घिसिङसँगको सहमति औपचारिक प्रक्रियामाः सभापति लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले हिजोमात्रै मन्त्री पदबाट राजीनामा दिनुभएका कुलमान घिसिङसँग भएको सहमतिलाई अब पार्टी प्रक्रियामार्फत औपचारिकता दिने तयारी भइरहेको बताउनुभएको छ । आज चितवन जिल्ला अदालतमा उपस्थित भएर फर्कने क्रममा पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै सभापति लामिछानेले भन्नुभयो, “उहाँसँग सरकारमै रहनुभएको समयमा हामीले सहमति गरेका थियौंँ । अब उहाँले राजीनामा दिएर … Read more

बागमतीमा कांग्रेसका तर्फबाट चितवनकी गीता देवकोटाले दर्ता गरिन् उम्मेदवारी

बागमतीमा राष्ट्रियसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेसकी गीता देवकोटाले उम्मेदवारी दर्ता गराएकी छिन् । सत्ता गठबन्धनको तर्फबाट उनले मनोनयन दर्ता गराएकी हुन् । चितवनकी देवकोटाले बागमती प्रदेशसभा सदस्य किरण थापा प्रस्तावक र रत्ननगर नगरपालिकाका मेयर प्रल्हाद सापकोटा समर्थनमा मनोनयन दर्ता गराएकी छन् ।

चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा नौ गैँडाको मृत्यु

चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा साउनयता नौ वटा गैँडा मरेका छन् । निकुञ्ज क्षेत्र र मध्यवर्ती सामुदायिक वन क्षेत्र एवं आसपासमा ती गैँडा मरेका हुन् । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरका अनुसार साउनयता पाँच वटा भाले र तीन वटा पोथी गैँडा मरेका हुन् । एउटाको लिङ्ग पहिचान हुन नसकेको उहाँले जानकारी … Read more

चितवनमा घाँसदाउरा काट्न जंगल गएका व्यक्तिको गैँडाको आक्रमणबाट मृत्यु

चितवनमा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। सोमबार दिउँसो चितवनको भरतपुर महानगरपालिका-१२ स्थित रामबेल सामुदायिक वनको कालिमाटी घोलनजिक घाँसदाउरा काट्न गएका बेला ५६ वर्षीय बाबुकाजी क्षेत्रीलाई गैँडाले अचानक आक्रमण गरेको हो। गैडाको आक्रमणबाट उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। पोस्टमार्टमका लागि शव हिजै साँझ भरतपुर सरकारी अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

चितवन निकुञ्जमा पहिलो भागको बाघ गणना सकियो

चितवन राष्ट्रिय निकुञ्जमा यही पुस ३ गतेदेखि सुरु भएको बाघ गणना जारी रहेको छ । चितवन र पर्सा राष्ट्रिय निकुञ्जलाई एउटा ब्लक बनाएर गाणना गरिँदैछ भने पहिलो भागको गणना भने सकिएको छ । निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरका अनुसार पहिलो भागको गणना सकेर क्यामेरा उठाउने काम सुरु गरिएको छ । उहाँले भन्नुभयो, “शनिबारदेखि क्यामेरा … Read more

चितवन उद्योग संघको कार्यसमिति महिला सदस्य पदमा बिन्जु राजकर्णीकार श्रेष्ठको उम्मेदवारी

भरतपुर । चितवन उद्योग संघको आगामी निर्वाचनका लागि बिक्यु फेसन जोन तथा बृषा ज्वेलर्स भृकुटीपथ नारायणगढमा सञ्चालन गर्दै आउनु भएकी महिला उद्यमी बिन्जु राजकर्णीकार श्रेष्ठ ले कार्यसमिति सदस्य (महिला) पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ। लामो समयदेखि महिला उद्यमशीलताको क्षेत्रमा सक्रिय रहँदै आउनु भएकी राजकर्णीकार श्रेष्ठले २०८२–२०८४ कार्यकालका लागि हुने निर्वाचनमा महिला नेतृत्वलाई सबल बनाउने उद्देश्यसहित … Read more

नारायणगढ–गैँडाकोट आइकोनिक केबल–स्टेड पुल निर्माणले लियो गति

नारायणगढ र गैँडाकोट जोड्ने नारायणी नदीमाथि आधुनिक प्रविधियुक्त केबल–स्टेड ‘आइकोनिक पुल’ निर्माणले गति लिएको छ । निर्माण कम्पनी तुँदी कन्स्ट्रक्सन प्रालिले एक महिनाअघि पुल निर्माणको काम सुरु गरेको हो । कम्पनीका स्ट्रक्चरल इन्जिनियर सन्देश त्रिपाठीका अनुसार हाल पुल निर्माणको काम ‘टेस्टिङ फेज’मा रहेको छ । प्रारम्भिक ‘डिजाइन’ तयार गर्दा गरिएको प्रयोग (एक्सपेरिमेन्ट) र त्यसबाट प्राप्त … Read more

भरतपुरमा भूमिगत विद्युतीकरणको काम ८३ प्रतिशत सम्पन्न

भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणको काम ८३ प्रतिशत सम्पन्न भएको छ । मुख्य राजमार्गका केही स्थानमा बाहेक अन्य क्षेत्रमा भूमिगतको काम सम्पन्न भएको हो । नेपाल विद्युत् प्राधिकरणको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाका प्रमुख इञ्जिनियर आनन्द सुवेदीका अनुसार महानगरपालिको मुख्य सहरी क्षेत्रअन्तर्गत हाकिमचोक, केन्द्रीय बस टर्मिनल, सहिदचोकदेखि वीरेन्द्र क्याम्पससम्म भूमिगत विद्युतीकरणको लाइन … Read more

दुई वर्षमा बन्नुपर्ने वाल्मीकि आश्रम पुग्ने झोलुङ्गे पुल नौ वर्ष लाग्यो, तीनवर्ष भयो अझै सञ्चालनमा आएन

पवित्र धार्मिक तीर्थस्थल वाल्मीकि आश्रम पुग्ने झोलुङ्गे पुल निर्माण भएको तीन वर्ष बितिसक्दा समेत सञ्चालनमा आउन सकेको छैन । चितवन राष्ट्रिय निकुञ्ज हुँदै जानुपर्ने भएकाले पुल सञ्चालनमा आउन नसकेको हो । विसं २०७० सालको असार ३० गते नेपाली भू–भाग हुँदै सीधै वाल्मीकि आश्रम पुग्नेगरी नारायणी नदीमा झोलुंगे पुल बनाउने सम्झौता गरिएको थियो । दुई वर्षमा … Read more

चितवनमा तेह्रौँ राष्ट्रिय पोल्ट्री दिवस बाजागाजासहित मनाइयो

तेह्रौँ राष्ट्रिय पोल्ट्री दिवस आज यहाँ बाजागाजासहित प्रभातफेरी गरेर मनाइएको छ । नेपाल कुखुरा व्यवसायी मञ्चको आयोजनामा पोल्ट्रीसँग सम्बन्धित विभिन्न सङ्घसंस्था र क्याम्पसका विद्यार्थीहरुको सहभागितामा पञ्चैबाजा, झाँकीसहित प्रभातफेरीका साथ दिवस मनाइएको हो । देशमा कुखुरापालन सुरु भएको दिनको सम्झनामा हरेक पुस १७ गते पोल्ट्री व्यवसायीहरुले यो दिवस मनाउने गरेका छन् । चितवन औद्योगिक प्रदर्शनी परिसरबाट … Read more