मधेश सरकारले पनि ३ दिन गणतन्त्र दिवस मनाउँदै

गणतन्त्र दिवसको पूर्वसन्ध्यामा मधेश सरकारको प्रशासनिक तथा आवस क्षेत्र रहेको मधेश भवनमा सरसफाइ गरिएको छ ।

गृह संचार तथा कानुन मन्त्रालयको आयोजनामा मधेश भवन परिसर आज बिहान सरसफाइ गरिएको हो ।

गृह संचार तथा कानुनमन्त्री राजकुमार लेखीको नेतृत्वमा मन्त्रालयका कर्मचारी, नेपाल प्रहरी र सशस्त्र प्रहरीहरुले सरसफाइ गरेका हुन् । प्रशासनिक क्षेत्र हुँदै आवस क्षेत्रसम्म सरसफाइ गरिएको हो ।

मन्त्री लेखीले मधेश भवनमा गृह मन्त्रालय बाहेक अन्य मन्त्रालय नियमित सरसफाइको अभाव रहेको बताए ।

सेयर गर्नुहोस्