आज गणतन्त्र दिवसः देशभर विविध कार्यक्रम गरी मनाइँदै

तत्कालीन सात राजनीतिक दलले निरङ्कुश राजतन्त्रकाविरुद्ध आह्वान गरेको शान्तिपूर्ण जनआन्दोलन र विद्रोही नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले गरेको सशस्त्र सङ्घर्षका उपलब्धिका रूपमा देशले गणतन्त्रको अभ्यास गरेको १८ वर्ष भएको छ। विसं २०६५ जेठ १५ गते जननिर्वाचित संविधानसभाको पहिलो बैठकद्वारा २४० वर्षदेखि नेपालमा कायम रहेको निरङ्कुश राजतन्त्रको अन्त्य गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको सोही ऐतिहासिक दिनको … Read more

जनताको सेवालाई आफ्नो प्रमुख कर्तव्य ठान्दै अघि बढ्नु आजको आवश्यकता होः उपराष्ट्रपति यादव

उपराष्ट्रपति रामसहायप्रसाद यादवले देश र आमनागरिकप्रति उत्तरदायी सरकार, संवैधानिक मर्यादाको पालना र जनताको सेवालाई आफ्नो प्रमुख कर्तव्य ठान्दै अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ । अठारौँ गणतन्त्र दिवस, २०८२ का अवसरमा आज शुभकामना व्यक्त गर्दै उहाँले मुलुकमा विद्यमान सबैखाले चुनौतीहरूको समाधान दलीय स्वार्थबाट माथि उठेर गर्न जरूरी रहेको र यसमा नेतृत्व वर्गको भूमिका महत्वपूर्ण हुने धारणा … Read more

सकारात्मक र सक्षम युवा समाज रूपान्तरणका नायक बन्न सक्छन् : उपप्रधानमन्त्री सिंह

उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सकारात्मक र सक्षम युवा नै समाज रूपान्तरणका नायक बन्न सक्ने विश्वास व्यक्त गर्नुभएको छ । राष्ट्रिय युवा परिषद्ले आज ललितपुरमा आयोजना गरेको नमूना संयुक्त राष्ट्रसङ्घीय अभ्यास २०२५ को उद्घाटन कार्यक्रममा उपप्रधानमन्त्री सिंहले सिर्जना र साहसको स्रोत मानिने युवा वर्ग राज्यको आवश्यकता पहिचान गरी योगदान पुर्‍याउन तत्पर रहने विश्वास व्यक्त … Read more

ओली-देउवा छलफलको निष्कर्षः गृहमन्त्रीले राजीनामा दिनु नपर्ने, संसद्‌मा बोल्न दिन आग्रह

सत्तापक्षका शीर्ष नेताहरूले संसदमा उठेका प्रश्नका विषयमा गृहमन्त्रीलाई प्रस्ट पार्न दिन विपक्षी दलहरूसँग आग्रह गरेका छन्। आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलपछि यस्तो आग्रह गर्ने निर्णय गरेका हुन्।  प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच केहीबेरअघि भएको छलफलमा गृहमन्त्री रमेश लेखक पनि थिए। बैठकमा संसद बैठक सञ्चालन र विपक्षीका मागका विषयमा … Read more

भारतमा बढ्न थाले कोरोना संक्रमित, १२ को मृत्यु, ४ नयाँ भेरियन्ट पुष्टि

छिमेकी मुलुक भारतमा सक्रिय कोरोना संक्रमितको संख्या १,०८१ पुगेको छ। भारतीय सञ्चार माध्यमहरूका अनुसार मंगलबार कर्नाटकमामा ३६, गुजरातमा १७, बिहारमा ६ र हरियाणामा ३ नयाँ संक्रमित भेटिएका छन्। सबैभन्दा धेरै अर्थात् ४३० सक्रिय संक्रमित केरल राज्यमा देखिएका छन् । गुजरातमा १३ जना संक्रमित निको भएका छन्। उत्तर प्रदेशको फिरोजाबादमा मंगलबार ७८ वर्षीय कोरोना संक्रमित वृद्धको … Read more

मधेश सरकारले पनि ३ दिन गणतन्त्र दिवस मनाउँदै

गणतन्त्र दिवसको पूर्वसन्ध्यामा मधेश सरकारको प्रशासनिक तथा आवस क्षेत्र रहेको मधेश भवनमा सरसफाइ गरिएको छ । गृह संचार तथा कानुन मन्त्रालयको आयोजनामा मधेश भवन परिसर आज बिहान सरसफाइ गरिएको हो । गृह संचार तथा कानुनमन्त्री राजकुमार लेखीको नेतृत्वमा मन्त्रालयका कर्मचारी, नेपाल प्रहरी र सशस्त्र प्रहरीहरुले सरसफाइ गरेका हुन् । प्रशासनिक क्षेत्र हुँदै आवस क्षेत्रसम्म सरसफाइ … Read more

क्यानडाको टोरन्टोमा खुल्यो एक्सपर्टको ८८औं शाखा, २५ देशबाट एक्सपर्टले सेवा दिँदै

अष्ट्रेलियाको सिड्मीमा मुख्य कार्यालय रहेको शैक्षिक परामर्श संस्था एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेसले आफ्नो ८८औं शाखा क्यानडाको टोरन्टोमा संचालनमा ल्याएको छ । अन्तर्राष्ट्रिय ख्यातिप्राप्त संस्था एक्सपर्टले २५ वटा देशमा शाखा विस्तार गर्ने क्रममा ८८औं शाखाको रुपमा क्यानडामा संचालनमा ल्याएको हो । उक्त शाखाको एक्सपर्टका ग्लोबल डाइरेक्टर बद्री अर्यालले समुद्घाटन गर्नुभयो । सो क्रममा बोल्दै उहाँले … Read more

सडक खन्ने क्रममा पहिरोमा पुरिएर एक्साभेटर चालकको मृत्यु

म्याग्दीको धवलागिरी गाउँपालिका–३ मुनास्थित दरखोला जलविद्युत् आयोजनामा सडक खन्ने क्रममा पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ । जलविद्युत आयोजनाको पाइपलाइनका लागि निर्माणाधिन कुनौटा–दर शिलबाङ मोटरबाटो खन्ने क्रममा खसेको पहिरोमा पुरिएर एक्साभेटर चालक ३२ वर्षका खेमराज कुमाललको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।   स्याङ्जाको चापाकोट नगरपालिका–८ घर भएका एक्साभेटर चालक कुमालको शव एक्साभेटरभित्रै … Read more

राष्ट्रपतिलाई आगामी बजेटबारे जानकारी

राष्ट्रपति रामचन्द्र पौडेललाई उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०८२र८३ को बजेटबारे जानकारी गराउनुभएको छ । संवैधानिक व्यवस्थाअनुसार सरकारले यही जेठ १५ गते बजेट ल्याउँदै छ । सोही बजेटका बारेमा अर्थमन्त्री पौडेलले आज राष्ट्रपति भवन शीतल निवास पुगेर ब्रिफिङ गर्नुभएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ । बजेट अघि आज अर्थमन्त्री पौडेलले संसद्मा आर्थिक सर्वेक्षण … Read more

सुनकोशीमा डुबेका किशोर तीन दिनदेखि बेपत्ता, गोताखोर झिकाइँदै

सुनकोशीमा डुबेर तीन दिनअघि बेपत्ता भएका हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाका १६ वर्षीय सविन राईको खोजिकार्य तीव्र बनाइएको छ । पौडी खेल्ने क्रममा शनिबार सुनकोशीमा डुबेर बेपत्ता हुनुभएका सविनको खोजीमा आफन्त, स्यानीयवासी तथा नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएका छन् । डिकुवास्थित ओख्लाङका विन्द्रकेशर राईका छोरा सविनलाई शनिबार बिहान करिब ११ बजे सुनकोशीले बगाएको खबर प्राप्त … Read more