गगन थापाको प्रश्न- निर्मल निवासमा बस्दा त यस्तो उत्पात मच्चाउनेले नारायणहिटीमा भए के गर्थे होलान् ?

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राजा वीरेन्द्रको पारिवारिक वंशनाश हुँदा १३ दिन कपाल खौरिएर शोक मनाएको जनाएका छन् । माता पिता जिउँदै रहँदा पनि कहिल्यै कपाल नखौरेको बेला आफूले कपाल खौरेर वीरेन्द्रको वंशनाशमा शोक मनाएको जनाउँदै थापाले शीतल निवासमा बसेर उत्पात मच्चाउने काम भएको जनाएका हुन् । ‘राजा वीरेन्द्रको वंशनाश हुँदा १३ दिन कपाल खौरिने … Read more

छिमेकीको हत्या गरी नक्कली साधु बनेका लोकनाथ १७ वर्षपछि पक्राउ

जग्गासम्बन्धी विवादमा छिमेकीको हत्या गरी नक्कली साधु बनेका पर्साको विन्दवासिनी गाउँपालिका २ का ६२ वर्षीय लोकनाथ साह तेली १७ वर्षपछि पक्राउ परेका छन् । छिमेकी ढोडा मुखिया विनको विसं २०६४ वैशाख २५ गते गोली प्रहारबाट हत्या गरी फरार भएका उनलाई भारतस्थित चम्पारण पिरियामा रहेको रामजानकी मन्दिरमा पूजारीको रुपमा १० वर्षदेखि साधुको भेषधारणा गरी लुकिछिपी रहेका … Read more

तीनकुने घटनामा ज्यान गुमाएका सविनकी श्रीमतीलाई भाटभटेनीमा जागिर

भाटभटेनीका अध्यक्ष मीनबहादुर गुरुङले तीनकुने घटनामा परेर ज्यान गुमाएका कीर्तिपुरका सविन महर्जनकी श्रीमती भविसालाई भाटभटेनी सुपरमार्केटले जागिर दिने बताएका छन् । तीनकुने घटनामा ज्यान गुमाएका मध्ये पत्रकार सुरेश रजकको परिवारलाई पाँच लाख रुपैयाँ र महर्जनको परिवारलाई तीन लाख रुपैयाँ बराबरको आर्थिक सहयोग घोषणा गरेको थियो । मंगलबार अध्यक्ष गुरुङले दुवै परिवारलाई घरमै पुगेर उक्त रकम … Read more

आज काठमाडौंका तीन स्थानमा प्रदर्शन

आज काठमाडौंका तीन स्थानमा प्रदर्शन हुने भएको छ । मंगलवार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेपाल शिक्षक महासंघ र सहकारी तथा लघुवित्त पीडितले काठमाडौंका विभिन्न स्थानमा प्रदर्शन गर्ने भएका हुन् । राप्रपाले बल्खुमा विरोध कार्यक्रम गर्दा नेपाल शिक्षक महासंघले माइतीघर मण्डलामा भेला भई बानेश्वर र माइतीघर सडक खण्डको बिचमा कार्यक्रम गर्ने भएका छन् । यस्तै, सहकारी … Read more

राजावादीको प्रदर्शनमा ट्राफिक लाइट तोडफोड गरेको आरोपमा एकजना पक्राउ

राजावादीको प्रदर्शनका क्रममा ट्राफिक लाइट तोडफोड गरेको आरोपमा एकजना पक्राउ परेका छन् । तोडफोडमा संलग्न रहेको आरोपमा कुमार तामाङलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालय एसपी अंगुर जीसीले जानकारी दिए । चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनमा तोडफोड र आगजनी भएको थियो । त्यसक्रममा जडीबुटी क्षेत्रका सडकमा जोडिएका ट्राफिक लाइटमा तोडफोड गरिएको थियो । … Read more

रविलाई जिल्ला अदालत रुपन्देही पुर्‍याइयो

सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई जिल्ला अदालत रुपन्देही पुर्याइएको छ । लामिछानेलाई केहीबेर अघि अदालत पुर्याइएको हो । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमाको मुद्दामा पक्राउ परेका थिए । अदालतमा उपस्थित गराएर प्रक्रिया पूरा भएपछि उनलाई आजै भैरहवा कारागार लगिने तयारी गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।  

वीरेन्द्रनगरमा खानेपानी संकट : पानी आउने पालो चार दिनमा

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा अब चार दिनको एक दिन मात्र खानेपानी आउने भएको छ । सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले सुख्खा खडेरीका कारणले चार दिनमा एक दिन पानी वितरण गर्ने जनाएको हो । सुर्खेत उपत्यकामा खानेपानी वितरण गर्दै आएको संस्थाले अबदेखि ९६ घण्टापछि उपभोक्ताका धारामा पानी वितरण गरिने भएको छ । सुख्खा खडेरीका कारण पानीको … Read more

दक्षिण कोरियामा आगो निभाउने क्रममा हेलिकप्टर दुर्घटना

दक्षिण कोरियाको दक्षिण–पूर्वी क्षेत्रमा जङ्गलको आगो निभाउन गएको हेलिकप्टर दुर्घटना हुँदा पाइलटको ज्यान गएको छ । त्यस क्षेत्रको आगो भने एक घण्टामै निभाइएको अन्तर्राष्ट्रिय समाचार संस्थाले जनाएको छ । दक्षिण कोरियाको दक्षिण–पूर्वी क्षेत्रहरूमा अहिलेसम्मकै सबैभन्दा भयानक वन आगलागी भइरहेको छ । तीव्र हावा र सुक्खा मौसमका कारण धेरै ठाउँमा आगलागीले ठूलो विनाश निम्त्याएको छ । … Read more

रविलाई अदालतमा उपस्थित गराइ आजै थुनामा पठाइने

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई आज प्रक्रिया पूरा गर्नका लागि अदालतमा उपस्थित गराइने भएको छ । शुक्रवार राति काठमाडौंबाट पक्राउ परेका रविलाई अदालतमा उपस्थित गराएर प्रक्रिया पूरा भएपछिआजै थुनामा पठाइने छ । उच्च अदालत तुलसीपुरको बुटवल इजलासको आदेशसँगै उनलाई शुक्रवार काठमाडौंबाट पक्राउ गरी शनिबार विमानमार्फत भैरहवा लगिएको थियो । प्रक्रिया पूरा भएपछि थुनामा … Read more

लेखा व्यवसायीको चौथो राष्ट्रिय सम्मेलन मंगलबारदेखि

लेखा व्यवसायीको चौथो राष्ट्रिय सम्मेलन मंगलबारदेखि सुरु हुने भएको छ । कर र सार्वजनिक वित्तीय व्यवस्थापनको आधुनिकीकरणमार्फत अर्थतन्त्रको रूपान्तरण’ भन्ने नाराका साथ लेखा व्यवसायीको सम्मेलन आयोजना हुन लागेको आयोजक नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान)ले जानकारी दिएको छ । कार्यक्रम अवधिभर लेखा व्यवसायी, नीति निर्माता, शिक्षाविद्, उद्योगी तथा विद्यार्थीमाझ कर प्रणाली तथा सार्वजनिक वित्तीय व्यवस्थापनको आधुनिकीकरण … Read more