ग्रीनल्याण्ड पब्लिकमा विज्ञान प्रदर्शनी तथा आँखा परीक्षण

भरतपुरको ग्रीनल्याण्ड पब्लिक स्कुलमा भरतपुर महानगरीय विज्ञान प्रदर्शनी र आँखा परीक्षण सम्पन्न भएको छ । स्कुलमा जारी पिबिएल मेलाको दोस्रो दिन आज (बुधबार) एकै साथ दुई कार्यक्रम आयोजना भएको हो । आज भएको विज्ञान प्रदर्शनीमा विद्यार्थीहरुले तयार पारेका प्रोजेक्टहरु प्रदर्शन गरिएको थियो । प्रदर्शनीमा नारायणी पब्लिक स्कुल प्रथम भएको छ । यस्तै सृजना ईंग्लिस बोर्डिङ … Read more

चितवनसहित छिमेकी जिल्लामा पालिएका कुखुरामा ‘एनेमिया भाइरस’

चितवनसहित छिमेकी जिल्लामा पालिएका कुखुरामा एनेमिया भाइरस देखिएको छ । कार्यालयले गत साउनदेखि कात्तिकसम्म गरेको अध्ययनका क्रममा ५४ प्रतिशत कुखुरामा चिकेन एनेमिया भाइरस भेटिएको हो । चितवनसहित छिमेकी जिल्लामा पालिएका कुखुरामा एनेमिया भाइरस देखिएको छ । कार्यालयले गत साउनदेखि कात्तिकसम्म गरेको अध्ययनका क्रममा ५४ प्रतिशत कुखुरामा चिकेन एनेमिया भाइरस भेटिएको हो । यस रोगका कारण … Read more

केरलाबासीहरु नेपालमा संगठित हुँदै, फादर रुबीको नेतृत्वमा खुल्यो ‘डब्लुएमसी’

नेपालमा विभिन्न पेशा व्यवसायमा संलग्न रहेका भारतको केरला राज्यका नागरिकहरु संगठित हुन थालेका छन् । पहिलोपटक नेपालमा केरलाबासीहरुले विश्व मलयाली परिषद् (डब्लुएमसी) गठन गरेका छन् । विश्व मलयाली परिषद् विभिन्न देशहरूमा बसोबास गर्ने केरलवासीहरूको विश्वव्यापी डायस्पोरा हो । यो परिषद् हाल ६० देशमा एकाई (प्रान्तहरु)को रुपमा रहेको छ । नेपालमा गठन गरिएको परिषद् भारत क्षेत्रको … Read more

माडीमा एकैदिन लायन्स क्लव चितवन राइजको ४ कार्यक्रम

सामाजिक कार्यमा सक्रिय लायन्स क्लव अफ चितवन राइजले दक्षिणी भेगमा अवस्थित माडीमा एकैदिन ४ वटा कार्यक्रम गरेको छ । शिरिष पन्तको नेतृत्वमा रहेको क्लवले क्यान्सर पीडितलाई आर्थिक सहयोगदेखि स्टेशनरी सहयोगसम्मको कार्यक्रम गरेको हो । क्लवले सोमबार क्यान्सर पीडित चित्रकला पाठकलाई २५ हजार रुपैयाँ गरेको छ । माडी–४ की पाठकलाई क्यान्सर रोगको उपचारका लागि आर्थिक अभाव … Read more

तिहारमा बनाइने आकृतिलाई भरतपुर महानगरले शौचालयमा राखेपछि थारु समुदायको बिरोध

झट्ट हेर्दा यो कुनै थारु समुदायको घर हो । चाडबाडको बेला थारु समुदायले आ–आफ्नो घर यसरी नै विभिन्न आकृतिसहितको आकर्षक भित्ता बनाउछन् । तर महत्वपूर्ण संस्कृतिसंग जोडिएको यो आकृतिलाई भरतपुर महानगरले शौचालयमा पुर्‍ याएपछि अहिले चौतर्फी बिरोध सुरु भएको छ । भरतपुर महानगरले उद्घाटन गर्ने तयारीमा रहेको यो स्मार्ट शौचालय महानगर र वीरेन्द्र बहुमुखी क्याम्पसको … Read more

प्रहरी हवलदारको हत्यामा संलग्न चितवनका बुद्धिरामलाई पक्राउ गरेर नेपाल ल्याइयो

पूर्व प्रहरी हवलदारको हत्या गरेको आरोपमा चितवनका एक पुरुष प्रकाउ परेका छन् । लमजुङको बेसीशहर नगरपालिका–२ भकुन्डेमा २०८१ चैतमा भएको पूर्व प्रहरी हवलदार सिता धिताल कँडेलको हत्याको आरोपमा चितवनका बुद्धिराम दराई भारतबाट पक्राउ परेका हुन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले भारतीय प्रहरीको सहयोगमा चितवनका स्थानीय दराइलाई पक्राउ गरी नेपाल ल्याएको हो। घटनाको ८ महिनापछि हिजो … Read more

भरतपुर कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा ३० जना त्रिपालमुनि

जिल्ला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा त्रिपालमुनि राख्नुपर्ने बाध्यता रहेको छ । कैदीबन्दीमध्ये ३० जना त्रिपालमुनि राख्नुपरेको छ । भवनभित्र सुत्ने ठाउँ अभाव भएपछि उनीहरु त्रिपालमुनि रात बिताउन बाध्य भएका हुन् । जेनजी आन्दोलनपछि भागेर फर्किएका कैदीबन्दीमध्ये ४६ जनालाई स्थानान्तरण गर्दा भित्र कोठामा ठाउँ नपुग्दा उनीहरुलाई त्रिपालमुनि राख्न बाध्य भएको हो । कारागार कार्यालयका प्रमुख … Read more

फागुन २१ गते हुने निर्वाचन बहिष्कार गर्ने क्रान्तिकारी कम्युनिस्ट पार्टीको निर्णय

मोहन बैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले सरकारले घोषणा गरेको आगामी फागुन २१ गतेको निर्वाचन बहिष्कार गर्ने घोषणा गरेको छ । आज भरतपुरमा गरेको पत्रकार सम्मेलनमार्फत् सुशिला कार्की नेतृत्वको अन्तरिम सरकारले गर्ने निर्वाचन बहिष्कार गर्ने घोषणा गरेको हो । पार्टीका महासचिव सीपी गजुरेलको अध्यक्षतामा मंगलबार र बुधबार भरतपुरमा बसेको चौथो पूर्ण बैठकले जेनजी विद्रोहपछि अमेरिकी … Read more

भरतपुरमा दुई बिघा १० कठ्ठा क्षेत्रफलमा प्राङ्गारिक सूर्यमुखीखेती

भरतपुर महानगरपालिका–१५, श्रीपुरका प्राङ्गारिक किसान चन्द्रप्रसाद अधिकारीले यस वर्ष दुई बिघा १० कठ्ठा क्षेत्रफलमा शतप्रतिशत प्राङ्गारिक तरिकाले सूर्यमुखीखेती लगाउनुभएको छ । अधिकारीका अनुसार दुई वर्षअघि पनि सोही बाली लगाउँदा दाना तथा तेलको उच्च माग देखिएको र बाली चक्र प्रणालीअनुसार सूर्यमुखी उपयुक्त ठहरेकाले यस वर्ष फेरि सूर्यमुखी लगाइएको हो । उहाँले भन्नुभयो, “पाँच दिनसम्म दैनिक १० … Read more

पवित्र धार्मिक तीर्थस्थल देवघाटमा निर्माण गरिएको शवदाह गृह सञ्चालनमा

पवित्र धार्मिक तीर्थस्थल देवघाटमा निर्माण गरिएको शवदाह गृह सञ्चालनमा आएको छ । सघन सहरी तथा भवन निर्माण आयोजनाले निर्माण सम्पन्न गरी गत असोज २४ गते भरतपुर महानगरपालिकालाई हस्तान्तरण गरेको गृह महानगरले सञ्चालनमा ल्याएको हो । महानगरपालिकाका विपद् शाखा प्रमुख बालकृष्ण थपलियाका अनुसार मंगलबारदेखि गृह सञ्चालनका लागि तयारी अवस्थामा छ । आज बिहानसम्म शव नआएकाले सञ्चालन … Read more