नयाँ शक्तिहरूलाई एकैठाउँमा ल्याउने गृहकार्यमा रास्वपा, १४ गते बृहत् राजनीतिक संवाद गर्ने

राष्ट्रिय स्वतन्त्र पार्टीले बृहत् राजनीतिक संवाद आयोजना गर्ने निर्णय गरेको छ। मंगलबार बसेको सचिवालय बैठकपछि प्रवक्ता मनिष झाले विज्ञप्ति जारी गर्दै विभिन्न व्यक्ति र समूहसँग वार्ता भइरहेको जनाएका हुन्। विज्ञप्तिमा भनिएको छ, ‘जेनजी पुस्ताले सुशासनको पक्षमा गरेको निर्णायक हस्तक्षेप पश्चातको परिवर्तित राजनीतिक परिवेशमा प्राप्त उपलब्धिहरूको दिगो संरक्षण गरी मुलुकको दीर्घकालीन रूपान्तरणका लागि समान सोच र … Read more

प्रतिनिधिसभा विघटनविरुद्धका रिटमा आज सुनुवाइ

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर परेका १६ वटा रिट निवेदनमा आजदेखि सुनुवाइ हुँदैछ । सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार प्रधानमन्त्रीको नियुक्ति तथा संसद् विघटन बदर एवं संसद् पुनःस्थापना समेतमा उत्प्रेषण, परमादेश आदेशको माग गर्दै दायर भएका रिटमा प्रारम्भिक सुनुवाइ हुनेछ ।

चितवनबाट लमजुङ जाँदैे गरेको माइक्रो तनहुँमा दुर्घटनाः १४ जना घाइते

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ एक्लेफाँटमा आज माइक्रो दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । चितवनबाट लमजुङतर्फ जाँदै गरेको बाप्र ०३–००१ ज ०९३७ नम्बरको विद्युतीय माइक्रो चालकले नियन्त्रण गुमाई सडकछेउको भित्तामा ठोक्किँदा माइक्रोमा सवार १४ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । त्यसक्रममा उक्त माइक्रो सडक छेउमा रोकिराखेको नेपाल विद्युत् प्राधिकरणको बा१ञ … Read more

यस्तो छ आगामी ३ दिनको मौसम पूर्वानुमान, केही ठाउँमा भारी हिमपात र वर्षा हुने

पश्चिमी वायुको साथै अरब सागरमा बनेको न्यूनचापीय प्रणालीको प्रभावले मुलुकका धेरैजसो ठाउँको मौसममा बदली देखिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले पहाडी र तराई भू-भागमा हल्कादेखि मध्यम वर्षा र हिमाली क्षेत्रमा हल्का देखि मध्यम हिमपात भइरहेको छ । गण्डकी प्रदेशको मनाङ र मुस्ताङआसपासको हिमाली क्षेत्रमा भने मध्यमदेखि भारी हिमपात पनि भइरहेको छ … Read more

मुस्ताङमा लेक लागेर तिर्थालुको मृत्यु

मुस्ताङमा लेक लागेर एक जना तीर्थालुको मृत्यु भएको छ । मृत्यु हुनेमा ललितपुर उपमहानगरपालिका–१८ भैँसेपाटीस्थित निर्मल स्कुलका कार्यालय सहयोगी ४५ वर्षीय माधव तिमिल्सिना रहेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामाका अनुसार तिमिल्सिना मुक्तिनाथ दर्शन गरी घरपझोङ गाउँपालिका–२ मार्फा पुग्दा अचानक बेहोस भएका थिए । उनलाई तत्कालै जोमसोमस्थित प्रदेश अस्पताल भर्ना … Read more

भीआईपी सुविधा नलिई भारत लागे मन्त्री कुलमान

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास कुलमान घिसिङ भारत प्रस्थान गरेका छन् । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको जहाजबाट आज (सोमबार) अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको आठौं सभामा भाग लिन मन्त्री कुलमान भारत प्रस्थान गरेका हुन् । नेपालले दिगो ऊर्जा विकासका लागि सौर्य ऊर्जा उपयोग विस्तार गर्न प्रतिबद्ध रहेको र अन्तर्राष्ट्रिय सहकार्यमार्फत … Read more

अन्डाको भाउ बढ्यो, प्रतिक्रेट ५ सय

अन्डाको भाउ फेरि बढेको छ । उत्पादन घटेको र खपत बढेको भन्दै नेपाल लेयर्स कुखुरापालक संघले आज (सोमबार)देखि लागु हुने गरी अन्डाको भाउ बढाएको हो । यो मूल्यवृद्धि चितवनलाई आधार बनाएर निर्धारण गरिएको हो । संघ अध्यक्ष विनोद पोखरेलले भाउ बढेसँगै ठूलो अन्डाको मूल्य प्रतिक्रेट ५ सय रुपैयाँ र मध्यम अन्डाको ४ सय ५० रुपैयाँ … Read more

छठ पर्वको मुख्य दिनः अस्ताउँदो सूर्यलाई विधिपूर्वक अघ्र्य दिइँदै

कार्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अघ्र्य दिइँदैछ । बिहानै स्नान गरी दिनभर निर्जल व्रत गरेका वर्तालुले बेलुकी अस्ताउँदो सूर्यलाई अघ्र्य दिने व्रत विधि रहेको छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व शनिबारदेखि सुरु भएको हो । ऐतिहासिक … Read more

दुईदिनमा प्रतितोला १३ हजार ६ सयले घट्यो सुनको मूल्य

नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २ हजार रुपैयाँ घटेको हो ।योसँगै आजका लागि सुन प्रतितोला २ लाख ३९ हजार ९ सय रुपैयाँ तोकिएको छ । अघिल्लो दिन २ लाख ४१ हजार ९ सय रुपैयाँ थियो। अघिल्लो दिन सुन तोलामा ११ हजार ६ सय … Read more

चितवनमा भूमिगत विद्युतीकरण ६५ प्रतिशत पूरा

भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरण हालसम्म ६५ प्रतिशत पूरा भएको छ । आगामी चार महिनाभित्र भूमिगत विद्युतीकरण गरिसक्ने उद्देश्यले छठपश्चात् कामलाई तीव्रता दिइएको हो । नेपाल विद्युत् प्राधिकरणको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाले भूमिगत विद्युतीकरण गरिरहेको छ । अहिले ६५ प्रतिशत क्षेत्रमा तार बिछ्याइएको आयोजनाका प्रमुख इञ्जिनियर आनन्द सुवेदीले जानकारी दिनुभयो । … Read more