चितवनबाट फरार बन्दी झापामा पक्राउ

जेनजी आन्दोलनका क्रममा चितवनबाट फरार रहेका एक जना बन्दी यहाँ पक्राउ परेका छन् । पक्राउ पर्नेमा शिवसताक्षी नगरपालिका–८ का २९ वर्षीय आशिष सुब्बा रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काले बताउनुभयो । सुब्बा सालकको अखेटोपहार मुद्दामा चितवन कारागारमा बन्दी रहेका थिए । प्रहरीले खोजतलासका क्रममा उनलाई घरबाटै आइतबारपक्राउ गरेको जनाएको छ । चितवन कारागारबाट भागेपछि … Read more

१० वर्षभन्दा पुराना एम्बुलेन्स सञ्चालन रोक्दा अभाव हुने चिन्ता

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १० वर्षभन्दा पुराना एम्बुलेन्स सञ्चालन गर्न नपाइने जनाएपछि एम्बुलेन्स अभाव हुने चिन्ता गरिएको छ । हाल सञ्चालनमा रहेका एम्बुलेन्समध्ये ८० प्रतिशत १० वर्ष पुराना रहेकाले अभाव हुने चिन्ता गरिएको हो । संयुक्त एम्बुलेन्स चालक सङ्घका केन्द्रीय अध्यक्ष नवराज लामिछाने हाल सञ्चालनमा रहेका तीन हजार ३०० एम्बुलेन्समध्ये करिब ८० प्रतिशत १० वर्ष … Read more

नारायणी किनारमा आयोजित खेलकुद तथा व्यापारिक महोत्सव मंगलबार सम्पन्न

चितवनको नारायणी नदी किनारमा आयोजित खेलकुद तथा वृहत व्यापारिक महोत्सव सम्पन्न भएको छ । चितवन जिल्ला खेलकुद बिकास समितिले आयोजना गरेको महोत्सव मंगलबार सम्पन्न भएको हो । महोत्सवको एक कार्यक्रमकाबीच भरतपुर महानगरपालिका प्रमुख मेयर रेनु दाहालले समापन गरेकी हुन् । सो क्रममा मेयर दाहालले बिगतमा हुने गरेका मेला महोत्सवलाई यसले माथ गरेको बताईन् । महोत्सव … Read more

राप्ती नदीको १६ ठाउँमा एकैपटक सरसफाइ

राप्ती नदीको १६ ठाउँमा एकैपटक सरसफाइ गरिएको छ । आज (सोमबार) नदीको मुहान मकवानपुरदेखि पुछार विन्दु चितवनको मेघौली गोलाघाटसम्म सरसफाइ गरिएको हो । राप्ती नदी दिवसको सन्दर्भ पारेर बृहत् सरसफाइ कार्यक्रम राखिएको राप्ती नदी तटीय क्षेत्र सरसफाइ अभियानका संयोजक अपिल घिमिरेले बताउनुभयो । उहाँका अनुसार राप्ती नदी तटीय क्षेत्र सरसफाइ अभियानले तीन वर्षदेखि मंसिर १ … Read more

उजेली सांस्कृतिक साँझको तयारी पूरा, आज एलिना र समीक्षाले प्रस्तुती दिँदै

उजेली बुटिक भरतपुरले दोस्रो शाखा शुभारम्भको अवसर पारेर राष्ट्रिय कलाकारहरू सहित गर्न लागेको उजेली सांस्कृतिक साँझको तयारी पूरा भएको छ । हाल सप्तगण्डकी चोकमा रहेको उजेलीले दोस्रो शाखा आज भरतपुरको चौविसकोठीमा शुभारम्भ गरेको छ । यही अवसर पारेर उजेली सांस्कृतिक साँझको आयोजना गरिएको हो । कार्यक्रमको सम्पूर्ण तयारी पूरा भइसकेको उजेलीकी प्रवन्धक विद्या पौडेलले जानकारी … Read more

मधुमेह नियन्त्रणका लागि चितवनका कार्यस्थलमा जागरुकता र सुविधा आवश्यक

विश्वभर महामारीका रूपमा फैलिएको मधुमेह नियन्त्रणका लागि कार्यस्थलमा जागरुकता र सुविधा आवश्यक रहेको चिकित्सले बताएका छन् । भरतपुर अस्पतालका इन्डोक्रिनोलोजी विभागका वरिष्ठ विशेषज्ञ डा कल्याण सापकोटाले विश्व मधुमेह दिवसका अवसरमा रासससँग कुरा गर्दै कार्यस्थलमा मधुमेहसम्बन्धी चेतना बढाउन विशेष ध्यान दिनुपर्ने बताउनुभयो । डा सापकोटाका अनुसार मधुमेह जोसुकैलाई लाग्न सक्छ र यसलाई व्यक्तिगत जीवनशैली सुधारेर नियन्त्रण … Read more

भरतपुरबाट भागेका वन्यजन्तु चोरीशिकारीका तस्कर कारागार नफर्किंदा संरक्षणमा चुनौती

कारागार कार्यालय भरतपुरबाट भागेका वन्यजन्तु अपराधका १६ जना कैदीबन्दी हालसम्म फर्किएका छैनन् । तीमध्ये १२ जना दुर्लभ एकसिङ्गे गैँडा चोरीशिकारका मुख्य अभियुक्त हुन् । वन्यजन्तु अपराधका कैदीबन्दी कारागार नफर्किंदा गैँडासहित अन्य वन्यजन्तु संरक्षणमा चुनौती थपिएको छ । दुर्लभ एकसिङ्गे गैँडा मारी खाग बिक्री गर्ने व्यवसायका मुख्य अभियुक्तसमेत बाहिर रहँदा चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले उच्च सतर्कता … Read more

चितवन राष्ट्रिय निकुञ्जमा बाक्लो सङ्ख्यामा देखिन थाले बाघ

सोमबार चितवन राष्ट्रिय निकुञ्ज घुम्न गएका बेलायती पर्यटकको समूहले प्रत्यक्ष बाघ अवलोकन गर्ने अवसर पाए । गत साता हल्याण्डका पर्यटकले पनि बाघ देखेपछि उत्साहित हुँदै खुशी व्यक्त गरेका थिए ।पर्यटक र निकुञ्जका कर्मचारी, सुरक्षाकर्मीले पनि हिजोआज विगतका तुलनामा बढी बाघ देख्न थालेका छन् । लामो समय निकुञ्ज बन्द रहेर जीप सफारी खुलेसँगै वन्यजन्तुको गतिविधि बढेकाले … Read more

देवघाटधाम गण्डकी परिक्रमा महोत्सव सुरु

देवघाटधाम गण्डकी परिक्रमा महोत्सव आयोजना गरिएको छ । पवित्र तीर्थस्थल देवघाट धामको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आज बिहान देवघाटको वेणीमा विधिपूर्वक पूजा गरी महोत्सव सुरु गरिएको हो ।नेपाल सन्त समाजको आह्वानमा देवघाट क्षेत्र विकास समिति र देवघाट गाउँपालिकाको आयोजनामा गरिएको महोत्सवको हरिहर सन्यास आश्रमका पीठाधीश ज्ञानानन्द सरस्वती महाराज र महेश सन्यास आश्रमका पीठाधीश रमणानन्द गिरीजी … Read more

देवघाटमा आज गण्डकी परिक्रमा महोत्सव हुँदै

देवघाटधाम क्षेत्रको धार्मिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित आज देवघाटधाम गण्डकी परिक्रमा महोत्सव आयोजना हुँदैछ । तनहुँ, चितवन र नवलपुर जिल्लामा फैलिएको पवित्र तीर्थस्थल देवघाटधाम र गण्डकीको सङ्गमस्थल तीर्थस्थल देवघाटधामको धार्मिक महत्व र संस्कृतिको प्रचारप्रसार गर्ने उद्देश्यसहित गण्डकी परिक्रमा महोत्सव आयोजना गरिएको छ । महोत्सवको प्रचारप्रसारका लागि सोमबार तनहुँको देवघाट र चितवनको भरतपुरमा मोटरसाइकल र्याली गरिएको … Read more