चितवनमा बस्ती पसेको गैँडालाई गरियो स्थानान्तरण

चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रबाट बस्तीमा पसेर स्थानीयलाई दुःख दिँदै आएको एउटा भाले गैँडालाई आन्तरिक रूपमा स्थानान्तरण गरिएको छ । भरतपुर महानगरपालिका–२३ घैलाघारी क्षेत्रबाट सो गैँडालाई स्थानान्तरण गरिएको हो । निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार अन्दाजी २५ वर्षको भाले गैँडालाई सौराहा सेक्टरको कुमरोज सामुदायिक वन क्षेत्रमा स्थानान्तरण गरिएको छ । बस्तीमा पसेर बालीनाली नोक्सानी … Read more

सौराहामा १९ औं चितवन हात्ती महोत्सव हुने

चितवनको सौराहामा पुस ११ गतेदेखि १३ गतेसम्म १९औँ चितवन हात्ती तथा पर्यटन महोत्सव–२०८२ हुने भएको छ । आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्दै चितवनको पर्यटकीय गन्तव्यलाई विश्व सामु पु¥याउने उद्देश्यले सौराहाको बाघमारा चौरमा महोत्सवको आयोजना गर्न लागिएको आइतबार पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको हो । चितवन राष्ट्रिय निकुञ्जको माध्यमबाट पर्यटकहरुलाई आकर्षित गराउँदै चितवनको पर्यटन क्षेत्रलाई … Read more

चितवनमा जनप्रतिनिधि सहित आठ जना जुवाडे पक्राउ

पूर्वी चितवनबाट एक जना जनप्रतिनिधिसहित आठ जना जुवाडे पक्राउ परेका छन् । उनीहरुलाई कालिका नगरपालिका–६ लाल चोकबाट जुवा खेलिरहेको समयमा पक्राउ गरिएको हो । पक्राउपर्नेमा रत्ननगर नगरपालिका–१२ का अध्यक्ष सुन्दरमणि सुवेदीलगायत छन् । इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीका प्रहरी नायब उपरीक्षक सुवास भट्टका अनुसार पक्राउपर्नेमा कालिका नगरपालिका–६ का ६० वर्षीय ठाकुरप्रसाद भट्ट, ५६ वर्षीय झलक … Read more

संघीय अस्पतालमा भरतपुर अस्पताल उत्कृष्ट

संघीय अस्पतालको रुपमा रहेको चितवनस्थित भरतपुर अस्पताल उत्कृष्ट सेवा दिने अस्पताल बनेको छ। न्यूनतम सेवा मापदण्डमा सबैभन्दा बढी अंक प्राप्त गर्दै भरतपुर अस्पताल गुणस्तरीय सेवा दिने अस्पतालको रुपमा उत्कृष्ट अस्पताल बनेको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आर्थिक वर्ष २०८१/८२ को राष्ट्रिय संयुक्त वार्षिक समीक्षा गोष्ठीमा बोल्दै नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख डा कृष्णप्रसाद पौडेलले … Read more

हिंसापीडितको उद्धार र संरक्षणमा लागेको आदर्श गृहले भरतपुरमा आफ्नै भवन बनाउँदै

मानव सेवामा क्रियाशील आदर्श गृह नेपालले आफ्नै भवन बनाउन सुरु गरेको छ । हालसम्म एक हजार २२४ जनाको उद्धार तथा संरक्षण गरेको उक्त संस्थाले भरतपुर महानगरपालिका-१५ विश्व प्रकाश टोलमा रहेको आफ्नै जग्गामा भवनको बनाउन लागेको हो । हरिहर सन्यास आश्रम, देवघाटका पिठाधीश एवं शन्त समाज नेपालका अध्यक्ष १००८ स्वामी ज्ञानानन्द सरस्वती महाराजको प्रमुख आतिथ्यमा आज … Read more

चितवनको कयरखोलमा पक्की पुल निर्माण हुँदै

कालिका नगरपालिका–१० सिद्धि तिनदोभानस्थित कयर खोलामा पक्की पुल निर्माण सुरु भएको छ । बुधबार एक विशेष समारोहबीच नगरप्रमुख विनोद रेग्मीले पुलको शिलान्यास गर्नुभयो । पुलका निम्ति रु चार करोड ३८ लाख ६७ हजार ८५५ विनियोजन गरिएको उहाँले बताउनुभयो । पुल २०८३ पुस ३० गतेभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य छ । पुल प्रि–स्ट्रेस्ड कन्क्रिट ब्रिज, ४० … Read more

गैँडाकोटमा पुस २५ गतेदेखि महोत्सव हुने

पुस २५ गतेदेखि पूर्वी नवलपरासीको गैडाकोटमा गैडाकोट महोत्सव हुने भएको छ । उद्योग वाणिज्य संघ गैंडाकोटको आयोजनामा नारायणी नदी किनारमा हुने महोत्सव पुस २५ गतेदेखि माघ १० गतेसम्म महोत्सव हुन लागेको आज पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइएको हो । १५ दिनसम्म चल्ने महोत्सवले जेनजी आन्दोलनपछि निजी क्षेत्रमा परेको प्रभावलाई उत्थान गर्नका लागि विशेष भूमिका … Read more

बिएम डब्लु एजुकेशन कन्सलटेन्सीको आयोजनामा मंसिर १३ गते प्यारेन्टस इन्फो सेसन

चितवनको नारायणगढस्थित बिएम डब्लु एजुकेशन कन्सलटेन्सीको आयोजनामा मंसिर १३ गते प्यारेन्टस इन्फो सेसन आयोजना गरिएको छ । सो कार्यक्रममा विद्यार्थी र अभिभावकले अष्ट्रेलियादेखि आएका कन्सलटेन्सीका सिइओ मणि सिलवालको बिशेष परामर्श रहनेछ । बिएम डब्लु एजुकेशन कन्सलटेन्सीको फाउण्डर समेत रहनुभएका सिलवालले नेपालेदेखि गरिने भिसा प्रकृया लगायत अष्ट्रेलियामा विद्यार्थीका लागि उपलब्ध अवसर र चुनौतीका बिषयमा जानकारी दिनुहुनेछ … Read more

वीरेन्द्र क्याम्पसका पूर्व विद्यार्थीले गरे हाम्रो घरका बालबालिकालाई कपडा र खाद्यान्न सहयोग

वीरेन्द्र बहुमुखी क्याम्पस चितवनका पूर्व विद्यार्थी (व्यवस्थापन संकायतर्फ २०१७ ब्याचका) ले हाम्रो घरका बालबालिकालाई न्यानो कपडा र खाद्यान्न सहयोग गरेका छन् । व्यवस्थापन संकायतर्फ २०१७ ब्याचका विद्यार्थीहरुले आफ्नो समूह बनाएर भरतपुर महानगरपालिका – ३ मा रहेको हाम्रो घर नामक बाल संरक्षण तथा पुनःस्थापना केन्द्रमा सहयोग गरेका हुन् । ५५ जना विद्यार्थीले आर्थिक सहयोग गरेका थिए … Read more

नारायणगढ लायन्सद्धारा माडीमा १२औं समूहको सिलाई तथा कटाई तालिम सुरु

नारायणगढ लायन्स क्लव, लायन जीतबहादुर पिया व्यवसायिक तालिम केन्द्रले माडीका महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्य स्वरुप तीन महिने सिलाई तथा कटाई प्रशिक्षणलाई निरन्तरता दिएको छ । विगत ३ वर्षदेखि संचालन गर्दै आइरहेको तालिमको १२औं समूहको सुरुवात गरिएको छ । सोमबार एक कार्यक्रमकाबीच माडी नगरपालिका–१, स्थित सेरुवामा १२औं ऋंखलाको औपचारिक रुपमा समुद्घाटन गरिएको हो । कार्यक्रमका प्रमुख … Read more