‘नेपालमा प्राकृतिक चिकित्सामार्फत पर्यटन प्रवर्द्धनको ठूलो सम्भावना’

नेपालमा प्राकृतिक चिकित्सामार्फत पर्यटन प्रवर्द्धनको ठूलो सम्भावना रहेको बताइएको छ । नेपाल एसोसिएसन टुर एन्ड ट्राभल्स एजेन्ट (नाट्टा)को आयोजना तथा राष्ट्रिय उत्पादकत्व तथा आर्थिक विकास केन्द्र लिमिटेड र एसियाली उत्पादकत्व सङ्गठनको सहकार्यमा आजेदेखि सुरु भएको ‘वेलनेस टुरिजम’ प्रवर्द्धनसम्बन्धी कार्यक्रमका वक्ताले नेपालको पर्यटन प्रवर्द्धनमा वेलनेस टुरिजमको महत्वपूर्ण भूमिका रहेको बताएका हुन् । कार्यक्रममा उद्योग, वाणिज्य तथा … Read more

सातौँ अन्तरराष्ट्रिय मर्यादित महिनावारी दिवस नेपालमा मनाइँदै

सातौँ अन्तरराष्ट्रिय मर्यादित महिनावारी दिवस नेपालमा मनाइने भएको छ । हरेक वर्ष लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत १४औँ दिन (डिसेम्बर ८) तारिखका दिन विश्वभर अन्तरराष्ट्रिय मर्यादित महिनावारी दिवस मनाइन्छ । दक्षिण गोलाद्र्धीय मर्यादित महिनावारी सञ्जाल र राधा पौडेल फाउन्डेसनको संयोजनमा ‘राष्ट्रिय युवा परिषद् तथा मेन इन्गेज अलायन्स ९ग्लोबल०’ को सह–आयोजनामा ‘अन्तरराष्ट्रिय मर्यादित महिनावारी लर्निङ कन्फरेन्स–२०२५’ … Read more

अरनिकोको जन्मस्थललाई प्रचारप्रसार गर्नुपर्नेमा सञ्चारमन्त्री खरेलको जोड

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अरनिकोको जन्मस्थललाई प्रचारप्रसार गर्नुपर्नेमा जोड दिनुभएको छ । आज ललितपुर महानगरपालिका–६ कनिबहाल पुगेर वडा कार्यालयको अवलोकनपश्चात् ओकुबहालमा रहेको रुद्रवर्ण महाविहार र अरनिकोको जन्मस्थलको अवलोकन गर्दै मन्त्री खरेलले सम्पदा भएको क्षेत्रको प्रचारप्रसार गरेर राष्ट्रिय तथा अन्तरराष्ट्रिय क्षेत्रमा यसको महत्वका बारेमा उजागर गर्दै पर्यटकहरुलाई आकर्षित गर्नुपर्ने बताउनुभयो । “चीनसम्म पुगेर मूर्तिकलाको … Read more

जेनजी आन्दोलनप्रति समर्पित ‘बिगुल’ को फर्स्टलुक सार्वजनिक, माघ ९ मा प्रदर्शन हुने

चितवनका दिनेश कोइरालाको कथा र निर्माण रहेको चलचित्र ुबिगुलु को फर्स्टलुक पोस्टर सार्वजनिक भएको छ । चलचित्रको पोस्टरसँगै प्रदर्शन मिति पनि घोषणा भएको छ । रमेश कोइरालाको निर्देशन,कल्पना पौडेलको प्रस्तुति रहेको चलचित्र बिगुल माघ ९ गतेबाट देशब्यापी प्रदर्शनमा आउने भएको छ । सार्वजनिक भएको चलचित्रको तीन पोस्टर मध्ये एउटामा अभिनेत्री बेनिशा हमाल गम्भीर भावमा देखिएकी … Read more

एसियाली बाढी विपत्ः सैन्य सहयोग तीव्र, मृतक कूल एक हजार नजिक

श्रीलङ्का र इन्डोनेसियाले हालैका दिनहरूमा एसियाका चार देशमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाउनेहरूको सङ्ख्या लगभग एक हजार नजिक पुगेसँगै पीडितहरूका लागि सैन्य उद्धार तथा राहत कार्यलाई अझै तीव्र बनाइएको छ । छुट्टाछुट्टै मौसम प्रणालीका कारण गत हप्ता श्रीलङ्काको सम्पूर्ण टापु क्षेत्रमा, इन्डोनेसियाको सुमात्रा, दक्षिणी थाइल्यान्ड तथा उत्तरी मलेसियाका ठूलो भूभागमा मुसलधारे वर्षा भएको थियो … Read more

नेतान्याहुको माफी अनुरोधले इजरायलमा नयाँ बहस

भ्रष्टाचारको अभियोगको सामना गरिरहनुभएका इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले लामो समयदेखि चलिरहेको र देशलाई विभाजित गरिरहेको मुद्दाका कारण आफूले राष्ट्रपति समक्ष माफीको औपचारिक अनुरोध पेस गरेको घोषणा गर्नुभएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसै महिनामा इजरायली राष्ट्रपति आइज्याक हर्जोगलाई पत्र पठाई नेतान्याहुलाई क्षमा गर्न आग्रह गरिसक्नुभएको थियो । नेतान्याहुले आफूले कुनै पनि गैरकानूनी कार्य नगरेको … Read more

एड्सको अन्त्य गर्न स्वास्थ्यमन्त्री गौतमको आह्वान

‘अवरोधहरु पार गरौँ, एड्स प्रतिकार्य रुपान्तरण गरौँ’ भन्ने नाराका साथ आज ३८औँ विश्व एड्स दिवस मनाइँदैछ । हरेक वर्ष डिसेम्बर १ का दिन विश्व एड्स दिवस मनाइन्छ । दिवसका अवसरमा भिडियो सन्देश जारी गर्दै स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा गौतमले सन् २०३० सम्म एड्स महामारीलाई अन्त्य गर्ने कार्यमा सबैलाई एकजुट हुन आह्वान गर्नुभएको छ । … Read more

चितवनका जेनजी आन्दोलनका नौ घाइतेले लिए राहत र परिचयपत्र

गत भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा घाइतेमध्ये नौ जनाले राहत रकम बुझेका छन् । उनीहरुले परिचय पत्रसमेत लिएका छन् । जिल्लामा भएका १४२ जना घाइतेमध्ये उनीहरुले राहत रकम लिएका हुन् । दुई जना छुटको नाम समावेश गर्न गृह मन्त्रालयमा पठाइएको सहायक प्रमुख जिल्ला अधिकारी चुडामणि शर्मा गौतमले बताउनुभयो । उहाँका अनुसार अहिलेसम्म … Read more

मेयर बालेनलाई पितृशोक

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहका बुवा रामनारायण शाहको निधन भएको छ । उनको सोमबार मध्यान्ह निधन भएको हो । उनी हिजो (आइतबार) बिहान नयाँ बानेश्वरस्थित सिभिल अस्पताल भर्ना भएका थिए । उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । अस्पताल स्रोतका अनुसार, उनको पिसाबमा संक्रमण भएर शरीरमा फैलिएको थियो । शाहलाई भेट्न सोमबार बिहान प्रधानमन्त्री सुशीला … Read more

चाँदीको मूल्यमा नयाँ कीर्तिमानी कायम , सुनको मुल्य पनि बढ्यो

नेपालि बजारमा चाँदीको मूल्यमा नयाँ कीर्तिमानी कायम भएको छ  । नेपाल सुनचाँदी व्यवसायी महासंघले चाँदीको भाउ प्रतितोला ३५३५ रुपैयाँ कायम भएको छ, भने सुनको भाउ पनि प्रतितोला १४०० रुपैयाँले बढेर २ लाख ५३ हजार ६ सय रुपैयाँ पुगेको छ । पहिलो पटक चाँदीको भाउ तोलामा ३५ सय रुपैयाँ नाघेको छ । अघिल्लो दिन प्रतितोला २ लाख … Read more