एनपीएलः चितवन राइनोज आज कर्णाली याक्ससंग भिड्दै

दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो दिनको पहिलो खेलमा आज चितवन राइनोज र कर्णाली याक्स भिड्दैछन् । खेल विहान ११ः४५ बजे टियु अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सुरु हुनेछ । आज दुवै टिम प्रतियोगितामा विजयी सुरुवात गर्ने दाउमा छन् । पहिलो संस्करणमा यी दुवै टिम टप ४ मा पुगेका थिए । कर्णाली तेस्रो भयो भने … Read more

जेन-जीलाई मन्त्री पुनले भनेः तिमीहरुका सबै माग पूरा गर्न सक्दिन,आगामी निर्वाचनपछि आफ्नै सरकार बनाउ, आफैँ पूरा गर

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले गाउँ फर्किन जेन–जी युवाहरुलाई आग्रह गर्नुभएको छ । सोमवार सिंहदरबारस्थित मन्त्रालयमा जेन–जी २.० ले बुझाएको ज्ञापन पत्र ग्रहण गर्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो । उहाँले कतिपय मागहरु पूरा गर्न नसक्ने किसिमा रहेको भन्दै अब आगामी निर्वाचनबाट युवा जिताएर ल्याउन र आफ्नै सरकारबाट सबै मागहरु पूरा गर्न आग्रह गर्नुभयो … Read more

बंगलादेशी अदालतले सुनायो शेख हसिनालाई मृत्यदण्डको सजाय

मानवताविरुद्धको अपराध गरेको भन्दै बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई त्यहाँको एक अदालतले मृत्युदण्डको सजाय सुनाएको छ । गत वर्ष जुलाई-अगस्टमा भएको आल्दोलन दबाउन उनले मानवताविरुद्धको अपराध गरेको भन्दै त्यहाँको अदालतले मृत्युदण्डको सजाय सुनाएको हो । बंगलादेशी मिडिया द डेली स्टारका अनुसार त्यहाँको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणको तीन सदस्यीय इजलासले सोमबार हसिनाविरुद्ध यस्तो आदेश गरेको हो । भारतमा … Read more

मौलाकालीका केबलकार भोलिबाट सञ्चालन हुने

मौलाकाली केबलकार सञ्चालनमा आउने भएको छ । गैंडाकोटस्थित मौलाकाली केबलकार दुई महिनापछि सञ्चालनमा आउने भएको हो । अस्ट्रियाबाट आएका इन्जिनियरले केबलकारको मर्मत तथा पुनर्निर्माणको काम गरेर आज (सोमबार) बिहानबाट परीक्षण सुरु भएको केबलकारका स्टेसन म्यानेजर सुरज पौडेलले जानकारी दिए । योसँगै अब केबलकार व्यवसायिक रुपमा भोलि (मंगलबार) साँझबाट सञ्चालनमा आउने उनले बताए । केबलकारको माथिल्लो … Read more

हर्क भन्छन्ः सुमना जी, ढिला नगर्नु होला

धरान उपमहानगरपालिकका मेयर हर्क साम्पाङले रास्वपा छाडेकी पूर्व मन्त्री सुमाना श्रेष्ठलाई चार्डै आफ्नो श्रम संस्कृति पार्टीमा आउन आग्रह गरेका छन्। ‘सुमना जी, श्रम संस्कृतिमा स्वागत गर्ने मन छ !’, साम्पाङले सामाजिक सन्जालमा लेखेका छन्, ‘ढिला नगर्नु होला ! समयले पर्खंदैन साथीले पर्खे पनि ?!’

आजदेखि एनपिएलः पहिलो खेलमा जनकपुर र काठमाडौं भिड्दै

दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) आज सुरु हुँदैछ। उद्घाटन खेलमा साबिक विजेता जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजले प्रतिस्पर्धा गर्दैछन्। यो खेल आज दिउँसो ४ बजे सुरु हुनेछ। एनपिएल दोस्रो सिजनका सबै खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा दिउँसो र राति गरेर हुनेछन्। नेपाल क्रिकेट सङ्घ (क्यान)ले यस पटक दैनिक नौ हजार चार सय ५० टिकट बिक्री … Read more

चितवन र तनहुँको देवघाटधामलाई जोड्ने झोलुङ्गे पुल जीर्ण: शतबीज छर्न आउनेलाई समस्या

पवित्र तीर्थस्थल देवघाटधाममा बालाचतुर्दशीको तयारी अन्तिम चरणमा पुगेको छ । नवलपुर, तनहुँ र चितवनमा पर्ने कालीगण्डकी नदी र त्रिशूली नदीको सङ्गमस्थल देवघाटमा हजारौँ भक्तजन शतबीज छर्न आउने गरेका छन् । देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालले देवघाटमा यही मङ्सिर २ गतेदेखि नै भक्तजनहरु आउने भएकाले सोहीअनुसारको तयारी गरिएको बताए। बालाचतुर्दशीको अवसरमा अघिल्लो दिन … Read more

संसद् पुनःस्थापना भएसँगै मुलुकले राजनीतिक निकास पाउनेः अध्यक्ष ओली

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकलाई राजनीतिक निकास दिन विघटित प्रनिनिधिसभा पुनःस्थापना हुनुपर्ने धारणा व्यक्त गर्नुभएको छ । प्रेस चौतारी नेपालको टोलीसँग आज गुण्डुस्थित निवासमा छलफल गर्दै अध्यक्ष ओलीले असंवैधानिक र अनधिकृत ढङ्गबाट संसद् विघटन भएकाले पुनःस्थापना हुनुपर्ने माग दोहो¥याउनुभएको हो । उहाँले यसरी असंवैधानिक तरिकाले संसद्लाई विघटन गर्दै जाँदा मुलुकको राजनीतिक … Read more

आज प्यारापिट र फलडलाइट क्यानलाई हस्तान्तरण गरिने

आज त्रिवि क्रिकेट मैदानको प्यारापिट र फलडलाइट हस्तान्तरण गर्दैछ । शहरी विकास मन्त्रालयले अन्तर्गतको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा प्रथम चरणमा निर्मित प्यारापिट र फलडलाइट नेपाल क्रिकेट संघ क्यानलाई हस्तान्तरण गर्न लागेको हो । मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलका अनुसार आइतबार साँझ ५ः३० बजे कीर्तिपुर रंगशालामा उक्त कार्यक्रम हुनेछ ।

अन्तिम चरणमा पुगेको मुग्लिन–पोखरा सडक भएन अपाङ्गतामैत्री

विस्तारको अन्तिम चरणमा पुगेको मुग्लिन–पोखरा सडकखण्ड अपाङ्गतामैत्री नभएको अपाङ्गता भएका व्यक्तिहरूले गुनासो गरेका छन् । मुग्लिन–पोखरा सडकखण्डअन्तर्गत तनहुँ सदरमुकाम दमौली बजारमा अपाङ्गता भएका व्यक्तिहरूका लागि हिँडडुलमा समस्या भएको गुनासो गरेका हुन् । अपाङ्गाता भएका व्यक्तिहरूले शनिबार दमौली बजारको सडक अपाङ्गतामैत्री भए÷नभएकोबारे परीक्षण गरेका छन् । तनहुँ नेत्रहीन सङ्घका अध्यक्ष विराजमान कुमालले सडक अपाङ्गतामैत्री नहुँदा दृष्टिविहीन … Read more