ट्रेकिङ गएर फर्कदै थिए नवलपुरका शिक्षक दम्पती, चितवन दुर्घटनामा परेर अस्ताए

भरतपुर,कात्तिक २३- मार्दी हिमालमा ट्रेकिङ गएर फर्किएका शिक्षक दम्पतीले चितवनमा शुक्रबार बिहान भएको दुर्घटनामा परेर ज्यान गुमाएका छन । नवलपुरको विनय त्रिवेणी गाउँपालिका ४ बगैँचाका ३५ वर्षिय सन्तोष भुषाल र उनकी श्रीमती ३३ वर्षिय सविना भुषालको नारायणगढ–मुग्लिन सडकखण्डको सत्रकिलोमा शुक्रबार बिहान भएको दुर्घटनामा परेर मृत्यु भएको हो । उनिहरु तिहार लगत्तै मार्दी हिमालमा ट्रेकिङ गएर … Read more

चितवन दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या पाँच पुग्यो

चितवन, कात्तिक २३- नारायणगढ–मुग्लिन सडक अन्तर्गत पर्ने भरतपुर महानगरपालिका–२९ सत्रकिलोमा आज बिहान ३ बजे बस र इलेक्ट्रिक माइक्रोबस आपसमा ठोक्किँदा मृत्यु हुनेको संख्या पाँच पुगेको छ । बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालय रामनगरका अनुसार माइक्रो बसका चालकको भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । उनको नामथर वतन अझै नखुलेको प्रहरीले बताएको छ । मुग्लिङबाट … Read more

सहकारी प्रकरणमा धनराज गुरुङमाथि अनुसन्धान हुन्छः गृहमन्त्री लेखक

काठमाडौं,कात्तिक १४- गृहमन्त्री रमेश लेखकले सहकारी ठगी प्रकरणमा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङमाथि अनुसन्धान हुने बताएका छन् । बुधबार पोखरामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । तथ्य प्रमाण हेरेर सबैमाथि अनुसन्धान हुने उनको भनाइ छ । उनले भने, ‘सहकारीको रकम अपचलनमा धनराजजीमाथि पनि अनुसन्धान हुन्छ, छानबिन हुन्छ, यदि तथ्य प्रमाणले उहाँले गैरकानुनी काम … Read more

सर्ट मिटिङको टाइम मिलाइदिनु भन्दै डिपीले आरजुका पिएलाई पठाए म्यासेज

काठमाडौँ, कात्तिक १४- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्याल (डिपी)ले परराष्ट्र मन्त्री डा.आरजु राणालाई म्यासेज गरेका छन् । उपसभापति अर्यालले परराष्ट्र मन्त्री डा. राणा देउवासँग भेटका लागि आग्रह गर्दै म्यासेज गरेका हुने । अर्यालले मन्त्री राणाका स्वकीय सचिव कमल रावललाई मोबाइलमा म्यासेज गरेर भेटका समय मिलाइदिन अनुरोध गरेको तस्बिर बाहिरिएको छ । तस्बिरमा रास्वपा … Read more

सुनको मूल्य २२०० रुपैयाँ बढ्यो, तोलामा १ लाख ७० हजार ७०० रुपैयाँ पुग्यो

काठमाडौँ, कात्तिक १४- मंगलबारको तुलनामा बुधबार सुनको मूल्य तोलामा २ हजार २०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७० हजार ७०० रुपैयाँ कायम भएको हो । अघिल्लो दिन सुनको मूल्य तोलामा १ लाख ६८ हजार ५०० रुपैयाँ कायम थियो । महासंघका अनुसार बिहीबार कायम भएको … Read more

अराजक गतिविधि मौलाउन दिइन्नः प्रधानमन्त्री ओली

काठमाडौं,कात्तिक १३- प्रधानमन्त्री केपी शर्मा ओलीले अराजकता तथा साम्प्रदायिक विद्वेष फैलाउने प्रयास भइरहेकाले त्यस्ता क्रियाकलापलाई मौलाउन नदिने स्पष्ट पारेका छन् । मातातीर्थस्थित सशस्त्र प्रहरी बल प्रतिष्ठानमा मंगलबार भएको सिसं–१६, सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहमा प्रधानमन्त्री ओलीले कानुनविपरीत क्रियाकलाप हुन नदिने बताए । दीक्षितहरूलाई राष्ट्रको शान्तिसुरक्षामा समर्पित हुने ध्येयका साथ सेवा प्रवेश गरी तालिम … Read more

रास्वपालाई लिङदेनले भने– हावादारी पार्टी, फेदटुप्पो के हो ?

काठमाडौं,कात्तिक १३- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले आउँदो उपनिर्वाचनमा मतदाताले नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)लाई पराजित गर्नुपर्ने बताएका छन् । तीनै ठूला पार्टी भ्रष्ट भएको र देशलाई बर्बाद बनाएको भन्दै उनले उपनिर्वाचनमा ती दललाई पराजित गर्नुपर्नेमा जोड दिए । पार्टीको कीर्तिपुर नगर कमिटीले मंगलबार आयोजना गरेको एक कार्यक्रममा उनले ठूला … Read more

बालुवाटारबाट रास्वपाका कार्यकर्ता पक्राउ

१३ कात्तिक, काठमाडौं । बालुवाटारमा भेला भएर सरकारविरुद्ध प्रदर्शनमा उत्रिन खोजेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पार्टी सभापति रवि लामिछाने सहकारी ठगीमा पक्राउ परेपछि आन्दोलनरत रास्वपाले आज बालुवाटारमा प्रदर्शन गर्ने पूर्वनिर्धारित कार्यक्रम राखेको थियो । सो कार्यक्रमका लागि बालुवाटारस्थित नेपाल हाउसमा नेता कार्यकर्ताहरु भेला भएका थिए । नेपाल हाउस क्षेत्रलाई … Read more

रविबारे छलफल गर्न गृहमन्त्री लेखकसँग डीपी अर्यालले गरे भेटवार्ता

काठमाडौं, कात्तिक १३- राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डीपी अर्यालले गृहमन्त्री रमेश लेखकलाई भेटेका छन् ।अर्यालले सोमबार साँझ गृहमन्त्री लेखकलाई मन्त्रालयमा भेटेका हुन् । रास्वपामा उपसभापति अर्यालले गृहमन्त्रीलाई भेट्न गएको जानकारी गराए । रास्वपाले बालुवाटारमा मंगलबार गर्न लागेको विरोध प्रदर्शनका बारेमा कुरा गर्न गृहमन्त्री लेखकलाई भेटेको अर्यालले जानकारी गराए । ‘बालुवाटार केन्द्रित आन्दोलन भएको भएर शान्तिसुरक्षाको … Read more

रविलाई थुनाबाहिर राखेर अनुसन्धान गर्न रास्वपा सांसदको माग

काठमाडौँ, कात्तिक १२- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थुना बाहिर राखेर अनुसन्धान गर्न रास्वपाले माग गरेको छ । सोमबार प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा रास्वापाकी सांसद चन्दा कार्कीले गृहमन्त्री रमेश लेखकलाई यस्तो आग्रह गरेकी हुन् । ‘गृहमन्त्रीज्यूलाई विशेष अनुरोध गर्न चाहन्छु, थुनाबाहिर राखेर अनुसन्धान गर्न सकिन्छ कि भन्ने सोच्नुहुन … Read more