समोअसँग आज अन्तिम खेल खेल्दै गर्दै नेपाल, प्रतियोगिताको उपाधि जित्ने लक्ष्य

आईसीसी टी–२० विश्वकप एसिया प्यासिफिक क्षेत्रीय फाइनलको सुपर–६ मा नेपालले आज आफ्नो अन्तिम खेल खेल्दै छ । लगातार तेस्रो जित निकालेको नेपालले आज प्रतियोगिताको अन्तिम खेल समोअविरुद्ध खेल्दै छ । नेपालले समोअविरुद्ध जित निकाले विश्वकपको टिकट प्रतियोगिताको उपाधिसमेत घर ल्याउनेछ । लगातार तेस्रो जित निकाल्ने क्रममा नेपालले बुधबार घरेलु टिम ओमानविरुद्ध ३८ रनको जित निकालेको … Read more

अदालतको सेवा एक दिन पनि रोक्न मिल्दैनः प्रधानमन्त्री कार्की

प्रधानमन्त्री सुशीला कार्कीले अदालतको सेवा एक दिन पनि रोक्न नमिल्ने बताउनुभएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको सञ्चालक समिति र सर्वोच्च अदालतको प्रतिनिधिमण्डलसँगको संयुक्त बैठकमा उहाँले अदालतको सेवा रोक्न नहुने धारणा राख्नुभयो ।काठमाडौँ जिल्ला अदालतको भवन क्षतिग्रस्त भएपछि वैकल्पिक व्यवस्थाका लागि बैठकमा छलफल भएको प्रधानमन्त्री कार्कीको सचिवालयले जनाएको छ । सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल … Read more

जेनजी र हाम्रा माग एउटै हुन्,माओवादी अझै पनि मूलधारको पार्टी बन्छः प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी फेरि जनताको विश्वास जितेर मूलधारको पार्टी बन्ने दाबी गरेका छन् । शुक्रबार बिहान चितवनको भरतपुरस्थित पार्टी कार्यालय प्राङ्गणमा आयोजित भेटघाट कार्यक्रममा प्रचण्डले हालको ‘जेनेरेसन जेड (जेनजी) आन्दोलन’ का माग माओवादीका पुराना आदर्शसँग मेल खाने बताएका हुन् । युवाले उठाएका मागहरू हाम्रो आन्दोलनसँग गहिरो रूपमा जोडिएका छन्,उनले … Read more

विपिन जोशीका आमा र बहिनी स्वदेश फर्किए

हमासको कब्जामा रहेका विपिन जोशीको रिहाइका लागि अमेरिका गएका उनकी आमा र बहिनी आज स्वदेश फर्किएका छन् । विपिनको मृत्यु भएको पुष्टि भएपछि उनीहरु खाली हात फर्किएका हुन्। उनीहरु कतार एयरवेजबाट बिहीबार बिहान काठमाडौं आइपुगेका हुन् । हमासले बन्धक बनाएका कञ्चनपुरका विपिन जोशीको रिहाइको माग गर्दै आमा पद्मा जोशी र बहिनी पुष्पा साउनमा इजरायलसमेत पुगेका … Read more

चितवनमा उद्योगको पर्खाल भत्किदा तीन मजदुरको मृत्यु

चितवनमा एक दाना उद्योगको पर्खाल भत्किँदा च्यापिएर तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । रत्ननगर नगरपालिका वडा नम्बर १२ स्थित शान्तिकुञ्ज टोलमा रहेको किसान दानाको पर्खाल भत्किँदा च्यापिएर उद्योगमा काम गर्ने तीनजना मजदुरको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान ९ः५० को समयमा पर्खाल भत्किएर गम्भीर घाइते … Read more

विश्वकप छनोटः आज नेपाल र ओमानबिच शीर्ष स्थानको लडाइँ

आईसीसी टीट्वेन्टी विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा नेपाल र घरेलु टोली ओमानले लगातार तीन/तीन खेल जितेका छन्। तीन खेलमा ६ अंकका साथ शीर्ष स्थानमा रहेको ओमान रनरेटमा नेपालभन्दा अगाडि छ। बुधबार साँझ हुने यी दुई टोलीबीचको खेल एक खेल अगावै अर्को वर्ष भारत र श्रीलंकामा हुने टीट्वेन्टी विश्वकपमा स्थान बनाउनेमा मात्रै … Read more

विपिनको सन् २०२३ को अन्त्यतिरै हत्या भएको पुष्टि

हमासबाट मारिएका नेपाली युवा विपिन जोशीको झण्डै दुई वर्ष अघि नै हत्या भएको पाइएको छ । इजरायली सैनिक अस्पतालमा गरिएको डीएनए परीक्षणको रिपोर्टमा उनको सन् २०२३ को अन्त्यतिर नै मृत्यु भइसकेको देखिएको इजरायलस्थित दूतावासले जानकारी दिएको छ । हमासले हस्तान्तरण गरेको शव विपिन जोशीकै भएको डीएनए परीक्षणबाट पुष्टि भयो । उनको प्राकृतिक मृत्यु नभइ हत्या … Read more

भदौ २४ नेपाली इतिहासकै एउटा डरलाग्दो दिनः देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा जेनजी विद्रोहको दोस्रो दिन अर्थात् भदौ २४ गते नेपालको इतिहासकै एउटा डरलाग्दो दिनको रूपमा लिपिबद्ध हुने बताएका छन् । पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै प्रदर्शनमा घुसपैठ भएको र प्रदर्शनले अर्को रूप लिएको बताएका छन् । जेनजी विद्रोहपछि पहिलोपटक सार्वजनिक भएका देउवाले गरेको लिखित सम्बोधन भनेका छन्, … Read more

भाइटीकाको उत्तम साइत कात्तिक ६ गते बिहीबार बिहान ११ः३९ बजे

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको छ । कात्तिक ६ गते बिहीबार बिहान ११ः३९ बजे भाइटीकाको साइत उत्तम रहेको समितिका अध्यक्ष प्रा शम्भुप्रसाद ढकालले राससलाई जानकारी दिनुभयो । कात्तिक ६ गते बिहीबार मध्याह्नकालमा टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि धनु लग्न, कन्या नवमांश, चर बेला र अभिजित् … Read more

विश्वकप छनोटअन्तर्गत नेपालले २ खेल खेल्न बाँकी हुँदा कुन टोली विश्वकपमा पुग्ने सम्भावना कति ?

विश्वकपको एशिया तथा पूर्वी एशिया प्रशान्त छनोट प्रतियोगिताअन्तर्गत अघिल्लो दिन मात्र यूएईविरुद्ध प्राप्त १ रनको जित जति अविश्वसनीय थियो, कतारविरुद्ध प्राप्त ५ रनको जित पनि झन्डै झन्डै उस्तै प्रकृतिको रह्यो। यो जित यति महत्त्वपूर्ण बन्यो कि यसले नेपाललाई अर्को वर्ष हुने टी २० विश्वकपको निकै नजिक पुर्‍याएको छ। छ अङ्क जोडिसकेको नेपाल अहिले एशिया तथा … Read more