डिजिटल बोर्ड ह्याक गरिएको नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रको दाबी

प्रधानमन्त्रीविरुद्ध आपत्तिजनक शब्दहरु डिजिटल बोर्डमा डिस्प्ले भएको विषयमा नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले छानबिन गर्ने बताएको छ । यस्तो कार्यालयमा संलग्न जोकसैलाई कानूनको दायरामा ल्याउन पत्राचारसमेत गरिएको प्राधिकरणले जनाएको छ । आज एक विज्ञप्ति निकाल्दै प्राधिकरणको भरतपुर वितरण केन्द्रले घटनालाई लिएर पहिलो औपचारिक प्रतिक्रिया दिएको हो । डिजिटल बोर्ड ह्याक गरिएको दाबी प्राधिकरणको छ । … Read more

२५ करोड लोड गरिएको ट्रक जाँदै थियो केरुङ, झोर क्षेत्रबाटै लिइयो नियन्त्रणमा

काठमाडौंको टोखा नगरपालिकास्थित झोर क्षेत्रबाट २५ करोड रुपैयाँ बराबरको यूरो र अमेरिकी डलर लोडेड ट्रक प्रहरीले सोमबार राति नियन्त्रणमा लियो। ना ७ ख १६५२ नम्बरको उक्त ट्रक सिन्धुपाल्चोकका ४३ वर्षीय कुसान लामाले हाकिरहेका थिए। भोटेकोशी गाउँपालिका–१ का लामाले चालक सिट पछाडि फल्स बटम बनाएर रकम लुकाएका थिए। पक्राउ परेका लामालाई प्रहरीले मंगलबार दिउँसो पत्रकार सम्मेलनमार्फत … Read more

आगामी डेढ महिनामा कीर्तिपुर मैदानमा फ्लडलाइट र प्यारापिट बनिसक्ने

शहरी विकास मन्त्रालयले आगामी डेढ महिनामा कीर्तिपुर क्रिकेट मैदानमा फ्लडलाइट र प्यारापिट निर्माणको कार्य पूरा भइसक्ने बताएको छ । मंगलबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै यस्तो जानकारी दिइएको हो । मंगलबार मन्त्रालयको वित्तिय प्रगति सार्वजनिक कार्यक्रममा ०८२ वैशाख २४ गते भित्र कीर्तिपुर क्रिकेट मैदानमा प्यारापिट निर्माण र फ्लडलाईट जडान कार्य सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भइसकेको … Read more

सौर्य एयरलाइन्स दुर्घटनाबारे छानबिनको माग

सांसदहरुले गत साउनमा भएको सौर्य एयरलाइन्स दुर्घटनाबारे छानबिनको माग गर्नुभएको छ । आज राष्ट्रियसभा बैठकको शून्य समयमा सांसद धनश्याम रिजाल गत साउनमा दुर्घटना भएका सौर्य एयरसलाइन्सको दुर्घटनाबारे सत्यतथ्य छानबिनको माग गर्नुभयो । “उक्त जहाज दुर्घटना भएको आठ महिना वितिसक्दा पनि छानबिन गरेर प्रतिवेदन तयार गर्न सकेको छैन । दुर्घटनामा ज्यान घुमाउने मृतकका आफन्तले छानबिनको माग … Read more

यातायातमा नयाँ नियमको तयारी : १८ वर्षमा लाइसेन्स, बालबालिकालाई अगाडि राख्न नपाइने

सवारी दुर्घटना बढेपछि सरकारले चालक अनुपतिपत्र (लाइसेन्स) वितरणमा नयाँ नियम लागु गर्ने तयारी गरेको छ ।  दुर्घटनाको अनुपात र त्यसको कारण पहिचान गर्दै सरकारले लाइसेन्स वितरणमा नयाँ नियम लागु गर्ने भएको छ । पछिल्लो पाँच आर्थिक वर्षमा एक लाख पाँच हजार ९४५ सवारी साधन दुर्घटनामा परेका छन् । देशभर आर्थिक वर्ष २०७७/७८ देखि ०८१/०८२ माघ … Read more

आजदेखि भारतबाट १२ घण्टा मात्रै बिजुली, प्राधिकरण भन्छ- तत्काल लोडसेडिङ हुँदैन

नेपाल विद्युत् प्राधिकरणले भारतबाट आयात गर्दै आएको बिजुली आजबाट सोलार समय अर्थात् १२ घण्टा मात्रै आपूर्ति हुने भएको छ । विद्युत् आपूर्ति नियमित गरेर लोडसेडिङ हुन नदिन प्राधिकरणले भारतबाट बिजुली किन्ने गरेको छ। भारतबाट आउने बिजुली कटौतीमा परेपछि लामो समयपछि नेपालमा फेरि लोडसेडिङ हुनसक्ने समेत चर्चा छ । तर, भारतबाट आपूर्ति हुने बिजुलीको समयमा कटौती … Read more

रिसाएका जनताको असन्तुष्टि सम्बोधनमा सचेत बनौं : गगन थापा

नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधसभा सदस्य गगनकुमार थापाले जनताको असन्तुष्टि समयमै सम्बोधन गर्नुपर्ने धारणा राखेका छन्। प्रतिनिधिसभाको आजको बैठकमा विशेष समयमा बोल्दै थापाले जनताको असन्तुष्टिलाई हल्का रुपमा लिएर अहंकार राख्न नहुने बताएका हुन्। ‘असन्तुष्ट जनताभित्र आक्रोश छ। यसलाई नजरअन्दाज गर्नु हुँदैन। केही पनि भएको छैन, यो केही होइन भन्ने अहंकार कसैले राख्न हुँदैन। जनताको असन्तुष्टि … Read more

विमानस्थलमा प्रहरी : सुरक्षा जाँच गर्छन् कि एक अर्काको जासुसी ?

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षा जाँच गर्न वर्दी लगाएका प्रहरीहरु व्यवस्थित रुपमा तैनाथ गरिन्छन्। उनीहरु सुरक्षा जाँच गर्ने तोकिएको स्थानमा तैनाथ हुन्छन् र उनीहरुले यात्रुलाई निषेध गरिएका वस्तुहरु विमानसम्म लैजानबाट रोक्छन्।यो विमानस्थलमा हुने सुरक्षा जाँचको अन्तर्राष्ट्रिय अभ्यास हो। तर, त्यही विमानस्थलमा प्रहरीकै अर्को टोली पनि परिचालन गरिन्छ। दोस्रो टोलीका सदस्यहरुले वर्दी लगाएका हुँदैनन्। सादा पोसाकमा तैनाथ … Read more

पूर्वराजा ज्ञानेन्द्रको काठमाडौंमा भव्य स्वागत (तस्बिरहरू)

पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौं आइपुगेका छन्। पोखराबाट चार्टर जहाजमार्फत आएका पूर्वराजा ज्ञानेन्द्रको काठमाडौंमा भव्य स्वागत गरिएको छ। पूर्वराजा शाहलाई पोखरा विमानस्थलमा समर्थकहरूले काठमाडौंका लागि बिदाइ गरेका थिए। समिट एयरको चार्टर जहाजमार्फत पूर्वराजा शाह काठमाडौं पुगेका हुन्। समर्थकले शाहलाई निर्मल निवास पुर्‍याउनेछन्।

पूर्वराजा ज्ञानेन्द्रलाई विमानस्थलमा स्वागत गर्न राजेन्द्र लिङ्देन जाँदै

पूर्वराजा ज्ञानेन्द्र शाहलाई त्रिभुवन विमानस्थलमा स्वागत गर्न काठमाडौंमा भव्य र्‍यालीको तयारी भइरहेको छ। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन समेत सो र्यालीमा उपस्थित हुने भएका छन्। पार्टीले स्वागतको जिम्मा प्रमुख सचेतक ज्ञानेन्द्र शाही र प्रवक्ता मोहन श्रेष्ठलाई दिएको छ। यद्यपि लिङ्देन पनि पूर्वराजालाई स्वागत गर्न जाने राप्रपा प्रवक्ता मोहन कुमार श्रेष्ठले जानकारी दिएका छन्। राप्रपाले गौशाला र … Read more