तीन दशकपछि गाउँ फर्किएर तरकारी खेतीमा रमाउँदै कमलप्रसाद

व्यवसायको लागि तीन दशकअघि बजार झरेका पर्वतको जलजला गाउँपालिका–४ मल्लाज भवानीपानीका कमलप्रसाद पौडेल जन्मथलो फर्किएर बाँझिएको बारीलाई तरकारीखेती गरेर हराभरा बनाउनुभएको छ । सुविधा र अवसरको खोजीमा गाउँबाट सहर र सहरबाट विदेश पलायन हुने क्रम बढिरहेका बेला ५५ वर्षीय पौडेलले बजारबाट गाउँ फर्किएर व्यावसायिक तरकारीखेती सुरु गर्नुभएको हो । विसं २०५० मा घर, जग्गा र … Read more

आजदेखि एनपिएलः पहिलो खेलमा जनकपुर र काठमाडौं भिड्दै

दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) आज सुरु हुँदैछ। उद्घाटन खेलमा साबिक विजेता जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजले प्रतिस्पर्धा गर्दैछन्। यो खेल आज दिउँसो ४ बजे सुरु हुनेछ। एनपिएल दोस्रो सिजनका सबै खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा दिउँसो र राति गरेर हुनेछन्। नेपाल क्रिकेट सङ्घ (क्यान)ले यस पटक दैनिक नौ हजार चार सय ५० टिकट बिक्री … Read more

चितवन र तनहुँको देवघाटधामलाई जोड्ने झोलुङ्गे पुल जीर्ण: शतबीज छर्न आउनेलाई समस्या

पवित्र तीर्थस्थल देवघाटधाममा बालाचतुर्दशीको तयारी अन्तिम चरणमा पुगेको छ । नवलपुर, तनहुँ र चितवनमा पर्ने कालीगण्डकी नदी र त्रिशूली नदीको सङ्गमस्थल देवघाटमा हजारौँ भक्तजन शतबीज छर्न आउने गरेका छन् । देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालले देवघाटमा यही मङ्सिर २ गतेदेखि नै भक्तजनहरु आउने भएकाले सोहीअनुसारको तयारी गरिएको बताए। बालाचतुर्दशीको अवसरमा अघिल्लो दिन … Read more

तीन महिनामा साढे पाँच खर्बभन्दा बढी रेमिट्यान्स भित्रियो

चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा साढे पाँच खर्बभन्दा बढी रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०८२/८३ को असोज महिनासम्मको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार विप्रेषण आप्रवाह ३५ दशमलव चार प्रतिशतले वृद्धि भई रु पाँच खर्ब ५३ अर्ब ३१ करोड पुगेको … Read more

संसद् पुनःस्थापना भएसँगै मुलुकले राजनीतिक निकास पाउनेः अध्यक्ष ओली

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकलाई राजनीतिक निकास दिन विघटित प्रनिनिधिसभा पुनःस्थापना हुनुपर्ने धारणा व्यक्त गर्नुभएको छ । प्रेस चौतारी नेपालको टोलीसँग आज गुण्डुस्थित निवासमा छलफल गर्दै अध्यक्ष ओलीले असंवैधानिक र अनधिकृत ढङ्गबाट संसद् विघटन भएकाले पुनःस्थापना हुनुपर्ने माग दोहो¥याउनुभएको हो । उहाँले यसरी असंवैधानिक तरिकाले संसद्लाई विघटन गर्दै जाँदा मुलुकको राजनीतिक … Read more

हात्तीको बथान झापा प्रवेशः सुरक्षित रहन आग्रह

डिभिजन वन कार्यालय झापाले पूर्व–पश्चिम राजमार्गको उत्तर क्षेत्रमा हात्तीको बथान जिल्लामा प्रवेश गरेकाले सवाधान रहन सर्वसाधारणलाई आग्रह गरेको छ । गस्ती र माइकिङ गरेर सर्वसाधारणलाई सचेत बनाउनुका साथै सावधानी अपनाउन आग्रह गरिएको कार्यालयले जनाएको छ । मोरङबाट २५ देखि ३० को सङ्ख्यामा हुल बाँधेर बच्चासहित हात्तीको बथान झापा प्रवेश गरेकाले स्थानीयवासीलाई सोबारे जानकारी दिँदै सचेतना … Read more

अन्तरिक्षबाट फर्किएका ४ मुसासहित वैज्ञानिक नमुनाहरू चिनियाँ अनुसन्धान टोलीलाई हस्तान्तरण

अन्तरिक्षमा जीवन–विज्ञान परीक्षणका लागि पठाइएका चारवटा मुसासहितको अन्तरिक्ष विज्ञान प्रयोग नमुनाहरूको नवौँ ब्याच शुक्रबार चीन अन्तरिक्ष स्टेशनबाट शेन्झोउ–२१ अन्तरिक्ष यानमार्फत सफलतापूर्वक पृथ्वीमा फर्किएको छ । यी नमुनाहरू शनिबार बिहान नै चिनियाँ वैज्ञानिकहरूको टोलीलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको ग्लोबल टाइम्सले चिनियाँ एकेडेमीका स्रोतहरू उद्धृत गर्दै जानकारी दिएको छ । फिर्ता गरिएका नमुनाहरूमा जीवन विज्ञान, सामग्री विज्ञान … Read more

जेनजी आन्दोलनका सहिदः छोरीलाई डाक्टर बनाउने सपना जेनजी आन्दोलनसँगै अन्त्य

सबै मानिसको आ–आफ्ना सपना लक्ष्यहरु रहेका हुन्छन्, कसैको लक्ष्य सङ्घर्षका क्रममा पूरा हुन्छ भने कसैले लक्ष्य प्राप्तिका लागि सङ्घर्षरत रहँदै गर्दा अचानक बीचमा जीवनलीला नै अन्त्य भएर यो संसारबाट सधैँका लागि छाडेर जानुपर्ने हुन्छ । जीवनमा कसको लेखान्तर कस्तो हुन्छ भन्ने कसैलाई थाहा छैन । उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिका–३ बसाहास्थित आमसालमा जन्मी हुर्किएर कान्छी छोरीलाई … Read more

आज प्यारापिट र फलडलाइट क्यानलाई हस्तान्तरण गरिने

आज त्रिवि क्रिकेट मैदानको प्यारापिट र फलडलाइट हस्तान्तरण गर्दैछ । शहरी विकास मन्त्रालयले अन्तर्गतको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा प्रथम चरणमा निर्मित प्यारापिट र फलडलाइट नेपाल क्रिकेट संघ क्यानलाई हस्तान्तरण गर्न लागेको हो । मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलका अनुसार आइतबार साँझ ५ः३० बजे कीर्तिपुर रंगशालामा उक्त कार्यक्रम हुनेछ ।

सुनको मूल्य तोलामा ६ हजार ९०० रुपैयाँ घट्यो

आइतबार सुनको मूल्य तोलामा ६ हजार ९०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा २ लाख ४९ हजार ७०० रुपैयाँ कायम रहेको छापावाल सुनको मूल्य आइतबार घटेर तोलामा २ लाख ४२ हजार ८०० रुपैयाँ कायम भएको हो । यस्तै चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार तोलामा ३ हजार २८५ रुपैयाँ … Read more