गगन थापाको प्रश्न- निर्मल निवासमा बस्दा त यस्तो उत्पात मच्चाउनेले नारायणहिटीमा भए के गर्थे होलान् ?

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राजा वीरेन्द्रको पारिवारिक वंशनाश हुँदा १३ दिन कपाल खौरिएर शोक मनाएको जनाएका छन् ।

माता पिता जिउँदै रहँदा पनि कहिल्यै कपाल नखौरेको बेला आफूले कपाल खौरेर वीरेन्द्रको वंशनाशमा शोक मनाएको जनाउँदै थापाले शीतल निवासमा बसेर उत्पात मच्चाउने काम भएको जनाएका हुन् ।

‘राजा वीरेन्द्रको वंशनाश हुँदा १३ दिन कपाल खौरिने मै हुँ, जुन बेला गिरिजाबाबुले ढुंगामुढा खाइरहनु भएको थियो, राजसंस्था प्रति त्यस्तो सम्मान थियो’ थापाले भने, ‘तर, अहिले शीतल निवासमा हुँदा त काठमाडौंमा यत्रो उत्पात मच्चाउने काम भएको छ, नारायणहिटीमा नै भएको भए त के हुन्थ्यो, कल्पना गर्नु त ।’

नेपाली कांग्रेसले संवैधानिक राजसंस्था प्रति सदैव सम्मान गरेको तर राजाहरूलाई नपचेको उनले जनाएका छन् । ‘बिपी कोइराला माथि राजद्रोहसहित ७–७ मुद्दा लाग्दा पनि बोकेर हिड्नु भयो, गिरिजाबाबुले ढुंगामुढा खाँदा पनि संवैधानिक राजसंस्था भन्नु भयो तर राजाले के गरे त भने उल्टै कांग्रेसलाइ नै दुःख दिने काम गर्‍यो ।’

उनले राजतन्त्र फर्कने कुनै सम्भावना नरहेको भन्दै नेता मन नपरे परिवर्तन गर्न सकिने ५ बर्से व्यवस्था छ, सोही व्यवस्थामा टेकेर असल नेताहरू छान्ने कामतर्फ लाग्यौँ । ‘कतिसम्म राजाको विरुद्ध किताब लेख्ने मेरै क्षेत्रका नवराज सुबेदीलाई उचालेर राजाले उपद्रो मच्चाउन लगाए, यो वाटै बुझिन्छ कि राजतन्त्र फर्कियो भने के हुन्छ ?’ उनको प्रश्न थियो ।

गणतन्त्रको विकल्प नभएको भन्दै सबैलाई सामाजिक सञ्जालबाट भए पनि जनचेतना जगाउन उनले आग्रहसमेत गरेका छन् ।

सेयर गर्नुहोस्