राप्ती नदीको १६ ठाउँमा एकैपटक सरसफाइ

राप्ती नदीको १६ ठाउँमा एकैपटक सरसफाइ गरिएको छ । आज (सोमबार) नदीको मुहान मकवानपुरदेखि पुछार विन्दु चितवनको मेघौली गोलाघाटसम्म सरसफाइ गरिएको हो । राप्ती नदी दिवसको सन्दर्भ पारेर बृहत् सरसफाइ कार्यक्रम राखिएको राप्ती नदी तटीय क्षेत्र सरसफाइ अभियानका संयोजक अपिल घिमिरेले बताउनुभयो । उहाँका अनुसार राप्ती नदी तटीय क्षेत्र सरसफाइ अभियानले तीन वर्षदेखि मंसिर १ … Read more

उजेली सांस्कृतिक साँझको तयारी पूरा, आज एलिना र समीक्षाले प्रस्तुती दिँदै

उजेली बुटिक भरतपुरले दोस्रो शाखा शुभारम्भको अवसर पारेर राष्ट्रिय कलाकारहरू सहित गर्न लागेको उजेली सांस्कृतिक साँझको तयारी पूरा भएको छ । हाल सप्तगण्डकी चोकमा रहेको उजेलीले दोस्रो शाखा आज भरतपुरको चौविसकोठीमा शुभारम्भ गरेको छ । यही अवसर पारेर उजेली सांस्कृतिक साँझको आयोजना गरिएको हो । कार्यक्रमको सम्पूर्ण तयारी पूरा भइसकेको उजेलीकी प्रवन्धक विद्या पौडेलले जानकारी … Read more

मधुमेह नियन्त्रणका लागि चितवनका कार्यस्थलमा जागरुकता र सुविधा आवश्यक

विश्वभर महामारीका रूपमा फैलिएको मधुमेह नियन्त्रणका लागि कार्यस्थलमा जागरुकता र सुविधा आवश्यक रहेको चिकित्सले बताएका छन् । भरतपुर अस्पतालका इन्डोक्रिनोलोजी विभागका वरिष्ठ विशेषज्ञ डा कल्याण सापकोटाले विश्व मधुमेह दिवसका अवसरमा रासससँग कुरा गर्दै कार्यस्थलमा मधुमेहसम्बन्धी चेतना बढाउन विशेष ध्यान दिनुपर्ने बताउनुभयो । डा सापकोटाका अनुसार मधुमेह जोसुकैलाई लाग्न सक्छ र यसलाई व्यक्तिगत जीवनशैली सुधारेर नियन्त्रण … Read more

भरतपुरबाट भागेका वन्यजन्तु चोरीशिकारीका तस्कर कारागार नफर्किंदा संरक्षणमा चुनौती

कारागार कार्यालय भरतपुरबाट भागेका वन्यजन्तु अपराधका १६ जना कैदीबन्दी हालसम्म फर्किएका छैनन् । तीमध्ये १२ जना दुर्लभ एकसिङ्गे गैँडा चोरीशिकारका मुख्य अभियुक्त हुन् । वन्यजन्तु अपराधका कैदीबन्दी कारागार नफर्किंदा गैँडासहित अन्य वन्यजन्तु संरक्षणमा चुनौती थपिएको छ । दुर्लभ एकसिङ्गे गैँडा मारी खाग बिक्री गर्ने व्यवसायका मुख्य अभियुक्तसमेत बाहिर रहँदा चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले उच्च सतर्कता … Read more

चितवन राष्ट्रिय निकुञ्जमा बाक्लो सङ्ख्यामा देखिन थाले बाघ

सोमबार चितवन राष्ट्रिय निकुञ्ज घुम्न गएका बेलायती पर्यटकको समूहले प्रत्यक्ष बाघ अवलोकन गर्ने अवसर पाए । गत साता हल्याण्डका पर्यटकले पनि बाघ देखेपछि उत्साहित हुँदै खुशी व्यक्त गरेका थिए ।पर्यटक र निकुञ्जका कर्मचारी, सुरक्षाकर्मीले पनि हिजोआज विगतका तुलनामा बढी बाघ देख्न थालेका छन् । लामो समय निकुञ्ज बन्द रहेर जीप सफारी खुलेसँगै वन्यजन्तुको गतिविधि बढेकाले … Read more

देवघाटधाम गण्डकी परिक्रमा महोत्सव सुरु

देवघाटधाम गण्डकी परिक्रमा महोत्सव आयोजना गरिएको छ । पवित्र तीर्थस्थल देवघाट धामको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आज बिहान देवघाटको वेणीमा विधिपूर्वक पूजा गरी महोत्सव सुरु गरिएको हो ।नेपाल सन्त समाजको आह्वानमा देवघाट क्षेत्र विकास समिति र देवघाट गाउँपालिकाको आयोजनामा गरिएको महोत्सवको हरिहर सन्यास आश्रमका पीठाधीश ज्ञानानन्द सरस्वती महाराज र महेश सन्यास आश्रमका पीठाधीश रमणानन्द गिरीजी … Read more

देवघाटमा आज गण्डकी परिक्रमा महोत्सव हुँदै

देवघाटधाम क्षेत्रको धार्मिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित आज देवघाटधाम गण्डकी परिक्रमा महोत्सव आयोजना हुँदैछ । तनहुँ, चितवन र नवलपुर जिल्लामा फैलिएको पवित्र तीर्थस्थल देवघाटधाम र गण्डकीको सङ्गमस्थल तीर्थस्थल देवघाटधामको धार्मिक महत्व र संस्कृतिको प्रचारप्रसार गर्ने उद्देश्यसहित गण्डकी परिक्रमा महोत्सव आयोजना गरिएको छ । महोत्सवको प्रचारप्रसारका लागि सोमबार तनहुँको देवघाट र चितवनको भरतपुरमा मोटरसाइकल र्याली गरिएको … Read more

व्यवसायको सुरक्षा ग्यारेन्टी गर्न माग

उद्यागी व्यवसायीले सुरक्षाको ग्यारेन्टीको माग गरेका छन् । नेपाल राष्ट्रिय उद्योग व्यवसाय संघ चितवनको आइतबार भएको तेस्रो साधरणसभा तथा दोस्रो अधिवेशनमा बोल्दै व्यवसायीहरुले यस्तो बताएका हुन् । नेपाल उद्योग तथा व्यवसायी महासंघका संयोजक भागिरथ सापकोटाले नीजि क्षेत्रका उद्योगहरु राज्यका सम्पती भएको भन्दै त्यसको सुरक्षा राज्यले नै गर्नुपर्ने बताए । ‘नीजि क्षेत्रहरु राज्यका सम्पती हुन । … Read more

नारायणी किनारमा भूपिनको नयाँ कृति ‘मध्यको उज्यालो’ विमोचित

चर्चित साहित्यकार भूपिन खड्काको नयाँ निबन्ध सङ्ग्रह ‘मध्यको उज्यालो’ गैँडाकोटको नारायणी किनारमा विमोचित भएको छ । निबन्धकार भूपिन, कवि गोविन्दराज विनोदी, लेखक तथा साहित्यकार रोशन शेरचन, समालोचक डा. एक नारायण पौडेल र निमेष निखिल, समालोचक सामना पहाड, बुक हिलका  प्रबन्धक भूपेन्द्र खड्का, अक्षर समूहका अध्यक्ष लेखराम सापकोटाले संयुक्तरुपमा कृतिको विमोचन गरेका हुन् ।  अक्षर समूहका … Read more

उद्योग वाणिज्य संघ चितवनको अध्यक्षमा पन्तद्वारा उम्मेदवारी घोषणा

चितवन । उद्योगी, व्यवसायी, सञ्चारकर्मी, शुभेच्छुक तथा चितवन उद्योग वाणिज्य संघका सदस्यहरूलाई सम्बोधन गर्दै सिरीष पन्तले संघको आसन्न अधिवेशनका लागि अध्यक्ष पदमा आफ्नो उम्मेदवारी औपचारिक रूपमा घोषणा गरेका छन्। पन्तले आफ्नो उम्मेदवारी कुनै व्यक्तिगत महत्वाकांक्षा नभई चितवनका सबै व्यवसायीहरूको साझा आवाजका रूपमा रहेको स्पष्ट गर्दै भने, “म केवल पदको लागि होइन, नयाँ सोच, सशक्त युवा … Read more