भरतपुरमा ५ वर्षीय बालिका आफ्नै घरको पहिलो तलाबाट लडेर गम्भीर घाइते

चितवन, फागुन १- भरतपुर महानगरपालिका–२ क्षेत्रपुर बस्ने जस्मिन खातुनकी ५ वर्षीय छोरी रबियाँ मिया आफ्नै घरको पहिलो तलाबाट लडेर गम्भीर घाइते भएकी छन् । खाना खाने क्रममा लडेर गम्भीर घाइते भएकी बालिकालाई उपचारको लागि भरतपुर अस्पताल लगिएकोमा थप उपचारको लागि चितवन मेडिकल कलेज रिफर गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । बालिकाको शरिरमा … Read more

आन्तरिक राजस्व कार्यालय चितवनमा निःशुल्क करदाता सहायता कक्ष

चितवन, मंसिर ८- आन्तरिक राजस्व कार्यालय भरतपुर परिसरमा निःशुल्क करदाता सहायता कक्ष स्थापना गरिएको छ । उद्योग वाणिज्य सङ्घ चितवनले जिआइजेडको सहयोगमा कक्ष स्थापना गरेको हो । कक्षको शुक्रबार एक कार्यक्रमबीच उद्घाटन गरिएको छ । जिआइजेड नेपालका राष्ट्रिय प्रतिनिधि पाउलिना क्याम्पोस मोन्ट्रेरस, चितवनका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेल, आन्तरिक राजस्व कार्यालयका प्रमुख पुण्यविक्रम खड्का र … Read more

तीन वर्षपछि बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा पुनः ‘मेमोग्राफी’ सेवा

चितवन, मंसिर ५- बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा पुनः ‘मेमोग्राफी’ सेवा सुरुआत गरिएको छ । स्तन क्यान्सर पहिचानका लागि निकै उपयोगी मेसिन बिग्रिएपछि विगत तीन वर्षदेखि सेवा बन्द रहेको थियो । नयाँ मेसिन जडान गरी पुनः सेवा सुरु गरिएको हो । अस्पतालका उपनिर्देशक डा उमेश नेपालका अनुसार इटालीमा बनेको ‘डिजिटल मेमोग्राफी’ स्वास्थ्य सेवा विभागले … Read more

भरतपुरवासीलाई चितवन मेडिकल कलेजमा उपचार गर्दा ५० प्रतिशत छुट

चितवन, मंसिर २- भरतपुर महानगरपालिका र चितवन मेडिकल कलेज (सिएमसी) बीच भरतपुरवासीको स्वास्थ्य उपचारमा छुट सम्बन्धी सम्झौता भएको छ । आइतबार भरतपुर महानगरपालिका सभाहलमा एक कार्यक्रमका बीच सम्झौता पत्रमा महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडल र सिएमसीका निर्देशक प्रताप देवकोटाले संयुक्त रुपमा हस्ताक्षर गर्नुभयो । भरतपुर महानगरवासीले सिएमसीमा उपचार गर्दा होल बडी चेकअपमा ५० प्रतिशत, … Read more

विश्वकप पुग्ने महिला टिमलाई भरतपुर महानगरपालिकाले सम्मान गर्ने

चितवन, कार्तिक ३०– भरतपुर महानगरपालिकाले विश्वकपमा पुग्न सफल नेपाली महिला यु–१९ क्रिकेट टिमलाई सम्मान गर्ने भएको छ । नेपाल चिकित्सक संघको आयोजनामा सुरु भएको प्रथम एनएमए स्पोर्ट्स फेस्ट २०८१ को उद्घाटन गर्दै प्रमुख रेनु दाहालले भरतपुरमा भएको क्रिकेट प्रतियोगितामा सहभागी भएका ११५ जना मध्येबाट अन्तिम १४ मा छनोट भएर एशिया छनोट हुँदै विश्वकपमा पुग्न सफल … Read more

जाडो मौसममा यसरी जोगिन सकिन्छ निमोनियाबाट

चितवन, कात्तिक २९- चिसो मौसममा निमोनिया गराउने ‘भाइरस’ सक्रिय हुने हुँदा यसबाट बच्न विज्ञ चिकित्सकको सुझाव छ । जाडो मौसममा बालबालिकादेखि बृद्धबृद्धासम्मलाई निमोनियाको संक्रमण धेरै हुने जनाउँदै सावधानी अपनाउन सुझाव दिइएको हो । केही वर्ष अघिसम्म राजधानी बाहिर विशिष्टिकृत सेवा अभाव हुँदा बिरामीहरु काठमाण्डौं केन्द्रीत हुने गर्दथे । पछिल्ला दिनहरुमा विशिष्टिकृत सेवा राजधानी बाहिर पनि … Read more

रत्ननगरमा मंसिर ७ गतेदेखि सांस्कृतिक तथा व्यापार महोत्सव हुने

रत्ननगर,कात्तिक २३- पूर्वी चितवनको रत्ननगरमा यही मंसिर ७ गतेदेखि पूर्वी चितवन रत्ननगर सांस्कृतिक तथा व्यापारिक महोत्सव हुने भएको छ । द हेल्पिङ युथ क्लब रत्ननगरको मुख्य आयोजना तथा संयुक्त नेपाल मेला महोत्सव ग्रुप प्रालिको आयोजनामा रत्ननगर वडा नं १ स्थित बसपार्कसंग जोडिएको खुल्लाचौरमा महोत्सव हुन लागेको हो । आयोजकले शुक्रबार सौराहामा पत्रकार सम्मेलनको आयोजना गरी … Read more

भरतपुरको वागीश्वरीमा सामुहिक गौं पूजन एवं गौं कथा कार्यक्रम हुने

चितवन, कात्तिक १३- तिहारको अवसरमा योगी नरहरी नाथ गौं संरक्षण केन्द्र, वागीश्वरीमा त्रि दिवसीय सामुहिक गौं पूजन एवं संगीतमय गौ कथा कार्यक्रम हुने भएको छ । केन्द्रमा यही कात्तिक १५, १६ र १७ गते लक्ष्मी पूजा, गाई पूजा र गोबद्र्धन पूजाको अवसरमा त्रि दिवसीय सामुहिक गौ पूजन एवं संगीतमय गौ कथा कार्यक्रम आयोजना गरिएको हो … Read more

पक्राउ परेका रास्वपा नेता कार्यकर्ता नछुटे सशक्त आन्दोलन हुन्छः सांसद ढकाल

चितवन,कात्तिक १३- राष्ट्रिय स्वतन्त्र पार्टीले पक्राउ परेका नेता कार्यकर्तालाई आधा घण्टाभित्र छाड्न अल्टिमेटम दिएको छ । शुक्रबार अर्थात् कार्तिक २ गते सभापति रवि लामिछाने सहकारी ठगी र सङ्गठित अपराध कसुरमा पक्राउ गरेको विरोधमा रास्वपाले सडक आन्दोलन गरिरहेको छ । सो क्रममा आज बालुवाटार केन्द्रित आन्दोलन गरिरहेको छ । आन्दोलनको क्रममा निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले … Read more

माडी र ठोरी क्षेत्रका बस्तीमा हात्ती छिरेपछि सावधानी अपनाउन चितवन निकुन्जको आग्रह

चितवन, कात्तिक ११- जिल्लाको माडी र पर्साको ठोरी क्षेत्रका बस्तीमा हात्ती छिर्न थालेपछि सावधानी अपनाउन चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले आग्रह गरेको छ । यस क्षेत्रमा जङ्गली हात्ती देखिएकाले रातको समयमा एक्लै हिँडडुल नगर्न स्थानीयलाई निकुञ्जले अनुरोध गरेको हो । यस क्षेत्रमा विगत एक सातादेखि जङ्गली हात्ती समूहमा देखिन थालेकाले आवश्यक सावधानी अपनाउन स्थानीयलाई अनुरोध गरिएको … Read more