निर्धारित समय अगावै ‘ग्रे लिष्ट’बाट बाहिर निस्कन्छौंःअर्थमन्त्री पौडेल

काठमाडौँ फागुन १०- उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल निर्धारित समय अगावै ‘ग्रे लिष्ट’बाट बाहिर निस्कने बताउनु भएको छ ।फाइनान्सियल एक्सन टाक्स फोर्स (एफएटिएफ) ले नेपाललाई ग्रे लिष्टमा राखेपछि संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले सो कुरा बताउनुभएको हो । उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले भन्नुभयो “विगतमा निर्धारित समयमा निर्धारित काम सम्पन्न गर्न नसक्दा यो परिस्थिति निर्माण भएको … Read more

३३ हजार वर्गमिटरमा ढुङ्गा बिछ्याउँदै काठमाडौं महानगर

काठमाडौं, फागुन ९- काठमाडौं महानगरपालिकाले चालू आर्थिक वर्षमा करिब ३३ हजार वर्ग मिटरमा ढुङ्गा बिछ्याउने भएको छ । कुल ३२ हजार आठ सय ५१ वर्गमिटर ढुङ्गा बिछ्याउने लक्ष्यसहित काम भइरहेको छ । महानगरको सार्वजनिक निर्माण विभागले चालू आवमा सार्वजनिक खरिद प्रक्रियाबाट सात वटा प्याकेजमा आठ वटा योजना कार्यान्वयन ल्याइएकोमा पाँच वटा योजना सम्पन्न भएको जनाएको … Read more

केआईआईटीले निकालेका ९५ विद्यार्थी वीरगञ्ज आइपुगे, भन्छन्- हामीमाथि गरिएको अत्याचार वर्णन गर्न सक्दैनौँ

पर्सा- भारतको ओडिशा राज्यस्थित भुवनेश्वरको कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट) विश्वविद्यालयबाट अपमानपूर्वक कुटपिट गरेर निकालिएका नेपाली विद्यार्थीहरू नेपाल आइपुग्न थालेका छन् । भुवनेश्वरबाट सोमबार राति नै हिँडेका करिब ३ सयभन्दा बढी विद्यार्थीमध्ये एउटा समूह सडकमार्ग हुँदै बुधबार बिहान वीरगञ्ज आइपुगेको हो । पहिलो समूहमा ९५ जना विद्यार्थी बुधबार बिहान वीरगञ्ज आइपुगेको पर्साका निमित्त प्रमुख जिल्ला … Read more

चितवनका पत्रकार भूपराज पाठकको निधन

चितवन, फागुन ७- चितवनका पत्रकार भूपराज पाठकको निधन भएको छ । माडी–४, सिम्रहनीका पत्रकार पाठकको बुधबार बिहान उपचारको क्रममा भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा क्रममा निधन भएको हो । पाठकलाई २१ मंसिरमा काठमाडौं महाराजगन्जस्थित शिक्षण अस्पतालले ब्लड क्यान्सर भएको पुष्टि गरेको थियो । त्यसलगत्तै थप उपचारका लागि भारतको राजीव गान्धी अस्पताल लगिएको थियो । … Read more

सुनको प्रतितोला मूल्य एक लाख ७० हजार पाँच सय रूपैयाँ!

नेपाली बजारमा आज (बुधबार) पनि सुन–चाँदीको मूल्य बढेको छ। मंगलबार प्रतितोला एक हजार सात सय रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला एक हजार एक सय रूपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७० हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ। मंगलबार छापावाल सुन प्रतितोला एक लाख ६९ हजार … Read more

सहिद गणेश पौडेलको ३५ औ स्मृति दिवसमा कांग्रेस चितवनको कार्यक्रम

 ७ फागुन, चितवन– नेपाली कांग्रेस भरतपुर महानगर पालिका वडाकार्यसमिति वडा नम्बर–१३ को आयोजनामा जनआन्दोलन–२०४६ का प्रथम सहिद गणेश पौडेलको ३५ औ स्मृति दिवस उनको निवासमा विशेष कार्यक्रमका साथ सम्पन्न गरिएको छ । पार्टीका वडा सभापति सोभा रिमालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि पार्टीका केन्द्रीय सदस्य टेकप्रसाद गुरुङ रहेका थिए । कार्यक्रममा पार्टी सभापति राजेश्वर खनाल, … Read more

लोकतन्त्र सुशासन र समुन्नति

हिजोआज अमेरिकी राजनीतिक एवं बौद्धिक वृत्तमा ‘ओलिगार्की’ शब्द निकै चर्चामा छ । आफ्नो सुन्दर प्राकृतिक एवं पर्वतीय दृश्यावलीका कारण हरित राज्यका रूपमा चिनिने अमेरिकी राज्य भर्मोन्टका प्रगतिशील एवं लोकतान्त्रिक समाजवादी छविका डेमोक्रयाट सिनेटर बर्नी स्यान्डर्सले ट्रम्प नेतृत्वको अहिलेको अमेरिकी सरकारलाई यसै नामबाट आलोचना गरेको ग¥यै छन् । आखिर के हो यो ‘ओलिगार्की’ र डेमोक्रेसी वा … Read more

‘आम जीवनशैलीलाई लोकतान्त्रिक आचरणमा ढाल्न सक्दा मात्र प्रजातन्त्र दिवसको सार्थकता’

लुम्बिनी, फागुन ७- लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आमनागरिकको जीवनशैलीलाई लोकतान्त्रिक आचरणमा ढाल्न सक्दा मात्र प्रजातन्त्र दिवसको सार्थकता पुष्टि हुने बताउनुभएको छ ।राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा आज जारी गर्नुभएको शुभकामना सन्देशमा उहाँले जनता नै सार्वभौमसत्तासम्पन्न भएको र सम्पूर्ण स्रोत जनतामा निहित रहेको बताउनुभएको छ । मुख्यमन्त्री आचार्यले जनता सार्वभौमसत्ता सम्पन्न हुन र सम्पूर्ण स्रोत जनतामा … Read more

सभामुखले तीन पटक बोलाउँदा पनि बोलिनन् सुमना श्रेष्ठ

काठमाडौँ । सभामुख देवराज घिमिरेले मंगलबार प्रतिनिधि सभाको शून्य समयमा बोल्न बोलाउँदा पनि राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुनमा श्रेष्ठ बोलिनन् । पहिलो पटक बोलाउँदा सांसद श्रेष्ठ नबोलेपछि सभामुख घिमिरेले दोस्रो पटक बोलाए । त्यसमा पनि नबोलेपछि तेस्रो पटक बोलाए । त्यसमा पनि नबोलाएपछि अर्का सांसद सुहाङ नेम्बाङलाई बोल्न समय दिए । यसअघि सोमबार सुमनाले भारतको … Read more

नारायणगढ–मुग्लिन सडकका सबै पुल नयाँ बने

चितवन, फागुन ६- सडकमा १९ नयाँ पुल सञ्चालनमा आएका छन् । सो सडकमा भएका सबै पुराना पुलको ठाउँमा दोहोरो गरी गुड्न मिल्ने नयाँ पुल निर्माण गरेर सञ्चालनमा ल्याइएको हो ।सडक विस्तारसँगै चार पुल नयाँ बनाइएका थिए । पछि १५ नयाँ पुल बनाएसँगै सबै पुल विस्तार भएका हुन् । नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड ९नारायणगढ–मुग्लिन० का … Read more