प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति आउन अब ९० दिन बाँकी छ । निर्वाचनको दिन नजिकिँदै जाँदा निर्वाचन आयोगले आवश्यक तयारीलाई तीव्र पारेको छ । राजनीतिक दलहरूले पनि निर्वाचनलाई केन्द्रमा राखेर आन्तरिक तयारी तीव्र पारेका छन् । आयोगले निर्वाचन कार्यक्रमअन्तर्गत शनिबारदेखि नै समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम सञ्चालन गर्ने भएको छ … Read more

एनपिएलमा आज लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै

त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग ९एनपिएल०अन्तर्गत आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स भिड्दैछन् । छ खेलबाट छ अङ्क जोडेको लुम्बिनीलाई प्लेअफ पुग्न अति आवश्यक छ । लुम्बिनीले जितेमा पोखरा एभेन्जर्स, चितवन राइनोज र जनकपुर बाहिरनेछ । जनकपुरले हालसम्म पाँच खेलबाट दुई अङ्क मात्र पाएको छ।

बालेन र कुलमानबीच एकता भएको सुधनको दाबी

काउन्सिल अफ जेन-जीका केन्द्रीय संयोजक सुधन गुरुङले काठमाडौं महानगरका मेयर बालेन्द्र साह र ऊर्जामन्त्री कुलमान घिसिङबीच एकता भएको दाबी गरेका छन् । अब थप एकता संवादको लागि रवि लामिछानेलाई भेट्न लागेको उनको भनाइ छ । फेसबुकमा गुरुङले लेखेका छन्, ‘बालेन र कुलमानको एकतापछि हामीले गरेको बाचा अनुसार आज एकता संवादको लागि रवि लामिछानेसँग भेट गर्दैछौं … Read more

कुलमान र खगेन्द्र एउटै चुनाव चिह्न लिएर चुनाव लड्ने निर्णयबाट पछि हटे

एउटै चुनाव चिह्न लिएर चुनाव लड्ने निर्णयबाट ऊर्जामन्त्री कुलमान घिसिङ र अभियन्ता खगेन्द्र सुनार नेतृत्व पछि हटेका छन् । ऊर्जामन्त्री घिसिङको समर्थनमा खुलेको उज्यालो नेपाल पार्टी र अभियन्ता खगेन्द्र नेतृत्वको हाम्रो नेपाल पार्टीले एउटै चुनाव चिह्नमा चुनावी प्रतिस्पर्धा गर्ने सहमतिबाट पछि हटेका हुन् । हाम्रो नेपाली पार्टीका उम्मेदवार उज्यालो नेपाल पार्टीको चुनाव चिह्न चिमबाट चुनावी … Read more

प्रधानमन्त्री बन्ने आकांक्षासहित गगन थापाले भने- म १५औँ महाधिवेशनमा सभापतिको उम्मेदवार हो

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफू पार्टीको १५ महाधिवेशनमा सभापतिमा लड्ने घोषणा गरेका छन् । थापाले हिमालय टेलिभिनको यक्ष प्रश्नमा निमेष बन्जाडेसँगको अन्तर्वार्तामा प्रधानमन्त्रीको आकांक्षा व्यक्त गर्दै १५औँ महाधिवेशनमा सभापतिको उम्मेदवार हुने घोषणा गरे । ‘अधिवेशनको थिति–मिति तय भएपछि म पहिलोपटक यो अन्तर्वार्तामा बसेँ’, उनले भने, ‘म १५औँ महाधिवेशनको सभापतिको उम्मेदवार हो । मलाई के … Read more

मार्गशीर्ष शुक्ल पूर्णिमाः आज किराँत समुदायका उँधौली पर्व

मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज पितृको मान र प्रकृतिको सम्मानका रूपमा किराँत समुदायले उँधौली पर्व मनाउँदैछन् । किरात समुदायका याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उँधौली सकेला र लिम्बूहरूले चासोक तङ्नाम पर्वका नाममा उँधौली धुमधामसँग मनाउँदैछन् । लिम्बूहरूले चासोक तङ्नाम पर्व तीन दिनअघि नै मनाउन सुरु गरेका थिए । यो पर्वको पहिलो दिन थियो । आज … Read more

सरकार उल्टो बाटो हिँड्दैछ, राजसंस्था र प्रदेशबारे जनमत संग्रह गरौँः दुर्गा प्रसाईं

नागरिक बचाउ दलका संरक्षक दुर्गा प्रसाईंले वैदिक सनातन हिन्दु धर्म, राजसंस्था, प्रदेश र प्रत्यक्ष कार्यकारीको विषयमा जनमत संग्रहमा जान आग्रह गर्नुभएको छ । आफूले अन्तरिम सरकारसँग विभिन्न बुँदामा मागहरु राखेको उल्लेख गर्नुहुँदै वैदिक सनातन हिन्दु धर्म, राजसंस्था, प्रदेश र प्रत्यक्ष कार्यकारीको विषयमा जनमत संग्रहमा जान आग्रह गर्नुभएको हो । उहाँले लडाईं नचाहने हो भने जनमत … Read more

९ वटा भवनबाट सेवा दिइरहेको भरतपुर महानगरपालिकाको ५३ करोडको भवन बन्दै,काम अन्तिम चरणमा

भरतपुर महानगरपालिकाको २२१ कोठाको निर्माणाधीन छ तले भवन प्रायः पूरा भएको छ । महानगरपालिकाका इन्जिनियर सन्तोष आचार्यका अनुसार रु ५३ करोड ३२ लाख ४१ हजारको लागतमा निर्माणाधीन भवनको ८८ प्रतिशत काम पूरा भएको छ । आफ्नै भवन नहुँदा महानगरपालिकाले नौ वटा भवनबाट सेवा प्रवाह गरिरहेको छ । रासस

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी पक्राउ

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसहित दुई जनालाई पक्राउ गरेको छ। अख्तियारले दुई जनालाई नियन्त्रणमा लिएर मुद्दा दर्ता गर्नका लागि विशेष अदालतमा पुर्‍याएको छ। विशेष अदालतका उपरजिस्ट्रार कृष्णशरण लामिछानेका अनुसार ६ जनाविरूद्ध भ्रष्टाचारको मुद्दा पेस भएको छ। ‘दुई जना पक्राउ हुनुहुन्छ। अरू फरार छन्। भ्रष्टाचारको मुद्दा पेस भएको छ। ६ जना … Read more

तनहुँको एउटै गाउँबाट दुई करोडभन्दा बढीको सुन्तला बिक्री

तनहुँको व्यास नगरपालिका–१३ स्थित बेनीकोट गाउँका किसानले यसवर्ष रु दुई करोड बराबरको सुन्तला बिक्री गरेका छन् । सदरमुकाम दमौलीबाट सात किलोमिटर दुरीमा अवस्थित बेनीकोटका किसानलाई यतिबेला बारीमा फलेका सुन्तला टिप्ने र सुन्तला मिलाउने काममा भ्याइनभ्याइ छ । बेनीकोटका किसान फलबहादुर थापाले आफूले यस वर्ष रु १६ लाख ५० हजारको सुन्तला बिक्री गर्नुभएको बताउनुभयो । सिद्धबेनी … Read more