चितवन–२ मा मिना खरेल र रवि लामिछाने बीच कडा भिडन्त, मिना पक्ष झन् बलियो बन्दै

चितवन – फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा देशैभर चुनावी माहोल तातिरहेको छ। उम्मेदवारहरूलाई मतदाताहरुको घर-घरमा पुगेर भोट माग्न भ्याईनभ्याई छ। निर्वाचन नजिकिँदै जाँदा चितवन क्षेत्र २ राष्ट्रिय राजनीतिको केन्द्रबिन्दु बनेको छ। यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेपाली कांग्रेसकी उम्मेदवार मिना खरेल बीच कडा प्रतिस्पर्धा देखिएको छ। विगत … Read more

प्रत्येक महिना प्रधानमन्त्रीले जनतालाई हिसाब बुझाउनुपर्ने ‘प्रतिज्ञापत्र’ ल्याउँछौँः सभापति थापा

काठमाडौं, माघ २८- नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी निर्वाचनमा पार्टीले परम्परागत घोषणापत्रको सट्टा प्रतिज्ञापत्र सार्वजनिक गर्ने बताएका छन् । सिरहामा आयोजित एक चुनावी सभालाई सम्बोधन गर्दै थापाले अबको राजनीति पाँचवर्षे योजनामा मात्र सीमित नभई दैनिक कार्यसम्पादन र जवाफदेहितामा आधारित हुनुपर्नेमा उनले जोड दिए । सभापति थापाले प्रस्तावित नयाँ सरकारी मोडेलका बारेमा चर्चा गर्दै फागुनमा … Read more

रामेछाप बस दुर्घटना : ५ जनाको मृत्यु, ६ जना घाइते

२७ माघ । रामेछापमा दुर्घटना भएको बसमा पाँच जनाको मृत्यु भएको छ । काठमाडौंबाट रामेछापको धोबी हुँदै ओखलढुंगाको पोकली लागि छुटेको बस तामाकोशी नदीमा खसेको थियो । दुर्घटनाबाट उद्धार गरेर अस्पताल पुर्‍याइएका पाँच जनाको मृत्यु भएको रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले बताए । दुर्घटनास्थबाट उद्धार गरिएका ११ जनामध्ये गम्भीर घाइते भएका ५ जनाको मृत्यु … Read more

निर्वाचन २५ दिन बाँकी, कसलाई मतदान गर्नुहुन्छ भनेर मतदाताको गोप्यता भङ्ग नगर्न आग्रह

काठमाडौँ, माघ २५- सामाजिक सञ्जालको प्रयोग गरी र केही अनलाइन सञ्चारमाध्यमले सर्वसाधारण तथा मतदातासँग कसलाई मत दिनुहुन्छ भनेर मतदाताको गोपनियता भङ्ग गरेकामा जिल्ला निर्वाचन कार्यालय काठमाडौँले आपत्ति जनाएको छ । निर्वाचन कार्यालयले निर्वाचन आचारसंहिताको पालना गर्न ध्यानाकर्षण गराउँदै मतदाताको गोपनियता भङ्ग गर्ने कार्य नगर्न÷नगराउन अनुरोध गरेको हो । निर्वाचन आचारसंहिता, २०८२ को दफा ४ बमोजिम … Read more

निपाह भाइरसको सङ्क्रमण फैलिन नदिन पश्चिमी नाकामा निगरानी

दोधारा चाँदनी (कञ्चनपुर), माघ २०- छिमेकी मुलुक भारतमा निपाह भाइरसको सङ्क्रमण देखिएपछि नेपालमा फैलिन नदिन भारतसँग जोडिएका पश्चिमी सीमा नाकामा निगरानी बढाइएको छ । भारतसँग जोडिएका सुदूरपश्चिमका पाँच नाकामा नेपाल भित्रिने यात्रुमाथि निगरानी बढाएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका भेक्टर कन्ट्रोल निरीक्षक हेमराज जोशीले जानकारी दिनुभयो । उहाँका अनुसार कैलालीको गौरीफन्टा र खकरौना, दार्चुलाको खलङ्गा, बैतडीको झुलाघाट … Read more

बालेनको चुनावी प्रचारमा सहभागी पत्रकार दिनेश सिटौलाको निधन

काठमाडौँ, माघ १८- चलचित्र पत्ररका संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको निधन भएको छ । ग्राण्डी अस्पतालले आज विज्ञप्ति निकालेर उनको आज दिउँसो १२ः४५ बजे निधन भएको जानकारी दिएको हो । अछाममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा काठमाडौंका पूर्वमेयर बालेन्द्र शाह (बालेन) को चुनावी प्रचारमा सहभागी भइरहेका बेला एक्कासी बेहोस भएका थिए … Read more

सुनचाँदीको मूल्यमा नयाँ कीर्तिमान कायम , सुनको मूल्य तीन लाख ३९ हजार ३००

स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य तीन लाख ३९ हजार ३०० र त्यति नै चाँदीको मोल रु सात हजार ५०५ कायम भएको छ । बुधबार एक तोला छापावाल सुनको मूल्य रु तीन लाख १८ हजार ८०० र त्यति नै … Read more

दमौलीमा आज बिहान स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु

पृथ्वीराजमार्गअन्तर्गत म्याग्दे गाउँपालिका–१ गुणादीमा आज बिहान स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकका भरतपुर महानगरपालिका–१६ की २७ वर्षीया सुमित्रा थापाको मृत्यु भएको हो । दुर्घटनामा स्कुटर चालक म्याग्दे गाउँपालिका–३ का २७ वर्षीय पुरन मगर घाइते भएका छन् … Read more

मुस्ताङ, हुम्ला र बाजुरामा वर्षासँगै भारी हिमपात

मङ्गलबार रातिदेखि जिल्लाका विभिन्न भेगमा भारी हिमपात भएको छ । यहाँका डाँडाकाँडा पूरै सेताम्मे भएका छन् । अधिकांश स्थानमा वर्षा पनि भएको छ । सशस्त्र भारी हिमपात कारण कागबेनी–कोरला सडक अवरुद्ध भएको छ । केही स्थानमा दुई फिटभन्दा बढी हिउँ जमेको छ । हिउँ परेसँगै स्याउ, उवा, फापर, जौँ र आलुलगायत बाली सप्रने आशा पलाएको … Read more

सुनको मूल्य साढे ९ हजारले बढ्यो, तोलाको तीन लाख १८ हजार ८००

स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु तीन लाख १८ हजार ८०० त्यति नै चाँदीको मोल रु सात हजार ३०० कायम भएको छ । मङ्गलबार एक तोला छापावाल सुनको मूल्य रु तीन लाख नौ हजार ३०० त्यति नै चाँदीको … Read more