दोधारा चाँदनी सुख्खा बन्दरगाह निर्माण गर्न रुख कटान सुरु

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१ स्थितसुख्खा बन्दरगाह निमार्णका लागि रुख कटानको काम सुरु भएको छ । नेपाल इन्टरमोडल यातायात विकास समितिका इञ्जीनीयर अनिश केसीले एक साता अघिदेखि रुख कटानको काम जानकारी दिनुभयो । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१ स्थितसुख्खा बन्दरगाह निमार्णका लागि रुख कटानको काम सुरु भएको छ । नेपाल इन्टरमोडल यातायात विकास समितिका इञ्जीनीयर अनिश केसीले … Read more

ट्र्याक खुलेको १४ वर्षपछि म्याग्दीको दरवाङ–बिम–दिच्याम सडक स्तरोन्नति

ट्र्याक खुलेको १४ वर्षपछि म्याग्दीको मालिका गाउँपालिको दरवाङ–बिम–दिच्याम सडक स्तरोन्नति थालिएको छ । गण्डकी प्रदेश सरकारको बजेटमा पूर्वाधार विकास कार्यालय म्याग्दीले ठेक्कामार्फत दरवाङ–बिम–दिच्याम सडक अन्तरगत खारा–बिम–डाडाँगाउँ खण्डमा स्तरोन्नति गर्न आयोजना सञ्चालन गरेको हो । गत असार महिनामा रु एघार करोड १९ लाख ९० हजारमा ठेक्का सम्झौता गरेको सर्वशक्ति महामाया प्रालिले सडक स्तरोन्नतिका लागि प्रारम्भिक चरणको … Read more

प्रधानमन्त्रीसँग जापानी राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि जापानका राजदूत माइदा तोरुले आज शिष्टाचार भेट गर्नुभएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा दुईपक्षीय सम्बन्ध र हितका विविध विषयका साथै आपसी सहयोग आदानप्रदानलाई अभिवृद्धि गर्ने सम्बन्धमा छलफल भएको थियो । आगामी वर्ष दुुई देशबीचको कूटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वार्षिकोत्सव पर्ने र सन्दर्भमा पनि कुराकारी भएको प्रधानमन्त्रीको … Read more

रवि लामिछानेको अर्को निवेदन दर्ता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नै निवेदन सच्याउन माग गर्दै अर्को निवेदन दर्ता गराएका छन् । लामिछानेका तर्फबाट श्रीमती निकिता पौडेलले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण निवेदन दर्ता गराएकी हुन् । पहिलो निवेदनमा विपक्षी बनाइएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हुनुपर्नेमा ‘प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को सचिवालय’ उल्लेख भएकाले म्याद बुझाउन अप्ठ्यारो परेको थियो । त्यो त्रुटि सच्याएर … Read more

खुमलटारमा माओवादी पदाधिकारी बैठक बस्दै

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारी बैठक बोलाएका छन् । आज दिउँसो १ बजे उनको निवास खुमलटारमा बस्ने भएको हो । हुलाकी मार्ग केन्द्रित अभियानको समीक्षा, हिमाली र पहाडी मार्गमा हुने अभियानबारे छलफल गर्न बैठक बोलाइएको उपमहासचिव मात्रिका यादवले जानकारी दिए ।  

भारतीय जहाजहरूका लागि पाकिस्तानले बन्द गर्‍यो आफ्नो बन्दरगाह

पहलगाममा भएको आतंकवादी हमलापछि भारत र पाकिस्तानबिच तनाव चरम सीमामा छ । आक्रमणपछि भारतले पाकिस्तानलाई विश्वव्यापी स्तरमा एक्लो पार्न कुनै कसर बाँकी राखेको छैन । रणनीतिक र कूटनीतिक स्तरमा पनि धेरै धक्का दिएको छ । यसैबिच, भारतको कारबाहीबाट रुष्ट पाकिस्तानले भारतीय जहाजहरूलाई आफ्नो बन्दरगाह प्रयोग गर्न प्रतिबन्ध लगाएको छ । भारतले शनिबार पाकिस्तानबाट आउने वा … Read more

बाढीपहिरो पीडितलाई अस्थायी आवास अनुदान वितरण

विसं २०८१ असोज दोस्रो साताको अविरल वर्षापछिको बाढीपहिरोपीडितलाई अस्थायी आवास निर्माणका लागि काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकाबाट अनुदान वितरण थालिएको छ । सात महिनाभन्दा बढी समयपछि पीडितका बैंक खातामा रकम पठाउन थालिएको हो । रोशी गाउँपालिकाले ५४८ पीडित परिवारका लागि लागि अस्थायी आवास निर्माणार्थ पहिलो किस्तावापतको रकम निकासा सुरु गरेको छ । गाउँपालिकाका अध्यक्ष दिनेश लामाले गाउँपालिकाको … Read more

वर्षाले सूर्यविनायक–साँगा सडकमा एकतर्फी सवारी सञ्चालन

गएरातिदेखिको वर्षाले अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायक–जगाति सडकमा आवत जावत गर्न समस्या भएको छ । जिल्ला ट्राफिक प्रहरी परिसर भक्तपुरका प्रमुख एवं प्रहरी निरीक्षक प्रदीप खत्रीले वर्षाका कारण भक्तपुरको सूर्यविनायक–जगाति हुँदै काभ्रेपलाञ्चोक जाने निर्माणाधीन सडक एकतर्फी रूपमा सञ्चालन गरिएको जानकारी दिनुभयो । भक्तपुर र काभ्रे जिल्ला जोड्ने राजमार्गमा छ लेनको सडक निर्माणमा ढिलाइ भएसँगै काभ्रेको साँगा … Read more

बिहेका लागि जन्तीसहित निस्कने तयारीमा थिए बेहुला, फिल्मी शैलीमा प्रेमिकाले गरिन् अपहरण

बिहेका लागि जन्तीसहित निस्कने तयारीमा रहेका दुलाहालाई एक युवतीले फिल्मी शैलीमा घरबाटै अपहरण गरेर लगेकी छन् । भारतको मध्य प्रदेश राज्यको दतिया जिल्लाकी काजल नाम गरेकी युवतीले झाँसीको रक्सा थाना क्षेत्रबाट बेहुलालाई नियन्त्रणमा लिएर प्रहरी चौकीमा गएकी हुन् । काजलले आफू बेहुलाको प्रेमिका रहेको दाबी गरिन् । आफूलाई छाडेर अर्कैसँग विवाह गर्न लागेको भन्दै उनले … Read more

नीति तथा कार्यक्रम प्रस्तुत गर्ने संयुक्त सदनको बैठक सुरु

सरकारको आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम सार्वजनिक गर्न संघीय संसद्को संयुक्त सदनको बैठक सुरु भएको छ । राष्ट्रपति रामचन्द्र पौडेल नीति तथा कार्यक्रम प्रस्तुत गर्नका लागि संसद भवनमा पुगेका छन् ।