‘राम’ बन्न यस्तो तालिम लिँदैछन् रणवीर कपूर

बलिउड अभिनेता रणवीर कपूर ‘एनिमल’ फिल्मबाट धेरै चर्चा बटुलिरहेका छन्। उनले फिल्ममा एक्सन भूमिका गरेका थिए। यो फिल्मले बक्स अफिसमा धमाका मच्चाएको थियो। अब उनी एक्सन नभई शान्त पात्रको भूमिकामा देखिने छन्। उनी आगामी फिल्म ‘रामायण’ मा राम पात्रको भूमिकामा देखिदैछन्। उनले राम पात्रको भूमिकाको लागि निकै मेहेनत गरिरहेका छन्। उनले आफ्नो भूमिकाको अभ्यास गर्दै फिल्मका निर्देशक नितेश तिवारीलाई … Read more

२०८० साल माघ २६ गते शुक्रवार, आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज शुभ कार्य तथा सामाजिक क्षेत्रमा धन खर्च हुनसक्छ, तर प्राविधिक विषयमा बढी सफलता मिल्नेछ । सामाजिक क्षेत्रबाट मान मिल्नेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनसक्छ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । … Read more

मन्त्रीहरूलाई प्रधानमन्त्रीको निर्देशन- मुख्यमन्त्रीहरूको चासोलाई सम्बोधन गर्नुस्

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीयता कार्यान्वयनको सवालमा प्रदेश सरकारका मुख्यमन्त्रीहरूले व्यक्त गरेको भावना यथाशीघ्र सम्बोधन गर्न संघीय सरकारका मन्त्रीहरूलाई निर्देशन दिएका छन्। प्रधानमन्त्री दाहालको अध्यक्षतामा सिंहदरबारमा आज उनीसहित मन्त्रिपरिषद्का सदस्यहरुसँग सातै प्रदेशका मुख्यमन्त्रीको बैठक बसेको थियो । सो अवसरमा प्रधानमन्त्री दाहालले भने, “संघीयताको सुदृढ कार्यान्वयन हामी सबैको साझा जिम्मेवारी हो। यहाँहरूले मुख्यमन्त्रीको चिन्ता र … Read more

चितवनमा लागुऔषध सहित एक जना पक्राऊ

चितवन: चितवनमा लागुऔषध सहित एक जना पक्राउ परेका छन् । कालिका नगरपालिका वडा नम्बर ४ पिपरिया टोल पदमपुरका २६ बर्षिय सोनु महतो पक्राऊ परेका हुन् । उनको साथबाट प्रतिवन्धित आगूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ चार दमलव ८७ ग्राम र एक सय ७२ ग्राम गाँजा र निटरभेन्ट २४ ट्यावलेट बरामद भएको चितवन प्रहरीले जानकारी … Read more

भरतपुर महानगर र माडी नगरपालिका बीच भगिनी सम्बन्ध कायम

भरतपुर । चितवनका दुई स्थानिय तह बीचमा भगिनी सम्बन्ध कायम गरिएको छ । बिहिबार माडीमा एक कार्यक्रमका बीच भरतपुर महानगरपालिका र माडी नगरपालिका बीच भगिनी सम्बन्ध कायम गरिएको हो । भरतपुर महानगर प्रमुख रेनु दाहाल र माडी नगरपालिकाका प्रमुख ताराकुमारी काजी महतो बीचमा समझदारी पत्रमा हस्ताक्षर गर्नुभयो । दुई स्थानिय तहका प्रमुखले १० बुँदे समझदारी … Read more

नारायणी किनारमा भोलिदेखि राष्ट्रिय चिया प्रदर्शनी हुने

चितवन । चितवनमा पहिलोपटक नेपाली चियाको वृहत राष्ट्रिय प्रदर्शनी तथा टि–टेस्टिङ कार्यक्रम हुने भएको छ । यही माघ २६ र २७ गते नारायणी नदी किनार प्रदर्शनी मैदानमा नेपाली चिया प्रदर्शनी हुन लागेको हो ।राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, काठमाडौँले ‘स्वदेशमा उत्पादित चिया चिया पिउने गरौं, स्वस्थ, समृद्ध र आत्मनिर्भर बनौं’ भन्ने नाराका साथ प्रदर्शनी … Read more

जलवायु न्यूनीकरणका लागि डब्लुडब्लुएफ नेपाल र आइएफआरसीबीच साझेदारी

काठमाडौं। नेपालमा जलवायु परिवर्तनका असरलाई प्रकृतिमा आधारित समाधान गर्नका लागि विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपाल र अन्तर्राष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरुको महासंघ (आइएफआरसी) बीच साझेदारीको सुरुआत गरिएको छ। बुधबार यहाँ आयोजित एक समारोहबीच ‘जनताको रक्षाका लागि प्रकृतिमा काम गर्ने’ विषयका साथ विश्वव्यापी साझेदारीलाई पछ्याउँदै ती दुई संस्थाले रणनीतिक साझेदारीको थालनी गरेका हुन्। नेपालजस्ता विकासोन्मुख देशहरुमा … Read more

वैदेशिक रोजगारीमा जानेमा चितवनबाट उच्च

भरतपुर। श्रम स्वीकृत लिएर वैदेशिक रोजगारीमा जाने जिल्लाहरु मध्ये चितवन पहिलो रहेकोे छ। बागमती प्रदेशका १३ जिल्लामध्ये चितवनमा यसवर्षमा १५ हजार आठ सय २३ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृत लिएका छन्। श्रम स्वीकृत नलिई विदेश जानेको सङ्ख्या पनि उच्च रहेको वैदेशिक रोजगार एवं आप्रवासन र समी कार्यक्रमका कार्यक्रम संयोजक सूर्यप्रसाद पौडेले बताए। “चितवनबाट उच्च … Read more

कस्तो रहला बिहीबार देशभरको मौसम?

काठमाडौं। हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार लुम्बिनी, सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। तराईका थोरै स्थानहरुमा हुस्सु र कुहिरो लागेको अवस्था छ। दिउँसो कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी … Read more

२०८० साल माघ २५ गते बिहिवार, आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज दैनिक कार्यमा प्रगति हुनेछ । साथीभाइसँग समय बित्नेछ । रमणीय र सुखद् यात्राको योग छन् । आत्मबल र हिम्मत पनि बढ्नेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज मन परेको मानिससँग ढाडिनु पर्दा मनमा छटपटी र अशान्ति छाउनेछ । यात्रा … Read more