् । हाल जिल्लामा जी ९ केरा बजारमा ल्याउने तयारी भएको छ भने माल्बोगको पनि तयारी अवस्थामा छ । भरतपुर महानगरपालिका वडा नम्बर २३ … Read more

राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं। राष्ट्रियसभा बैठक बस्दैछ। संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ। बैठक बिहान ११ बजे बोलाइएको छ। आजको बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले कार्यब्यवस्था परामर्श समितिमा रहने सदस्यहरूको नाम मनोनयनका लागि प्रस्ताव गर्नेछन्। संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका सभापति सोनाम गेल्जेन शेर्पाले ‘राष्ट्रिय निकुञ्ज, बन्यजन्तु आरक्ष र मध्यबर्ती क्षेत्रमा मानव र बन्यजन्तु बीचको दन्दको … Read more