सुनको मुल्य दुई लाख ५० हजार नाघ्यो

स्थानीय बजारमा शुक्रबार सुनको मूल्य प्रतितोला २ हजार २ सय रूपैयाँले बढेको छ। शुक्रबार सुन प्रतितोला दुई लाख ५० हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार सुन प्रतितोला दुई लाख ४८ हजार चार सय रूपैयाँ  कायम भएको  थियो। त्यस्तै आज शुक्रबार चाँदीको मूल्य भने तोलामा ६५ रूपैयाँ वृद्धि … Read more

एनपिएल क्रिकेटः चितवन र काठमाडौँ तथा कर्णाली र विराटनगर भिड्दै

राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज पनि दुई खेल हुँदैछन् । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा पहिलो खेल ११ः४५ चितवन राइनोज र काठमाडौँ गोर्खाज तथा दोस्रो खेल अपराह्न ४ः०० कर्णाली याक्स र विराटनगर किङ्सबीच हुनेछ । चितवन चार अङ्कका साथ अङ्क तालिकाको तेस्रो स्थानमा छ भने काठमाडौँले खेलमा दुई अङ्क मात्र … Read more

रवि र छविको मुद्दाको सुनुवाइ स्थगित

बुटवलको सुप्रिम सहकारी संस्थाको रकम ठगी र संगठित अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दाको सुनुवाइ स्थगित भएको छ । उनीहरुको मुद्दा बिहिबार न्यायाधीशद्वय मिलनकुमार राई र सानुमैया डंगोलको ३ नं इजलाशमा परेको थियो । रविका कानून व्यवसायीले आजको सुनुवाइ स्थगित गरीपाउँ भनी … Read more

एनपीएलः लुम्बिनी र सुदूरपश्चिम भिड्दै, पहिलो जितको खोजीमा जनकपुर र पोखरा

दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबार दुई खेल हुँदैछन्। बिहान ११ः४५ बजे सुरु हुने पहिलो खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ । दोस्रो खेलमा दिउँसो ४ बजे जनकपुर बोल्टस र पोखरा एभेन्जर्सले पहिलो अंकका लागि संघर्ष गर्नेछन् । दुवै खेल बिहान र साँझ त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुनेछन्। तीन खेल खेल्दा … Read more

चितवन सहितका राष्ट्रिय निकुञ्जमा गतवर्ष रोकिएको बाघ गणना आगामी पुस १ गतेदेखि सुरु हुने

आगामी पुस १ गतेदेखि बाघ गणना थालिने भएको छ । पर्सा, चितवन, बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणना गर्न लागिएको हो । तीन महिना लगाएर बाघ गणना गर्न लागिएको हो । हरेक चार–चार वर्षमा बाघ गणना गरिँदै आएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका वरिष्ठ इकोलोजिष्ट हरिभद्र आचार्यका अनुसार पुस, माघ … Read more

नेपालमा केही भएको छैन भन्ने भाष्य निर्माण गर्नु गलत होः स्वर्णिम वाग्ले

अर्थविद् डा. स्वर्णिम वाग्लेले नेपालमा केही भएको छैन भन्ने भाष्य निर्माण गर्नु गलत हुने बताउनुभएको छ । राष्ट्रिय युवा परिषद्ले बुधवार आयोजना गरेको कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले २०४८ सालपछिको निर्वाचित सरकारले लिएको आर्थिक नीतिका कारण नेपालमा धेरै परिवर्तन भएको बताउनु भयो । यसलाई सबैले स्वीकार गर्नुपर्ने उहाँको भनाई छ । उहाँकाअनुसार २०४८ … Read more

एनपीएलमा आज चितवन र विराटनगर खेल्दै ? कस्तो होला सन्दीप र कुशलको भिडन्त ?

दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बुधबार विराटनगर किंग्स र चितवन राइनोज भिड्दैछन्। विराटनगर सन्दीप लामिछाने कप्तान रहेको टिम हो भने चितवनका कप्तान कुशल मल्ल हुन्। यो खेल मंगलबार दिउँसो ४ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुँदैछ। तीन खेल खेलिसकेको विराटनगरले लगातार जित निकाल्दै ६ अंक जोडिसकेको छ। दुई खेल मात्र खेलेको चितवनको … Read more

भरतपुरमा भारतीय ग्याँस बुलेटको ठक्करबाट एक किशोरीको मृत्यु

भरतपुरमा भारतीय ग्याँस बुलेटको ठक्करबाट एक किशोरीको मृत्यु भएको छ। आज मंगलबार बिहान ७ बजेतिर भरतपुरको मालपोत चोकमा काठमाडौंबाट वीरगञ्जतर्फ जाँदै गरेको एनएल ०१ एल २४५३ नम्बरको भारतीय ग्याँस बुलेटले बागमती प्रदेश ०६–००५ प ३०५४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँएको हो । दुर्घटनामा मोटरसाइकल चालक लमजुङको मध्यनेपाल नगरपालिका–३ बस्ने ५२ वर्षीय राजकुमार श्रेष्ठ समान्य घाइते भएका … Read more

एकै दिन सुनको मूल्य ५ हजार २०० रुपैयाँले बढ्यो

मंगलबार एकैदिन सुनको मूल्य तोलामा पाँच हजार २०० रुपैयाँ बढेको छ। सुनको मूल्य मंगलबार बढेर तोलामा २ लाख ४७ हजार ९०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार सुनको मूल्य तोलामा २ लाख ४२ हजार ७०० रुपैयाँ कायम भएको थियो । यस्तै चाँदीको मूल्य पनि बढेको छ । सोमबार तोलामा ३ हजार … Read more

चितवनमा दुर्घटनामा वृद्धि स्गत साउनदेखि कात्तिकसम्म २९ जनाले ज्यान गुमाए

गत चार महिनामा जिल्लामा भएका सवारी दुर्घटनामा २९ जनाले ज्यान गुमाएका छन् । यसमध्ये २१ पुरुष छ जना महिला र बालबालिका दुई जना रहेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक अनिल थापाका अनुसार चालु आर्थिक वर्षको साउनदेखि कात्तिक मसान्तसम्ममा भएका दुई सय २४ दुर्घटनामा उनीहरूको ज्यान गएको हो । यस्तै ती दुर्घटनामा … Read more