शेरबहादुर देउवाको गर्धनमाथि गम्भीर चोट, १२ टाँका लगाइयो

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गर्धनमाथि गम्भीर चोट लागेकाले १२ टाँका लगाइएको छ । कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले शुक्रबार केन्द्रीय कार्यसम्पादन समिति बैठकमा नेताहरूलाई देउवाको स्वास्थ्य अवस्थाबारे ब्रिफिङ गरेका थिए । ब्रिफिङका क्रममा उपसभापति खड्काले सभापति देउवाको गर्धनमाथि गम्भीर चोट लागेको र १२ टाँका लगाइएको जानकारी गराएको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए । … Read more

श्रीलंकन क्रिकेटर वेलालगेको खेल हेर्दै गर्दा बुबाको निधन

एसिया कप क्रिकेट २०२५ अन्तर्गत बिहीबार अफगानिस्तानविरुद्धको खेल खेलिरहेको बेलामा श्रीलंकाका क्रिकेटर दुनीथ वेलालगेका पिता सुरङ्गा वेलालगेको हृदयाघातले निधन भएको हो। श्रीलंकास्थित घरमा वेलालगेको खेल हेरिरहेकै बेला उनलाई छातीमा समस्या देखिएको र अस्पताल पुर्‍याइए पनि उनको निधन भएको हो । श्रीलंकाबाट महँगो बनेका वेलालागेले यो खेलपछि अर्को दुःखद खबर पाए । खेल श्रीलंकाले ६ विकेटले … Read more

लोकतन्त्र जनताको आवाज सुन्ने, संवाद गर्ने र समाधान खोज्ने प्रणालीः प्रधानमन्त्री कार्की

अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले लोकतन्त्र जनताको आवाज सुन्ने, संवाद गर्ने र समाधान खोज्ने प्रणाली भएको बताउनुभएको छ । संविधान दिवसको अवसरमा आयोजित मूल समारोह समितिको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले जेन जी पुस्ताको आन्दोलन गरिएका प्रतिवद्धता, संघीय गणतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, पूर्ण प्रेस स्वतन्त्रता, स्वतन्त्र, … Read more

प्रधानमन्त्री कार्की र भारतीय प्रधानमन्त्री मोदीबीच फोनवार्ता

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज फोनवार्ता भएको छ । वार्ताका क्रममा प्रधानमन्त्री कार्कीले भारतीय प्रधानमन्त्री मोदीलाई उनको ७५औँ जन्मदिनको शुभकामना दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री कार्कीले नेपाल–भारतबीचको सदियौँ पुरानो र मैत्रिपूर्ण सम्बन्धको स्मरण गराएकी छन् । उनले नेपालको पछिल्लो राजनीतिक घटनाक्रमलगायत विषयमा पनि जानकारी गराएको बताएको छ । … Read more

खनाल, घिसिङ र अर्यालले लिए मन्त्रीको शपथ

अन्तरिम सरकारका तीन मन्त्रीले सोमबार (भदौ ३०) पद तथा गोपनीयताको शपथ लिएका छन् । नवनियुक्त अर्थमन्त्री रामेश्वरप्रसाद खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार र सहरी विकासमन्त्री कुलमान घिसिङ र गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका हुन् । प्रधानमन्त्री कार्कीको सिफारिसमा आइतबार (भदौ २९) राष्ट्रपति पौडेलले उनीहरूलाई … Read more

लाइसेन्स छपाइ र वितरण अनिश्चितकालका लागि बन्द

‘जेनजी’ प्रदर्शनमा क्रममा यातायात व्यवस्था विभागमा पनि आगजनी भएको छ । विभागले आइतबार (भदौ २९) एक सूचना जारी गर्दै तोडफोड, आगजनी तथा लुटपाटबाट विभागको इलेक्ट्रोनिक उपकरण, छपाइ मेसिन तथा सर्भरमा क्षति पुगेको जनाएको छ । जसका कारण अनिश्चितकालका लागि सवारी लाइसेन्स छपाइ बन्द भएको जनाएको छ । विभागद्वारा जारी सूचनामा भनिएको छ, “सवारी चालक अनुमतिपत्र … Read more

भरतपुर महानगरले भन्योः चोरी, लुटपाट भएका सामग्री तत्काल फिर्ता गर्नु

भरतपुर महानगरपालिकाले जेन–जी प्रदर्शनको क्रममा भएका लुटपाट तथा चोरी गरिएका सामग्री तत्काल फिर्ता गर्न आह्वान गरेको छ । आइतबार महानगरले सार्वजनिक सूचना जारी गर्दै स्थानीय प्रत्यक्षदर्शी, नगर प्रहरी, सामाजिक संजाल, संचार माध्यम तथा सिसि टिभी फुटेजमा समेत चोरी भएका सामग्री तथा व्यक्तिहरुको पहिचान भइसकेको अवस्थामा जानेर वा नजानेर लगेका सामग्रीहरु असल नागरिकको जिम्मेवारी बोध गरी … Read more

आन्दोलनमा मृत्यु हुनेलाई शहीद घोषणा गर्दै १० लाख राहत

जेनजी युवाको आन्दोलनमा मृत्यु भएकाहरुलाई सरकारले शहीद घोषणा गरी प्रत्येकका परिवारलाई १० लाख दिने भएको छ । आज पदभार ग्रहण गरेकी प्रधानमन्त्री सुशीला कार्कीले मृत्यु हुनेलाई शहीद घोषणा गर्दै १० लाख रुपैयाँको दरले राहत दिने घोषणा गरेकी हुन् । यो जानकारी मुख्य सचिव एकनारायण अर्यालले दिएका हुन् । उनका अनुसार आन्दोलनमा प्रदर्शनकारी ५९ जना, कैदीबन्दी … Read more

आजदेखि सुकिला नोट वितरण हुने, कहाँ-कहाँबाट हुन्छ सटही ?

दसैँमा नयाँ नोट खोज्नेहरूलाई मध्यनजर गर्दै आइतबारदेखि सुकिला नोट वितरण सुरु भएको छ । नेपाल राष्ट्र बैङ्कले दसैँका लागि भनेर भदौ २९ गतेदेखि असोज १० गतेसम्म सुकिला नोट वितरण गर्न लागेको हो । नेपाल राष्ट्र बैंकले यसअघि आजदेखि सुकिला नोटको वितरण सुरु गर्ने भने पनि यही बीचमा देशमा राजनीतिक सङ्क्रमणको अवस्था देखिएकोले नोट वितरण हुन्छ … Read more

चुच्चेपाटीको भाटभटेनीमा ६ वटा शव भेटिए

जेनजी आन्दोलनमा जलाइएको चुच्चेपाटीको भाटभटेनीमा ६ वटा शव भेटिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीका अनुसार जलेको अवस्थामा चुच्चेपाटीको भाटभटेनीमा ६ वटा मानव कंकाल भेटिएको हो । ककांल भेटिएका शव चिन्न सकिने अवस्थामा छैनन् । डीएनएपछि मात्रै शवको पहिचान हुने बताइएको । जेनजीको आन्दोदनमा आगजनी भएपछि भाटभटेनीमा आगजनी भएको थियो ।